समाचार

निःशूल्क छातीरोग परीक्षणबाट ११४ जना लाभान्वित

पोखरा । पोखरामा भएको निःशूल्क छातीरोग परीक्षणबाट ११४ जना लाभान्वित भएका छन् । महेन्द्रपुलस्थित ओम हस्पिटलमा शनिबार डा सीपी आचार्यद्वारा आफ्ना स्वर्गिय बुवा खड्गराज आचार्यको स्मृतिमा आयोजित निःशूल्क छातीरोग परीक्षणमा उनीहरु लाभान्वित भएका हुन् । निःशूल्क परीक्षणमा छातीरोग विशेषज्ञ डा सीपी आचार्यसहितको टोलीले स्वासप्रस्वास सम्बन्धी दम, निमोनिया लगायत छाती सम्बन्धी समस्याहरुको चेकजाँच गर्नुका साथै आवश्यक औषधी समेत वितरण गरेको थियो । बिहान ९ बजेदेखि शुरु भएको परीक्षण दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो । पुरा पढौ

यू–१५ विद्यालय खेलकुद प्रतियोगिता : उद्घाटन कार्यक्रम भव्य गर्ने तयारी

पोखरा । पोखरामा आयोजना हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम भव्य गर्ने गरी प्रदेश खेलकुद परिषद गण्डकीले तयारी थालेको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) र प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा हुने उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रम भब्य गर्ने गरी तयारी सुरु गरेको हो । यहि जेठ ३० र ३१ गते दुई दिन सञ्चालन हुने यू–१५ विद्यालय खेलकुद प्रतियोगितामा सात प्रदेशका विभिन्न ६ खेलका ६ सय ७० भन्दा वढि खेलाडीहरुको सहभागिता हुनेछ । प्रतियोगिताको तयारीका लागि शनिबार परिषदद्वारा आयोजित छालफल… पुरा पढौ

मुग्लिन-पोखरा सडक: संरचना नहटाउँदा काममा विलम्ब

निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारमा केही संरचना हटाउन ढिलाइ भएको छ । सडक मापदण्डभित्र रहेका संरचना हटाउन आनाकानी गर्दा सडक विस्तार प्रभावित भएको हो । वडा कार्यालयले सडकखण्डमा पर्ने घरटहरा अविलम्ब हटाउन सम्बन्धित घरधनीलाई अनुरोध गरेको छ । वडाध्यक्ष शिवकुमार श्रेष्ठले बुधबार सूचना प्रकाशन गरी घरधनी पर्शुराम अधिकारी, प्रकाश अधिकारी, ध्रुव प्रधान, पम्फा श्रेष्ठ, टीकाराम अधिकारी, शुकबहादुर, कृष्णकुमारी कायस्थ र भक्तबहादुर सुनारलाई सडक क्षेत्रभित्र पर्ने आफ्ना घरटहरा अविलम्ब हटाइ सडक विस्तारमा सहयोग गर्न अनुरोध गरेका छन। गाउँपालिकाको खण्डमा… पुरा पढौ

प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँदिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले राससलाई बताए । ती अधिकारीले भने, “प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ । ” प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय… पुरा पढौ

तनहुँमा ‘एक घर, दश कफीका बिरुवा’ अभियान

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० ले ‘एक घर, दश कफीको बिरुवा’ रोप्ने अभियान सञ्चालन गर्न लागेको छ । आगामी आर्थिक वर्ष २०८१र ८२ को नीति तथा कार्यक्रम तर्जुमा गर्दै वडाले व्यावसायिक कफी उत्पादनलाई अभियानकै रुपमा अगाडि बढाउन लागेको हो । एक हजार एक सय ५५ घरधुरी रहेको यस वडामा यस आर्थिक वर्षमा मात्रै १० हजार कफीको बिरुवा वितरण गर्न लागिएको हो । युवासँग उपप्रमुख कार्यक्रम अन्तर्गत व्यावसायिक खेती उत्पादन कार्यक्रमबाट यस वडालाई कफीको पकेट वडाको रुपमा विकास गर्न लागिएको वडाध्यक्ष राजेन्द्र भट्टराई… पुरा पढौ

म्याग्दीको ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो

म्याग्दीको मालिका गाउँपालिका–४ च्युुरीबोटमा रहेको ठूलाबेँसी–गैह्रेबेँसी सिँचाइ आयोजनामा पक्की कुलो निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट उपभोक्ता समितिमार्फत सिँचाइ आयोजनाको कच्ची कुलोलाई ढलान गरेर पक्कीमा परिणत गर्न थालिएको सिँचाइ आयोजनाको उपभोक्ता समितिका अध्यक्ष फनबहादुर घर्तीले बताए । उनका अनुसार चालुु आर्थिक वर्षमा विनियोजन भएको रु ३० लाख बजेटबाट छ सय ६० मिटरको पक्की कुलो निर्माण गरिएको हो । “दाजुङखोला लघुजल विद्युत् आयोजनाको विद्युुत् गृहबाट मुहानसम्म एक हजार छ सय ८० मिटर पक्की बनाउने योजनाअनुुसार हालसम्म आठ सय ८५… पुरा पढौ

ठेक्का लागेको पाँच वर्षमा पनि सडक कालोपत्र भएन

म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणबाङ–दरबाङ) खण्ड कालोपत्र गर्ने योजनाले पाँच वर्षमा पनि पूर्णता पाएको छैन । मङ्गला गाउँपालिका–२ रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्मको आठ किमी सडक कालोपत्र गर्न विसं २०७६ जेठ ३१ गते निर्माण कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो । विसं २०७८ जेठ महिनामा सकिनुपर्ने सो योजनाको हालसम्मको भौतिक प्रगति करिब ७५ प्रतिशत रहेको कार्यालयले जनाएको छ । म्याग्दीको लाइफ लाइन (भाग्यरेखा) मानिएको बेनी–दरबाङ… पुरा पढौ

नारायणघाट–बुटवल सडकको दूरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण घट्न थालेको लुम्बिनी विकास कोषले जनाएको छ । विसं २०७६ अघि लुम्बिनी क्षेत्रमा आउने आन्तरिक पर्यटक कम्ती भएको वर्ष पनि वार्षिक १० लाख हुन्थे । कोभिडपछि दुई वर्ष पर्यटक लुम्बिनी क्षेत्रमा जान सकेनन् । कोरोना महामारी कम भएपछि अरु सबै क्षेत्र पूर्ववत् फर्किए पनि लुम्बिनी क्षेत्रमा भने नारायणघाट–बुटवल सडकको दूरावस्थाका कारण वार्षिक छ लाख पर्यटकमात्र पुग्ने गरेको कोषका सदस्य सचिव सानुराजा शाक्यले राससलाई जानकारी दिए । आफू संसदीय समितिको… पुरा पढौ

२०८४ सम्म नेपाली कांग्रेस प्रतिपक्षमै रहने

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विसं २०८४ सम्म प्रतिपक्षमा बस्ने बताएका छन । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–३ वडा कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले अर्को निर्वाचनसम्म कांग्रेस सशक्त प्रतिपक्ष भएर बस्ने बताएका हुन । महामन्त्री थापाले विसं २०७९ को निर्वाचनमा पाँच वर्षका लागि पाँच दलबीच गठबन्धन भए पनि चाहनाले नभई परिस्थितिले गठबन्धन टुटेकाले अब प्रतिपक्षमा बसेर सङ्गठन निर्माणको कामलाई अगाडि बढाउने बताए । तीन वर्षको समय पार्टीलाई पुनःनिर्माण र… पुरा पढौ

पूर्वाधार निर्माणपछि पर्यटकको रोजाइमा ‘सुन्दरचौर उद्यान’

स्याङ्जाको भीरकोट–६ स्थित पहाडको थुम्कोमा रहेको छ ‘सुन्दरचौर उद्यान’ । पछिल्लो समय उक्त उद्यान बजारको कोलाहल र प्रदूषणलाई छल्दै रमणीय, शान्त वातावरणमा आनन्दित हुने ठाउँको रुपमा विकसित हुँदै गरेको छ । पूर्वाधार निर्माणले तीव्रता पाएपछि यो उद्यान पर्यटकको रोजाइमा पर्न थालेको हो । यहाँ पूर्वाधार निर्माणको काम जारी छ । आन्तरिक तथा बाह्य पर्यटकको सेवा र सुविधालाई ध्यानमा राखेर उद्यानमा पूर्वाधार थप्ने काम भइरहेको छ । पहिला सुन्दरचौरलाई वनस्पति उद्यान केन्द्रका रुपमा विकास गरिएको थियो । पछिल्लो समय सुन्दरचौर उद्यानमा… पुरा पढौ