समाचार

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशद्धारा मन्त्रीलाई ५ बुदें माग पत्र

पोखरा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकी प्रदेशले भूमिहिन सुकुम्बासीका समस्या छिटो समाधान गर्न गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापालाई शुक्रबार ५ बुंदे माग पत्र पेश गरेको छ । सो अवसरमा मञ्चका केन्द्रिय अध्यक्ष ल्यामबहादुर दर्जी, केन्द्रिय सदस्यहरु निर्मल नेपाली र कन्या गुरुङ, पूर्व केन्द्रिय सदस्य आस बहादुर गुरुङ लगायत गण्डकी प्रदेश तथा गोरखा, कास्की, पर्वत जिल्लाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर लामिछानेद्धारा हस्ताक्षरित उक्त माग पत्रमा सुकुम्बासी भूमिहिन,… पुरा पढौ

बेगनासका सूर्यप्रसाद मौरीघार उद्योग सञ्चालनबाट वार्षिक २५ लाख कमाउँछन

कास्कीको पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछाने मौरीपालनमा जोडिएको १८ वर्ष बित्यो । विसं २०६३ मा दस हजारको लगानीमा दुईवटा घारबाट सुरु भएको उहाँको मौरीपालन व्यवसाय अहिले ‘बेगनास मौरीघार उद्योग’का रुपमा विस्तार भएको छ । सो उद्योगबाट घारसँगै मौरी, मह र मौरीजन्य सामग्री उत्पादन तथा बिक्री हुने गरेको छ । “मौरीको स्थानीय स्रोत केन्द्रका रुपमा उद्योगलाई विकास गरेका छौँ, हालसम्म एक करोड बढी लगानी भइसकेको छ”, ४२ वर्षीय लामिछानेले भने, “उद्योगमा वार्षिक एक करोड बढीको कारोबार हुन्छ, झण्डै २४-२५ लाख जति… पुरा पढौ

सूचना प्रविधि दशकको लक्ष्य हासिल गर्न सहकार्य आवश्यक : सञ्चार मन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि (आइटी) क्षेत्रको विकासका लागि नीतिगत र संरचनात्मक व्यवस्था गरिएको बताउनुभएको छ । ‘डिजिटल’ रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ अन्तर्गतको ‘पावर संवाद’ सत्रमा उनले आइटीसम्बन्धी विधेयक तथा डिजिटल पूर्वाधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल हुने क्रममा रहेको बताइन । आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि क्षेत्रलाई उच्च प्राथमिकता दिइ सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री शर्माले उक्त अवधिमा आइटी क्षेत्रमा पाँच लाख प्रत्यक्ष र… पुरा पढौ

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा

स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजारले बढेको छ । बिहीबार प्रतितोला रु एक लाख ४४ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४५ हजार निर्धारण भएको छ । यो हालसम्मकै उच्च विन्दु हो । यस्तै, तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ४३ हजार तीन सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४४ हजार तीन सय निर्धारण भएको छ । यसैगरि , चाँदीको मूल्य भने तोलामा रु ५० ले वृद्धि भएको छ ।… पुरा पढौ

रुपातालको किनारमा पक्की सडक निर्माण

कास्की । कास्कीको पोखरा महानगरपालिका र रुपा गाउँपालिकाको बीचमा अवस्थित रुपातालको किनारमा पक्की कालोपत्र सडक निर्माण भएको छ । रूपाताल एकीकृत संरक्षण परियोजनाले रुपा गाउँपालिकाअन्तर्गत खोलाको छेउबाट तालबेँसीसम्म तालको देब्रे किनारमा साढे सात किलोमिटर अस्पाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिरहेको हो । परियोजनाको रु २३ करोड १० लाख लागतमा काम भइरहेको छ । सडक सम्पन्न भएपछि स्थानीयलाई दैनिक यात्रा र्गा सहजता हुनुका साथै तालको महत्व बढ्ने र पर्यटक आगमन वृद्धि हुने अपेक्षा गरिएको छ । पोखराका फेवा र बेगनास तालपछि… पुरा पढौ

चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै

मनाङ । मनाङको डुम्रे–बेँसीसहर–चामे सडक माथिल्लो मनाङ, तिलिचो ताल, खाङ्सार, थोराङ्ला भञ्ज्याङ (थोराङ्ला पास) आवतजावत गर्ने एकमात्र मार्ग हो । सडक निर्माण भएको लामो समय भइसकेको छ तर यस सडकमा रहेका खोला, खोल्सी पार गर्न काठेपुलकै भर पर्नुपरेको छ । यी पुल पनि जीर्ण बन्दै गएपछि आवतजावतमा समस्या छ । डुम्रे–बेँसीसहर–चामे सडक आयोजना कार्यालयका अनुसार सदरमुकाम चामेमा मात्रै चार ठाउँमा काठेपुल छन् । अरु बेला कामचले पनि वर्षायाममा भने जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । चामे–१ तिमाङस्थित तिमाङखोलामा, चामे–२ स्थित स्यार्कुखोला,… पुरा पढौ

लमजुङको करापुटार–डढुवा खण्डमा ५० प्रतिशत स्तरोन्नति

लमजुङ । लमजुङ जिल्लाको करापुटार–डढुवा–साल्मे–भञ्जाङ खण्डअन्तर्गत करापुटार–डढुवा सडकको ५० प्रतिशत स्तरोन्नति सम्पन्न भएको छ । उक्त खण्डमा आरसिसी ढलान प्रविधिको प्रयोग गरी सडक स्तरोन्नति गरिएको हो । मध्यनेपाल नगरपालिका र क्व्होलासोथर गाउँपालिका जोड्ने यस खण्डअन्तर्गत मध्यनेपाल–७ करापुटारबाट वडा नं ८ डढुवासम्मको नौ किलोमिटरमध्ये हालसम्म चार किमी ढलान सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । कार्यालय प्रमुख विवेक सिग्देलका अनुसार थप सडक ढलान, फराकिलो बनाउने, नाली बनाउने, पर्खाल लगाउनेलगायत काम भइरहेको छ । नौ किमी ढलान गर्नुपर्ने उक्त खण्डमा… पुरा पढौ

ठकुरी महिला परिवारका सदस्य हरूलाई पोखरामा नेतृत्व विकास तालिम

पोखरा । ठकुरी महिला परिवारका सदस्य हरूलाई पोखरामा उद्घोषण तथा नेतृत्व विकास तालिम प्रदान गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटन स्थित संगम ठकुरी परिवारको सभाहलमा आयोजित तालिममा ठकुरी महिला परिवारमा आवद्ध ४० जना महिलाहरूको सहभागिता रहेको थियो । तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले महिलाहरूको क्षमता अभिवृद्धिको लागि जीवन उपयोगी तालिम सञ्चालन गरेको बताउँदै तालिमले बोल्ने कला,कार्यक्रम संचालन देखि नेतृत्व विकासमा सहयोग पुग्ने बताए । तालिमका प्रशिक्षक एवं पोखरा टेलिभिजनका… पुरा पढौ

विश्व वातावरण दिवसको चित्रकला प्रतियोगितामा रबिना प्रथम

पोखरा । “पृथ्वीको लागि कला: रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन” भन्ने मुख्य उदेश्यका साथ धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयद्वारा चित्रकला प्रतियोगिता तथा प्रदर्शनी बुधबारका सम्पन्न भयो ।विश्व वातावरण दिवसको अवसरमा आयोजना भएको चित्रकला प्रतियोगितामा रबिना बस्नेत प्रथम भएका छन् । यस्तै प्रतियोगितामा द्वितीय सिम्रन परियार, तृतीय विभुती पौडेल र सान्तोना दिपक काउचा भएका थिए ।प्रतियोगितामा १९ टिमको सहभागिता रहेको प्रतियगिता तथा प्रदर्शनी पोखरा विश्वविद्यालय प्राङ्गणमा भएको थियो । गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवर चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि… पुरा पढौ

कालीगण्डकी करिडोर:चराङ–छोसेर खण्ड निर्माण सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माण पुनः प्रारम्भ भएको छ । पाँच वर्षअघि नै पूरा हुनुपर्ने २५ किलोमिटर लामो यो सडकखण्ड निर्माणको काम पछिल्लो १८ महिनापछि पुनः सुरु भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईँले राससलाई बताए । “धरौटी जफत गरेर कालोसूचीमा राख्ने चेतावनीसहित कारबाही प्रक्रिया अघि बढाएपछि ठेकेदार कम्पनीले काम पुनः प्रारम्भ गरेको छ”, उनले भने “कल्भर्ट, पर्खाल र नाली निर्माण भइरहेको छ ।” लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको केन्द्र चराङबाट लोमान्थाङ गाउँपालिका–१ छोसेरको नेचुङ… पुरा पढौ