पोखरा, जेठ २४पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि गण्डकी प्रदेशस्तरीय ‘रचनात्मक, खेलकुद तथा सूचना प्रविधि फेयर’ सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएर बसेका विद्यार्थीका लागि आयोजित फेयर तीन दिनसम्म चल्नेछ ।विद्यालयका प्राचार्य किरण सापकोटा, वित्त निर्देशक विश्वगोपाल पराजुली लगायतले फेयरको उद्घाटन गरे । तीनदिने उक्त फेयरमा दुइहजार जना भन्दा बढी विद्यार्थी सहभागि हुने प्राचार्य सापकोटाले जानकारी दिए । फेयरमा प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी सहभागि छन । ती सबै सहभागीले यो पटक एसइइ परीक्षा दिएका छन् । विद्यार्थीले व्यक्तिगत, समूहगत…
पुरा पढौ