समाचार

पर्वतको जलजला मल्लाजमा सडक कालोपत्र

पर्वत । पर्वतको जलजला गाउँपालिकाका तीनवटा वडा समेटिएको मल्लाज क्षेत्रलाई एकीकृत बस्तीको रूपमा विकास गर्ने योजनाअनुरुप सडक कालोपत्र गर्न सुरु भएको छ । तीनवटा वडामा सडकको सहज पहुँच विस्तार गरी एकीकृत बस्ती विकास गर्ने उद्देश्यले पहिलो चरणमा सडक कालोपत्र गर्न लागिएको हो । सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले एकीकृत बस्ती विकास कार्यक्रम कार्यन्वयनका लागि ठेक्कामार्फत जलजलाको वडा नं २, ३ र ४ का बस्तीलाई समेटेर चार किलोमिटर आठ सय मिटर लामो सडक स्तरोन्नतिसहित कालोपत्र योजना दुई वर्षअघिदेखि… पुरा पढौ

बाख्रापालन व्यवसायबाट पोखराका सुवेदी दाम्पतीले मनग्य आम्दानी गर्दै

गण्डकी । पशुपालन व्यवसाय थोरै युवाको कम रोजाइमा पर्दछ । युवाहरु विदेशीने क्रम बढी रहेको अवस्थामा पोखराको एक दम्पती भने बाख्रापालन व्यवसायमा भविष्य देखेका छन् । पोखरा महानगरपालिका वडा नंं १६ अर्मला हिलप्वइन्टका सुरेन्द्र सुवेदी दम्पती भने यतिखेर बाख्रापालनबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने सबैका लागि उदाहरणीय बनेका हुन् । उनका अनुसार दश वर्षअघि १२ स्थानीय खरिजातका माहु बाख्राबाट व्यवसाय सुरु गरेका उनको अर्मला हिलप्वइन्ट बाख्रा फार्ममा अहिले साना ठूला गरेर ९० बाख्रा पुगेका छन् । वार्षिक रु पाँच… पुरा पढौ

मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा जाने

जेठ २४ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने, “प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने टोलीको कति जना हुने भने टुङ्गो लागिसकेको छैन ।” सोही बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण… पुरा पढौ

तालचोक–बेगनास सडक निर्माणमा ढिलासुस्ती

जेठ २४ पोखरा । विसं २०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका–२७ तालचोकदेखि वडा नं ३१ बेगनास जोड्ने चार लेन सडकको हालसम्मको भौतिक प्रगति जम्मा २५ प्रतिशत पुगेको छ । यसै वर्ष निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएपनि निर्माण कम्पनीको ढिलासुस्तीका कारण उक्त सडक आयोजनाले गति लिन नसकेको हो । पोखरा महानगरपालिकाको सडक शाखाका इन्जिनियर नवीन गौतमले केही समयअघि कामै रोकेको ठेकेदार कम्पनीले पुनः अहिले जनशक्ति र उपकरण थपेर काम सुरु गरेको जानकारी दिए । “निर्माण कम्पनीले प्रतिबद्धताअनुसार कामलाई गति दिन सकेका… पुरा पढौ

यूू–१५ विद्यालय खेलकुद प्रतियोगिता : गण्डकी प्रदेशस्तरीय छनौट सम्पन्न

पोखरा । यू–१५ विद्यालय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेशस्तरीय छनौट प्रतियोगिता पोखरामा सम्पन्न भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनौट भएका हुन् । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ । एथलेटिक्स छात्र/छात्राएथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका छन् । छनौट भएका एथलेटिक्स… पुरा पढौ

भूमिअधिकार मञ्चको अभिमुखिकरण कार्यक्रम सम्पन्न

पोखरा । राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल गण्डकी प्रदेश मञ्चको अभिमूखिकरण सम्पन्न भएको छ । बिहीबार पोखरामा भएको जिल्लागत समिक्षा, प्रदेश मञ्चको साङ्गठनिक प्रतिवेदन, राष्ट्रिय मञ्चको साङ्गठनिक प्रगति प्रतिवेदनमाथि छलफल गर्नुका साथै वार्षिक योजना सम्बन्धि निर्णय गरेको हो । साथै गत जेठ २० गते दाङमा भएको गुठी आन्दोलनमा घाइते मञ्चका सदस्यहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुका साथै घाइतेको सम्पूर्ण उपचार खर्च राज्यले व्यहोर्नु पर्ने विषयमा पनि बैठकमा छलफल भएको जनाइएको छ । वैठकमा देशभर भइरहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बारी तथा अव्यवस्थित वस्तीहरु… पुरा पढौ

प्रधानमन्त्री कप भलिबलमा पुरुषतर्फ एपिएफ विजयी

जेठ २४ काठमाण्डौं । प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा विभागीय टोली नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा एपिएफले कोशी प्रदेशलाई ३–१ सेटमा पराजित ग¥यो । खेलको पहिलो सेट २२–२५ ले गुमाएको एपिएफले त्यसपछिका लगातार तीन सेट आफनो पक्षमा पार्दै जित हासिल ग¥यो । एपिएफले खेलको दोस्रो सेट २५–१२, तेस्रो सेट २५–१४ र चौथो तथा अन्तिम सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो… पुरा पढौ

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

जेठ २४ काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्रीलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणापत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोप्रति आभार व्यक्त गरे । उनले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक… पुरा पढौ

जेएमसीमा तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी

जेठ २४ पोखरा । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा तिन दिने तथ्याङ्क व्यवस्थापन तथा विश्लेषण कार्यशाला गोष्ठी सुरु भएको छ । गोष्ठीको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले मुलकभरका सामुदायकि क्याम्पसहरूमा दुईपटक उत्कृष्ट भइ क्युएएको तेस्रो चक्र पूरा गरेको क्याम्पसको आयोजनामा कार्यक्रम गर्न पाउँदा खुशी लागेको बताए । विजुक्छेले अनुसन्धानका लागि तथ्याङ्क व्यवस्थापन र विश्लेषण महत्वपूर्ण हुने भएकाले सक्रिय सहभागिताका लागि शुभकामना दिए । निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले प्राज्ञिक अनुसन्धानलाई लक्षित गरी आयोजित गोष्ठी अनुसन्धान कार्य गर्नेका लागि… पुरा पढौ

एसओएस पोखरामा सचेतनामूलक कार्यक्रम सम्पन्न

जेठ २४ पोखरा । विश्व वातावरण दिवसको अवसरमा एसओएस हर्मन माइनर स्कुल पोखराले वातावरणीय सचेतानामूलक कार्यक्रम सहित वृक्षरोपण कार्यक्रम गरेको छ । पोखरा १७ छोरेपाटनस्थित विद्यालयको आधारभूत तहको संयोजनमा विद्यालय हाताभित्र सचेतनामूलक कार्यक्रम गरिएको हो । कार्यक्रममा आधारभूत तहका हेड टिचर तेन्जिन दोर्जे सामाजिक शिक्षिका सस्मिता पौडेल, विद्यालयका अभिभावक तथा स्थानीयहरूको सहभागितामा विद्यालय हाताभित्र वृक्षरोपण गरिएको छ । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य फुर्बु थिन्लेले वातावरण जोगाउनु सबैको सझा दायित्व भएको बताए । उनले विद्यार्थीलाई किताबी ज्ञानमा मात्रै सीमित नराखी यस्ता… पुरा पढौ