समाचार

प्रधानमन्त्री प्रचण्ड पोखरामा, बुधबार पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने

पोखरा, जेठ २२ प्रधानमन्त्री प्रचण्ड पोखरा आईपुगेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मंगलबार अपराह्न ५ बजे हवाई मार्गबाट पोखरा आईपुगेका हुन् । उनी पार्टीको प्रदेश स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागि हुन पोखरा आएका हुन् । पार्टीको प्रदेश स्तरिय प्रशिक्षण कार्यक्रम बुधबार पोखरा सभागृहमा आयोजना हुँदैछ । पार्टी प्रशिक्षण कार्यक्रममा सहभागि हुन बुधबार अपराह्न ५ बजे पोखरा आईपुगेका प्रधानमन्त्री प्रचण्डलाई नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्मा, सह–ईञ्चार्ज हरिराज अधिकारी (कुमार), प्रदेश अध्यक्ष गायत्री गुरुङ (कुसुम),… पुरा पढौ

‘सौन्दर्यकला अध्यापनः पढाई सकेको भोलिपल्टदेखि कमाउन सकिन्छ’

पोखरा । गैहपाटनस्थित पश्चिमाञ्चल माविले दिलाएको एकहप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी निशुल्क तालिम मंगलबार सकिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइइ) दिएका विद्यार्थीलाई लक्षित गर्दै विद्यालयले तालिम दिएको थियो । तालिममा ५० जना विद्यार्थी सहभागि थिए । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार सौन्दर्यकलाको क्षेत्रमा पछिल्लो समय भविश्य खोज्ने धेरै युवायुवती छन । उनीहरुलाई सौन्दर्य कलाको क्षेत्रमा आकर्षण बढाउन विद्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत यो प्रशिक्षण दिइएको हो । पश्चिमाञ्चल माविले आगामि शैक्षिक सत्रदेखि कक्षा ११ मा सौन्दर्य तथा केश कला… पुरा पढौ

सुनको भाउ निरन्तर उकालोतिर,आज एक हजारले बढ्यो मुल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४१ हजार मूल्यमा कारोबार भएकामा सोही परिमाणको सुन आज रु एक लाख ४२ हजार सात सयमा खरिद–बिक्री भएको छ । यसैगरी, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ४० हजार तीन सयमा कारोबार भएकामा आज त्यतिनै तौलको तेजाबी सुनको मूल्य रु एक लाख ४२ हजार निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा… पुरा पढौ

बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ । परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित भएको हो । वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चियाखेती रेशको बौर, तिङरिङलगायतका ७२ रोपनी पाखो जमिनमा विस्तार गरिएको छ । चियाखेती राम्रो हुँदै गएपछि थप ७० रोपनी… पुरा पढौ

भारवाङमा मोटरेबल पुल निर्माण

पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले मालिका गाउँपालिका–७ र धवलागिरि गाउँपालिका–७ को सिमाना भएर बग्ने म्याग्दी नदीमाथि छ मिटर चौडाइ र ४० मिटर लामो सिङ्गल स्पाम प्रि स्टे«स प्रविधिको मोटरेबल पुल निर्माण गरेको हो । पुल निर्माणसँगै धवलागिरि गाउँपालिका–५ मल्कबाङ र ६ मराङका स्थानीयलाई गाउँपालिका केन्द्र मुना जानआउन सहज भएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए। “पहुँचमार्ग निर्माणलाई पूर्णता… पुरा पढौ

तमु साँस्कृतिक प्रतिष्ठानद्वारा पाँच केन्द्रमा छात्रवृत्ति छनौट परीक्षा

पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरणू कार्यक्रमका लागि पाँच केन्द्रमा सात जिल्लाका लागि छनौट परीक्षा सम्पन्न भएको छ । यही जेठ १५ गते, मंगलबार तनहुँ, लमजुङ र गोर्खामा तथा १९ गते, शनिबार चितवन र नवलपरासीमा परीक्षा संचालन गरिएको थियो । संस्थाका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा प्रथम उपाध्यक्ष एवम् यस परीक्षाका संयोजक श्रीजङ तमु, कोषाध्यक्ष श्याम तमु, सहकोषाध्यक्ष ओम तमु र विद्यार्थी समितिका कोषाध्यक्ष एलिना तमुले लमजुङ जिल्लाको छनौट परीक्षा संचालनार्थ खटिएका थिए ।… पुरा पढौ

पोखरालाई हरित सहरमा विकास गरिँदै

पोखरालाई हरित सहरका रूपमा विकास गरिने भएको छ । महानगरपालिकालाई स्वच्छ सहरः हरित सहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन गरिएको कार्यदलले अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ । वन विज्ञान अध्ययन संस्थान, पोखरा क्याम्पसका उपप्राध्यापक डा. शेषकान्त भण्डारीको संयोजकत्वमा अध्ययन कार्यदल बनाइएको थियो । अध्ययन प्रतिवेदनमा महानगर क्षेत्रमा दुई लाख २६ हजार दुई सय ६१ बिरुवा रोप्न सकिने उल्लेख छ । जसअन्तर्गत सार्वजनिक खुला क्षेत्रमा ७३ हजार चार सय ९० र सडक, नदी तथा… पुरा पढौ

विश्वकप क्रिकेटमा नेपाल दश वर्षपछि खेल्दै

आइसिसी टी–२० विश्वकप क्रिकेटमा १० वर्षपछि पुनरागमन गरेको नेपालआज नेदरल्याण्डसँग खेल्दै छ । नेपालले यसअघि सन् २०१४ मा पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । काठमाडौँमा गत कात्तिकमा मूलपानीस्थित माथिल्लो मूलपानी क्रिकेटमैदानमा भएको एसिया छनोट खेलमा नेपालले संयुक्त अरब इरिरेट्स (युएई)लाई सेमिफाइनलमा पराजित गर्दै विश्वकपमा स्थान पक्का गरेको थियो । नेपालले दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदा नेदरल्याण्ड भने पाँचौँपटक सहभागिता जनाउँदैछ । नेपाल र नेदरल्याण्ड दुवै चिरपरिचित प्रतिद्वन्द्वी हुन् । तीन महिनाअघि नेपालमा नै भएको त्रिदेशीय टी–२० शृङ्खलामा नेदरल्याण्डले दुई खेल… पुरा पढौ

विदेशी कूटनीतिज्ञको उपस्थितिमा पोखरामा अन्नपूर्ण आरोहण दिवस

जेठ २१ पोखरा । पर्यटन राजधानी पोखरामा ७४औँ अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) विभिन्न कायक्रम गरी मनाइएको छ । सन् १९५० मा जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुई लचेनलले अन्नपूर्ण प्रथम हिमालमा पाइला टेकेको ऐतिहासिक दिनको स्मरण गर्दै प्रत्येक वर्र्ष जुन ३ मा अन्नपूर्ण आरोहण दिवस मनाइँदै आइएको छ । नेपाल पर्यटन बोर्डको आयोजना एवं परराष्ट्र मन्त्रालयको सहकार्य र ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल(टान) गण्डकी प्रदेश र नेपाल पर्वतारोहण सङ्घ गण्डकी प्रदेशको सहकार्यमा आज विभिन्न नौ राष्ट्रका… पुरा पढौ

काहुँखोला भाट समाजको अध्यक्षमा श्रीराम

पोखरा । पोखरा महानगरपालिका वडा नं १३ मा स्थापना गरिएको काहुँखोला भाट समाजको १४ औं साधारण सभा तथा छैठौं अधिबेशनबाट श्रीराम रानाभाटको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । समाजको उपाध्यक्षमा गोकुल रानाभाट, कोषाध्यक्षमा शारदा रानाभाट, सचिबमा सुजु रानाभाट, सहसचिबमा बिष्णु कुमारी रानाभाट र सदस्यहरुमा सृजना रानाभाट, महराज रानाभाट, रुकबिना रानाभाट, अमृता रानाभाट, सुर्य अधिकारी भाट, बिष्णु रानाभाट सर्ब सम्मत रुपमा चयन भएका छन् । त्यसै गरी सल्लाहकारमा ज्यो. रुद्र रानाभाट, सु. भिम बहादुर रानाभाट, शान्ती रानाभाट, लेखनाथ… पुरा पढौ