समाचार

‘विपत्तिका बेला नागरिकको ज्यान जोगाउन ऐन कानुन नखोजौँ’

जेठ २१ काठमाण्डौ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपत्तिका बेला नागरिकको ज्यान जोगाउने महत्वपूर्ण दायित्व विद्यमान ऐनकानुनका कारण जटिल भएको भन्न नमिल्ने बताउँदै विपद् व्यवस्थापनमा ढिलासुस्ती गर्न नपाइने उल्लेख गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा उनले नियम, कानुन, कार्यविधि, काम गर्नका लागि भएकाले तिनले अधिकार प्रत्यायोजन गरेका छैनन् भनेर विपद् व्यवस्थापनका काम रोक्न नहुनेमा जोड दिए । उनले त्यस्ता कानुन, कार्यविधिले व्यवधान भएको भए आफूलाई… पुरा पढौ

पोखरा १३ का बासिन्दालाई फिस्टेल हस्पिटलमा छुट

जेठ २१ पोखरा । पोखरा महानगरपालिका १३ का बासिन्दाले पोखराको फिस्टेल हस्पिटलमा उपचार गर्दा छुट पाउने भएका छन् । वडा कार्यालय र अस्पालबिच सोमबार भएको सम्झौता अनुसार अस्तापलबाट प्रदान गरिने विभिन्न शिर्षकको सेवामा ५ प्रतिशत छुट दिइने भएको हो । पोखरा महानगरपालिका १३ का वडाध्यक्ष किरण बराल र फिस्टेल हस्पिटल एण्ड रिसर्च सेण्टर प्रालिका अध्यक्ष डा. भोला श्रेष्ठ र मेडिकल डाइरेक्टर दिपेश कार्कीबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौतामा वडाबासीका लागि ओपिडी टिकट, यूसिजी, यूजिआई इन्डोस्कोपी, इसिजी, एक्सरे,… पुरा पढौ

साफ महिला फुटबल प्रतियोगिता काठमाण्डौंमा हुने

जेठ २१ काठमाण्डौं । साफ महिला फुटबल प्रतियोगिता काठमाण्डौंमा हुने भएको छ । उक्त प्रतियोगिता आगामी कात्तिक १ देखि १४ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुनेछ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आज बसेको प्रतियोगिता समितिको बैठकले उक्त प्रतियोगिता नेपालमा गर्ने तय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता सुरेशकुमार शाहले जानकारी दिए । उक्त प्रतियोगिता आयोजना गर्न नेपाल, भुटान र बङ्गलादेशले प्रस्ताव गरेका थिए । यसैबीच एन्फाले राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको… पुरा पढौ

पोखरामा श्रमाधान रोजगार मेला सुरु

जेठ २१ पोखरा । पर्यटकीय राजधानी पोखरामा आजदेखि श्रमाधान रोजगार मेला सुरु भएको छ । मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे । मन्त्री अर्यालले रोजगारदाता कम्पनी र रोजगारको खोजीमा रहेकाको मिलनबिन्दुका रुपमा मेलाको भूमिका रहने बताए । “रोजगारीका अवसर सिर्जना, सीप विकास र उद्यमशीलता प्रवर्द्धन गर्नेलगायत उद्देश्यसहित श्रमाधान रोजगार मेलाको आयोजना गरिएको हो”, उनले भने, “नेपालको श्रम बजार र रोजगारबारे जानकारी तथा परामर्श लिने थलोका रुपमा यो मेलालाई… पुरा पढौ

पोखरामा मोटरसाईकल चोरी गरको आरोपमा एक पक्राउ

जेठ २१ पोखरा । पोखरामा पार्किङ गरि राखेको मोटरसाइकल चोरी गरको आरोपमा एक जना पक्राउ परेका छन् । आइतबार पोखरा–१४ स्थित सितलटोलमा पार्किङ गरि राखिएको ग १५ प ३१९ नम्वरको मोटरसाइकल चोरी गरेर लैजाँदै गर्दा प्रहरीले सोही ठाउँका वर्ष २१ का सुवास तामाङलाई प्रहरीले पक्राउ गरेको हो । तामाङले मोटरसाइकलको नक्कली चावी प्रयोग गरि घिसार्दै केही पर लगिरहेको अवस्थामा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोलीले मोटसाइकलसहित पक्राउ गरेको थियो । पक्राउ परेका तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको… पुरा पढौ

पोखराको खुइलेडाँडामा जनस्वास्थ्य विद्यार्थी संघको सरसफाई

जेठ २१ पोखरा । पोखरामा स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज, पोखरा विश्वविद्यालयमा अध्यनरत जनस्वास्थ्य विद्यार्थीहरुको संगठन पोखरा विश्वविद्यालय जनस्वास्थ्य विद्यार्थी संघले सरसफाई गरेको छ । संगठनले पोखरा २९ को खुइलेडाँडाबाट सरसफाई अभियानको सुभारम्भ गरेको हो । सो अभियानको पोखरा महानगरपालिका वडा न –२९ का वडा सदस्य कालिदास पोख्रेलले सुभारम्भ गर्दै खुइले डाँडाको नामाकरण आधिकारीक रुपमा गर्न बाँकी रहेको र उतm ठाँउलाई व्यवस्थित गर्न वडाले जोड दिएको बताए । उनले वडाले यस्ताखालका कार्यक्रममा पोखरा विश्वविद्यालयका जनस्वास्थ्यका विद्यार्थीहरुसँग सहकार्य गर्न तयार… पुरा पढौ

पोखरामा होमवर्क नगरेको भन्दै शिक्षकबाट विद्यार्थी कुटिए, शिक्षक पक्राउ

पोखरा, जेठ २१ पोखराका एक विद्यार्थीलाई कुटपीट गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३२ स्थित युनिभर्स ईङ्लिस बोर्डिङ स्कुल कक्षा ५ मा अध्ययनरत ९ वर्षका बालकलाई कुटपीट गरेको आरोपमा कास्कीको रुपा गाउँपालिका वडा नं.–६ खोलाको छेउ बस्ने ३२ वर्षिय सुदीप अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शिक्षक अधिकारीले गृहकार्य (होमवर्क) नगरेको तथा अक्षरपनि राम्रो नभएको भन्दै ती विद्यार्थीलाई कुटपीट गरेको कास्की प्रहरीले जनाएको छ । ती शिक्षकले विद्यार्थीको पछाडि पट्टीको भागमा लठ्ठीले… पुरा पढौ

एमाले पोखरा महानगर कमिटीको अध्यक्षमा खगराज अधिकारी समूहका जीवन आचार्य बिजयी

पोखरा, जेठ २१ नेकपा एमाले पोखरा महानगर कमिटीमा खगराज अधिकारी समूहले बर्चस्व जमाएको छ । एमाले पोखरा महानगर कमिटीको सोमबार सम्पन्न अधिवेशनमा अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुमा अधिकारी समूहले बर्चस्व जमाएको हो । एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङ समूह र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहले प्यानलै बनाएर गरेको प्रतिष्पर्धामा अधिकारी समूह हाबी भएको हो । अध्यक्षमा अधिकारी समूहका जीवनप्रसाद आचार्य गुरुङ समूहका दीपक पौडेललाई ६७ मतान्तरले पछि पार्दै बिजयी भए । कुल ४८७ मत खसेकोमा निर्वाचित अध्यक्ष आचार्यले २… पुरा पढौ

राष्ट्रियसभामा वार्षिक प्रतिवेदन पेस

सरकारले रााष्ट्रियसभामा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । नेपालको संविधानको धारा ५३ बमोजिम उक्त प्रतिवेदन राष्ट्रियसभाको आजको बैठकमा पेस भएको हो । प्रधानमन्त्री पष्पकमल दाहाल ‘प्रचण्ड’ का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेस गरेकि हुन । रासस पुरा पढौ

पोखरामा टिप्परलाई ओभरटेक गर्दा एक जनाको मृत्यु,एक जना घाईते

पोखरा । पोखरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कास्की प्रहरीका अनुसार आज (सोमबार) बिहान पोखरा महानगरपालिका–१३ गौडाकोमुखस्थित लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिप्परलाई सोही दिशातर्फ जाँदै गरेको लु ८७ प ९५२० नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी मीनबहादुर खड्काले जानकारी दिए । उनका अनुसार सो दुर्घटनामा परि मोटरसाइकल चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने २९ वर्षीय कमल थापा क्षेत्री र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका घर… पुरा पढौ