समाचार

भेडापालनबाट वार्षिक ४० लाख आम्दानी गर्दै घर्ती

गलकोट । यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन् ।यसपटक सात सय भेडा लिएर बुकीतर्फ हिँडिरहेका रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आएका छन् । भेडापालनमा धेरै दुःख भएको जनाउँदै भेडा पाल्न छाड्ने क्रम बढिरहेको सन्दर्भमा घर्तीले यसबाट भएको आम्दानीले परिवार पाल्दै राम्रो शिक्षा दिन सफल भएको बताए । उनले भेडापालनमा आफू सन्तुष्ट भएको भन्दै वार्षिक रु ४० लाख आम्दानी गर्न सफल… पुरा पढौ

हिल पोइन्ट मा.वि. द्धारा विश्व वातावरण दिवसमा सरसफाई

हिल पोइन्ट आवासिय मा.वि. माटेपानी पोखरामा ४३ औँ विश्व वातावरण दिवसको अवसरमा प्रभात फेरि तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रमा कक्षा ९ देखि १० सम्म अध्यनरत विद्यार्थीहरुको सहभागिता थियो । उक्त कार्यक्रममा सरसफाइ गर्नुको साथै माटेपानी , सितलादेवि परिसर वरपरका टोल, सार्वजनिक स्थल, बाटो फुटपाथ लगाएतका स्थानबाट विद्यार्थीले करिब ७० केजि फोहोर संकलन गरि कुहिने र नकुहिने फोहोरहरुको व्यवस्थापन गरिएको छ । विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउदा बालबालिकामा वातावरण संरक्षणमा… पुरा पढौ

तनहुँको घिरिङमा व्यावसायिक अङ्गुरखेती

तनहुँ जिल्लाको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा गत वर्षदेखि व्यावसायिक रूपमा अङ्गुरखेती थालिएको हो । घिरिङ भाइन यार्ड एण्ड रिसर्च सेन्टरले ७० रोपनी क्षेत्रफलमा अङ्गुरखेती गरेकामा पहिलो वर्ष नौ हजार किलो अङ्गुर उत्पादन भएको थियो । यस वर्ष २० हजार किलो उत्पादनको लक्ष्य रहेको सेन्टरका सञ्चालक कुमार कार्कीले जानकारी दिए । उनका अनुसार स्वीट्जरल्याण्डबाट प्रतिबिरुवा रु सात सयदेखि एक हजारसम्म खरिद गरी ल्याइएको थियो । उनले भने, “पहिलो वर्षमै राम्रो उत्पादन भयो, यो वर्ष उत्पादन बढ्ने विश्वास छ ।” अङ्गुरखेतीका लागि रु… पुरा पढौ

सराङकोटको विकासमा सघाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा महानगरपालिका–१८ सराङकोटको विकासका निम्ति सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । सराङकोटका जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा स्थानीयसँगको भेटमा उनले पर्यटकीय क्षेत्रसमेत रहेको सराङकोटको पर्यटन विकास, खानेपानी, सडकलगायतका पूर्वाधार तथा पर्यटकीय पूर्वाधार विकासमा सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।।सराङकोटको खानेपानी समस्या समाधानका लागि याम्दी–सराङकोट लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गर्न प्रधानमन्त्रीसमक्ष माग गरिएको स्थानीय पूर्णाखर तिमिल्सिनाले बताए । यसैगरी विन्ध्यवासिनी सराङकोट सडक स्तरोन्नति, कृषि सडकको पहिरो नियन्त्रण, सराङकोटलाई पर्यटन केन्द्रका रूपमा विकास गर्न,… पुरा पढौ

पोखरा–२९ का १० जना विभिन्न पदकद्वारा सम्मानित हुने

जेठ २२ पोखरा । पोखरा महानगरपालिका वडा नं. २९ ले नागरिक सम्मान कार्यक्रम गर्ने भएको छ । वडाको विकासको लागी विगतदेखी वर्तमान समयसम्म विभिन्न क्षेत्रबाट महत्वपुर्ण भुमिका निर्वाह गरेका व्यक्तिहरुलाई योगदानको आधारमा सम्मान गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गर्दै वडाले जनाएको छ । यही जेठ २५ गते शुक्रवार एक कार्यक्रमका विच सम्मान गरिने वडा नं. २९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी दिए । उनले भने, ‘सामाजिक योगदानको उच्च मुल्याङ्कन गर्दै सामाजिक पूँजी बढ्दै जाने र भविष्यको लागि पनि यस्तो सामाजिक… पुरा पढौ

लुम्बिनी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

जेठ २२ लुम्बिनी । लुम्बिनी प्रदेश सरकारकोे आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारलाई असार १ गते बजेट ल्याउने बाटो खुलेको छ । प्रदेशसभाको बैठकमा पेस भएको कार्यक्रमलाई सभामुख तुलाराम घर्ती मगरले निर्णयार्थ पेस गर्दा सत्तापक्षका प्रदेशसभा सदस्यको बहुमतमा नीति तथा कार्यक्रम पारित भएको हो । यसअघि प्रदेशसभाको आजको बैठकमा सदस्यले छलफलका क्रममा उठाएका विषयमा मुख्यमन्त्री जोखबहादुर महराले जवाफ दिएका थिए । उनले नीति तथा कार्यक्रममा सबै… पुरा पढौ

बजेट मैले ल्याउँछु तर कसले पास गर्छ थाहा छैन : मुख्यमन्त्री पाण्डे

पोखरा, जेठ २१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशप्रति धेरै नै नफरत बढेको बताएका छन् । पोखराको लेखनाथमा मंगलबार आयोजित दीगो विकास लक्ष्म हासिल गर्न ‘स्थानिय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी अन्र्तक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पार्टी र नेताहरुको व्यवहारका कारण प्रदेशप्रति नफरत बढेको बताएका हुन् । वर्षमा तीन पटक प्रदेश सरकार फेरिने भइरहेको छ,उनले भने,‘आज जे भइरहेको छ, अहिले त्यो जनताप्रति उत्तरदायी भएर भइरहेको छैन । यहि कृयाकलापका कारण प्रदेशप्रति धेरै नफरत छ । धेरै प्रश्नहरु उठेका… पुरा पढौ

‘पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट भएन’ : सांसद परियार

जेठ २२ काठमाण्डौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी आर्थिक वर्षको बजेट यर्थाथपरक नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आव २०८१/८२ को बजेटमाथि छलफलका क्रममा उहाँले ऋणको आकार बढदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले प्राप्त नहुने लक्ष्यलाई आधार बनाएको भन्दै बजेट निर्माणको क्रममा प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको धारणा व्यक्त गरे । सांसद परियारले पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट नभएको बताए । बजेटमा रु ३५ अर्ब बढी रकम कार्यकर्ता तहमा जाने गरी… पुरा पढौ

बजेट महत्वाकांक्षी होइन, उत्पादनमुखी छ : अर्थमन्त्री पुन

जेठ २२ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने स्पष्ट पारे । अर्थमन्त्री पुनले अर्थतन्त्रलाई थप चलायमान बनाउन र निजी क्षेत्रसमेतको मनोबल बढाउने आगामी आवको… पुरा पढौ

‘राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक’ : मुख्यमन्त्री पाण्डे

जेठ २२ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताएका छन् । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज आयोजित ‘दिगो विकासका लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्य’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरुप्रतिको विश्वास कम हुँदै गएको उल्लेख गरे । “पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ”, उनले भने, “प्रदेश… पुरा पढौ