राजनीति

सरकार परिवर्तनबारे गण्डकीमा ‘तैं चुप मै चुप’

पूर्व सहमती अनुसार गण्डकीमा साउनमा सरकार परिवर्तन गर्नुपर्नेछ । कांग्रेस–एमाले गठबन्धन बनेपछि गण्डकीमा पहिलो कार्यकाल वर्तमान सुरेन्द्रराज पाण्डे र दोस्रो कार्यकाल खगराज अधिकारी मुख्यमन्त्री बन्ने सहमती भएको थियो । सो सहमती अनुसार पाण्डे हाल मुख्यमन्त्री छन् भने आगामी साउनमा अधिकारी मुख्यमन्त्री बन्नुपर्ने हो । तर गण्डकीमा सो सहमती अनुसार सरकार फेरबदल हुने कुनै गुञ्जायस छैन । किनकी गण्डकीमा एमालेबाहेक पनि कांग्रेसले बहुमत पु¥याउनसक्ने अंकगणित छ । गण्डकी प्रदेश सभामा कांग्रेसको २८, एमालेको २२, नेकपाको ७, राप्रपाको २ र प्रलोपाको १… पुरा पढौ

संसदमा श्रम संस्कृतिको पर्चा विरोध जारी, बैठकमा मर्यादित हुन सांसदलाई सभामुखको आग्रह

सभामुख डोलप्रसाद अर्यालले संसद बैठकमा मर्यादित भई प्रस्तुत हुन श्रम संस्कृति पाटीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको आजको बैठक सुरु भए लगत्तै श्रम संस्कृतिका सांसदले पर्चा लिएर विरोध गरेपछि सभामुख अर्यालले प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै यस्ता अभद्र व्यवहार नगर्न चेतावनी दिए ।उनले पाटीृका अध्यक्ष समेत रहेका सांसद हर्क साम्पाङसहितका सांसदलाई आफ्नो क्रियापलाप र व्यवहार सच्याउन सुझाव दिए । बैठकको आरम्भमै श्रम संस्कृति पार्टीका सदस्यहरूले उठेर संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिए । अध्यक्ष साम्पाङले जनताको… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासीलाई दलहरुको साथ

सन्देश श्रेष्ठपोखरा, जेठ ५ पोखरा बसपार्कमा रहेका भूमिहीन, सुकुमबासीलाई घर, टहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको ३५ दिने सार्वजनिक सूचनाको म्याद सकिन अब जम्मा ४ दिन बाँकी छ । महानगरले पोखरामा बनेका अनधिकृत घर, टहरा हटाउन भन्दै बैशाख पहिलो साता ३५ दिने सूचना निकालेको थियो । सो सूचनाको म्याद यहि जेठ ८ गते सकिदैछ । तर पोखरा बसपार्कका भूमिहीन, सुकुम्बासीले तत्काल बासस्थान नछाड्ने भएका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएका उनीहरु वैकल्पिक व्यवस्था नभएसम्म सो ठाउँ नछाड्ने… पुरा पढौ

प्रतिनिधिसभा बैठक सुरु, श्रम संस्कृतिले देखायो पर्चा

प्रतिनिधिसभाको बैठकमा आज पनि श्रम संस्कृति पार्टीका सांसद्ले पर्चा देखाएर विरोध जनाएका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै श्रम संस्कृतिका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङ पोस्टर हातमा लिएर उठेका थिए । सभामुख डोलप्रसाद अर्यालले यो विषयमा ध्यानाकर्षण भएको छ भनेपछि श्रम संस्कृति पार्टीका सांसदहरू बल्ल बसेका थिए ।बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् । त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अन्त्यमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले… पुरा पढौ

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध जनाएका छन् । बैठक प्रारम्भ हुनासाथ सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सदस्यहरुले आफ्नो स्थानबाट उठेर सरकारको विरोध गरिएका ‘प्ले कार्ड’ देखाउँदै सभामुखको वेल घराउ गर्न पुग्दा मर्यादापालकले रोकेका थिए ।प्रधानमन्त्री संसदप्रति जवाफदेही हुनुपर्ने नारा लेखिएका पर्चा पार्टीका अध्यक्ष हर्क साम्पाङसहितका सबै सांसदहरूले प्रदर्शन गरेका हुन् । उक्त पार्टीको विरोधप्रति ध्यानाकर्षण गराउँदै सभामुख डोलप्रसाद अर्यालले पर्चा देखाएर सदनमा विरोध गर्ने शैली संसदीय अभ्यास र मर्यादाविपरीत भएको बताए । उनले यस प्रकारको विरोध आगामी दिनमा… पुरा पढौ

वैकल्पिक व्यवस्था नगरी भूमिहीन, सुकुमबासीलाई नहटाउन महानगरलाई दलहरुको सुझाव

सन्देश श्रेष्ठपोखरा, जेठ ३ कास्कीका राजनीतिक दलहरुले वैकल्पिक व्यवस्था नगरी भूमिहीन, सुकुमबासीलाई नहटाउन सुझाव दिएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको समय सकिनै लागेका बेला राजनीतिक दलहरुसँग गरेको छलफलमा उनीहरुले वैकल्पिक व्यवस्था गरेर मात्रै भूमिहीन, सुकुमबासीलाई हटाउन सुझाव दिएका हुन् । पोखरा महानगरपालिकाले पोखरा बसपार्क, फिर्केखोला करिडोर, अमरसिंहचोक र फेवाताललगायतका क्षेत्रमा संरचना हटाउन ३५ दिने सूचना निकालेको एक महिना पुगेको छ । अब केहि दिनमै अतिक्रमित संरचना भत्काउने तयारी स्वरुप… पुरा पढौ

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ: परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका छन् । टोखा नगरपालिकाले आज आयोजना गरेको आर्थिक वर्ष २०८३र८४ को नीति, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह, सुझाव सङ्कलन कार्यक्रममा उनले दीर्घकालीन योजना निर्माणमा स्थानीय सरकार केन्द्रित हुनुपर्ने बताएका हुन् । उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको उल्लेख गरे । “अबको २०र२५ वर्षपछिको पुस्ताले पनि सम्झिने गरी काम गर्ने अवसर अहिलेको स्थानीय तहका जनप्रतिनिधिमा छ, त्यसैले अल्पकालीन राजनीतिभन्दा दीर्घकालीन योजनामा केन्द्रित हुनुहोस्,”… पुरा पढौ

मदन आश्रित स्मृति पार्कमा सरसफाई, आइतबार विचार गोष्ठी

३३ औं मदन आश्रित स्मृति दिवसको अवसर पारेर पोखरा १६ खोलाखेतमा सरसफाई गरिएको छ । नेकपा एमाले पोखरा महानगर कमिटीको आयोजनामा त्यहाँ रहेको मदन आश्रित स्मृति पार्कमा सरसफाईसहित श्रद्धाञ्जली सभा गरिएको वडा कमिटी पोखरा १६ का अध्यक्ष यमनकाजी गुरुङले जानकारी दिए । कार्यक्रममा बोल्दै एमाले सचिव खगराज अधिकारीले एमालेको मुल दर्शन भनेकै जनताको बहुदलिय जनवाद रहेको स्पष्ट पारे । जननेता मदन भण्डारीले प्रतिपादन गरेको सिद्धान्तले नै देश अगाडी बढ्न सक्ने बताउँदै, देशको समृद्धीको आकांक्षा एमाले बाहेक अन्यमा नरहेको बताए ।… पुरा पढौ

नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले के काम गर्ला ?

सरकारले विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रलाई केन्द्रमा राख्दै नयाँ मन्त्रालय गठन गरेको छ । मन्त्रिपरिषद्बाट गत वैशाख ३० गते निर्णय भई राजपत्रमा प्रकाशित नेपाल सरकार ९कार्य विभाजन० नियमावली, २०८३ अनुसार ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ औपचारिक रूपमा स्थापना गरिएको हो । सरकारले विज्ञान तथा प्रविधि क्षेत्रलाई छुट्टै मन्त्रालयमार्फत अघि बढाउने निर्णयलाई राज्यको दीर्घकालीन विकास रणनीतिसँग जोडेर हेरिएको छ । हाल उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिराखेका छन् । नवगठित यो मन्त्रालयलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तनसँग सम्बन्धित नीति, कानून… पुरा पढौ

प्रतिनिधि सभामा प्रधानमन्त्रीको खोजी, छलफलमा प्रधानमन्त्री नै चाहिने विपक्षीको अडान

प्रतिनिधि सभामा रहेका विपक्षी दलहरुले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने अडान दोहोर्याएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी, राप्रपा र श्रम संस्कृति पार्टीका सांसदहरुले नीति तथा कार्यक्रममाथि सांसदहरूले संशोधन र सुझावहरू राख्ने कार्यक्रम रहेकाले ती विषय सुन्न प्रधानमन्त्री अनिवार्य उपस्थित हुनुपर्ने तर्क गरेका हुन् । नेपाली कांग्रेसका सांसद मदनकृष्ण श्रेष्ठले प्रधानमन्त्री उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ नदिएसम्म सदनको कारबाही अघि बढ्न नदिने चेतावनी दिएका छन्। सांसद श्रेष्ठले यो विषय सम्पूर्ण देश र… पुरा पढौ