राजनीति

गण्डकीका मुख्यमन्त्री पाण्डेले नीति तथा कार्यक्रम र बजेट अघि नै विश्वासको मत लिने

पोखरा, जेठ २५ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम र बजेट ल्याउनु अघि नै विश्वासको मत लिने भएका छन् । गण्डकीमा बहुमतको अन्यौलले नीति तथा कार्यक्रम ल्याउन ढिलाई भइरहेको छ । नीति तथा कार्यक्रम ल्याएर पारित नभएमा सरकार अल्पमतमा परेको सन्देश जाने डर मुख्यमन्त्री पाण्डेमा छ । त्यसैले उनले नीति तथा कार्यक्रम अघि नै विश्वासको मत लिने तयारी गरेका हुन् । मुख्यमन्त्री पाण्डेले यहि जेठ २८ गते विश्वासको मत लिने निर्णय गरेको नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका… पुरा पढौ

मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्री दाहाल भारतीय प्रधानमन्त्री मोदीको शपथ समारोहमा जाने

जेठ २४ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिन जाने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भने, “प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्रीको शपथग्रहणमा सहभागिता जनाउने निर्णय भएको छ, यसमा जानका लागि आवश्यक टोली निर्माण गर्ने कुरा भएको छ, जाने टोलीको कति जना हुने भने टुङ्गो लागिसकेको छैन ।” सोही बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण… पुरा पढौ

प्रधानमन्त्रीलाई संयुक्त राष्ट्रसङ्घ महासचिवको निमन्त्रणा

जेठ २४ काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटरेसले आगामी सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन् । नेपालस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि हाना सिङ्गरले प्रधानमन्त्रीलाई भेट गरी आज महासचिव गुटेरेसको निमन्त्रणापत्र हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिवले नेपालको भ्रमण गरी यहाँको सरोकार र चासोलाई अन्तर्राष्ट्रियकरण गरेकोप्रति आभार व्यक्त गरे । उनले राष्ट्रसङ्घले आयोजना गरेको सम्मेलनमा भाग लिन आफू सकारात्मक… पुरा पढौ

कार्यविधि संशोधन गरेर नागरिकतासम्बन्धी समस्या समाधान गर्छौँः गृहमन्त्री लामिछाने

जेठ २३ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विद्यमान कानुनअनुसार कार्यविधि संशोधन गरेर नागरिकतासम्बन्धी समस्या समाधान गरिने बताएका छन् । गृह मन्त्रालयले आज आयोजना गरेको नागरिकतासम्बन्धी छलफलमा उनले विद्यमान कानुनले दिएका तर कार्यविधिमा अस्पष्टताका कारण नागरिकता दिन समस्या भएमा समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताए । कानुनले दिँदैन भन्नेका हकमा भने नागरिकता पाउन अझै केही समय लाग्ने उनले स्पष्ट पारे । नागरिकता प्रदान गर्दा कतिपय अवस्थामा प्रमुख जिल्ला अधिकारीको स्वविवेक पनि महत्वपूर्ण हुने भन्दै उपप्रधानमन्त्री लामिछानेले संविधानले दिएको… पुरा पढौ

विपद् न्यूनीकरणमा सामूहिक प्रयास आवश्यक : मुख्यमन्त्री पाण्डे

जेठ २३ तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् न्यूनीकरणका लागि सामूहिक प्रयास आवश्यक रहेको बताएकना छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाले आज शुक्लागण्डकी नगरपालिका–४ मा आयोजना गरेको सवारी दुर्घटना व्यवस्थापन नमुना अभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले विपद्का घटना रोक्न नसकिने भए पनि क्षति न्यूनीकरण गर्नेतर्फ सचेत हुनुपर्ने बताएका हुन् । मुख्यमन्त्री पाण्डेले विपद्का समयमा जहिले पनि मुख्य उद्धारकर्ताका रुपमा स्थानीयवासी रहने भएकाले स्थानीय व्यक्तिलाई उद्धार प्रक्रियाबारे जानकारी गराउनुपर्ने आवश्यकता औँल्याए । उनले भने, “स्थानीय… पुरा पढौ

गुटको पछि नलाग्न आग्रह गर्दै प्रचण्डले भने : ‘म अहिलेपनि चुनुवाङकै बाटोमा छु, जनक्रान्तिकै बाटोमा छु’

पोखरा, जेठ २३ प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता कार्यकर्ताहरुलाई गुटको पछि नलाग्न अपिल गरेका छन् । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको प्रदेश स्तरिय ‘वैचारिक एवम् राजनीतिक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘गुटको पछि नलाग्नु होला, लाग्न नदिनुहोला । गुटले कहिं लाँदैन बरु भड्खालोमा लान्छ ।’ प्रधानमन्त्री प्रचण्डले पार्टी भित्र गुट रहेको संकेत गरेपनि त्यो ठूलो रुपमा नरहेको दाबी गरे । पार्टी भित्र ठूलै गुट छ भनेर गुटको पछि नलाग्नुहोला भनेर आफूले… पुरा पढौ

बजेट मैले ल्याउँछु तर कसले पास गर्छ थाहा छैन : मुख्यमन्त्री पाण्डे

पोखरा, जेठ २१ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशप्रति धेरै नै नफरत बढेको बताएका छन् । पोखराको लेखनाथमा मंगलबार आयोजित दीगो विकास लक्ष्म हासिल गर्न ‘स्थानिय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्यसम्बन्धी अन्र्तक्रिया’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले पार्टी र नेताहरुको व्यवहारका कारण प्रदेशप्रति नफरत बढेको बताएका हुन् । वर्षमा तीन पटक प्रदेश सरकार फेरिने भइरहेको छ,उनले भने,‘आज जे भइरहेको छ, अहिले त्यो जनताप्रति उत्तरदायी भएर भइरहेको छैन । यहि कृयाकलापका कारण प्रदेशप्रति धेरै नफरत छ । धेरै प्रश्नहरु उठेका… पुरा पढौ

‘पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट भएन’ : सांसद परियार

जेठ २२ काठमाण्डौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले आगामी आर्थिक वर्षको बजेट यर्थाथपरक नभएको बताएका छन् । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा आगामी आव २०८१/८२ को बजेटमाथि छलफलका क्रममा उहाँले ऋणको आकार बढदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले प्राप्त नहुने लक्ष्यलाई आधार बनाएको भन्दै बजेट निर्माणको क्रममा प्राथमिकताका क्षेत्र पहिचान गर्न नसकेको धारणा व्यक्त गरे । सांसद परियारले पुँजीगत खर्चको सक्षमता र आर्थिक कूटनीतिबारे बजेटमा स्पष्ट नभएको बताए । बजेटमा रु ३५ अर्ब बढी रकम कार्यकर्ता तहमा जाने गरी… पुरा पढौ

बजेट महत्वाकांक्षी होइन, उत्पादनमुखी छ : अर्थमन्त्री पुन

जेठ २२ काठमाण्डौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटका आकारको तुलनामा आगामी आर्थिक वर्षको बजेटको आकार महत्वकाङ्क्षी नभई सन्तुलित रहेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आव २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले बजेट कार्यान्वयन गर्न आवश्यक वित्तीय स्रोत परिचालन हुने गरी कार्ययोजनासहित स्रोत व्यवस्थापन गरिने स्पष्ट पारे । अर्थमन्त्री पुनले अर्थतन्त्रलाई थप चलायमान बनाउन र निजी क्षेत्रसमेतको मनोबल बढाउने आगामी आवको… पुरा पढौ

‘राजनीतिक अस्थिरता मुलुक र जनताका लागि घातक’ : मुख्यमन्त्री पाण्डे

जेठ २२ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता मूलक र जनताका लागि घातक बनिरहेको बताएका छन् । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराद्वारा आज आयोजित ‘दिगो विकासका लक्ष्य हासिल गर्न गण्डकी प्रदेशका स्थानीय तहबाट स्वास्थ्य क्षेत्रमा भएका नवीनतम कार्य’सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा उनले जनताका चाहना पूरा गर्न नसक्दा राजनीतिक दलहरुप्रतिको विश्वास कम हुँदै गएको उल्लेख गरे । “पछिल्लो समय प्रदेश सरकारमाथि त झनै प्रश्न उठिरहेको अवस्था छ”, उनले भने, “प्रदेश… पुरा पढौ