राजनीति

‘एक निर्वाचन क्षेत्र एक सडक’ योजना प्रत्यक्ष निर्वाचित सांसदले रोज्ने

पोखरा, जेठ २ गण्डकी प्रदेश सरकारले सांसदलाई घुमाउरो बाटोबाट बजेट दिएको छ । सांसदलाई बजेट दिन अदालतले रोक लगाएपनि गण्डकी सरकारले घुमाउरो बाटोबाट सांसदलाई बजेट दिएको हो । यसअघि प्रदेश सरकारहरुले सांसद विकास कोषका नाममा सांसदहरुलाई बजेट दिने गरेका थिए । गण्डकी सरकारलेपनि केहि वर्ष यसको अभ्यास गरेको थियो । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री भएका बेला तत्कालीन अर्थमन्त्री रामजीप्रसाद बरालले सो कार्यक्रम काटेपछि पार्टी र सांसदहरुले व्यापक विरोध गरेका थिए । सो बेला दवाब खेप्न नसकेपछि घुमाउरो बाटोबाट सांसदलाई बजेट… पुरा पढौ

राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गरौं : पूर्व मुख्यमन्त्री अधिकारी

असार २ पोखरा । नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राष्ट्रिय पुँजी निर्माण गर्ने महाअभियान सुरु गर्नुपर्ने बताएका छन् । शनिबार पोखरामा आयोजित नेकपा (एमाले) बुद्धिजीवी इलाका कमिटी कास्कीको नवौं इलाका अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै उनले यसको लागि उद्योगलाई प्राथमिकता दिनुपर्ने बताए । विदेशको उत्पादन बेच्दै दलाल पुँजीवादको सेवा गरेर राष्ट्रिय पुँजी निर्माण गर्न नसकिने उनको भनाई थियो । ‘हामीले उद्योग नखोलिन्जेलसम्म राष्ट्रिय पुँजी निर्माण हुँदैन । उद्योगलाई प्राथमिकता दिनुपर्छ’ उनले भने । त्यसको… पुरा पढौ

गण्डकीको बजेट : उज्यालो अभियान घोषणादेखि मोवाइल माटो अस्पताल सञ्चालन गर्नेसम्म

पोखरा, असार १ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करीब ३३ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख रुपैयाँको बजेट घोषणा गरेका हुन् । यो चालु वर्षको भन्दा ४४ करोड ८७ लाखले कमी हो । गण्डकी सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको थियो । गण्डकी प्रदेश सरकारले चालुतर्फ १३ अर्ब,… पुरा पढौ

एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने

जेठ ३२ काठमाण्डौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन तथा गृह प्रशासन सुधारका क्षेत्रमा बलियो आधार तयार भएको बताएका छन् । ‘पछिल्लो एक सय दिनमा गृह मन्त्रालयले सम्पादन गरेका मुख्यमुख्य काम’का विवरण आज मन्त्रालयबाट सार्वजनिक गर्दै उनले यसबीचमा नीतिगत तथा कानुनी सुधार गरिएको र अब चाँडै नतिजा देखिने बताए । उपप्रधानमन्त्री लामिछानेले पछिल्लो तीन महिनामा मन्त्रालयले नीतिगत तथा कानुनी प्रबन्ध मिलाउनाका साथै शान्तिसुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम भएको जानकारी दिए । उनले अध्यागमन… पुरा पढौ

गण्डकी प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित

जेठ ३२ पोखरा । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भन्दै गरेको प्रस्ताव सभाले बहुमतले पारित गरेको हो । यस अघि नीति तथा कार्यक्रममाथिको छलफलमा प्रदेशसभा सदस्यहरूले भाग लिएका थिए । छलफलमा सदस्यहरूले सरकारका नीति तथा कार्यक्रमहरू कार्यान्वयनयोग्य हुनुपर्ने बताएका थिए । सरकारका काम कारवाहीले प्रदेशको औचित्य पुष्टि हुनुपर्नेमा जोड दिँदै सदस्यहरूले सङ्घीयताको आकर्षण भनेको नै प्रदेश… पुरा पढौ

पोखराको पर्यटन पूर्वाधार निर्माणमा बजेट अनुदार देखियो : सांसद भट्टराई

जेठ ३१ पोखरा । कास्की क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराईले सरकारले भर्खरै विनियोजन गरेको बजेट पोखराको पर्यटन पूर्वाधार निर्माण , अन्तराष्ट्रीय उडान र खानेपानी समस्याको सम्वन्धमा अनुदार देखिएको बताएकी छन् । भट्टराईले भर्खर मात्र पोखरा पर्यटकिय राजधानी घोषणा भैसकेको अवस्थामा सो विषयले बजेटमा प्राथमिकता नपाउनु दुखद भएको भन्दै पोखरामा अन्तराष्ट्रीय उडान संचालन गर्ने कुनै ठोस योजना नसमेटिनु चिन्ताको बिषय भएको उल्लेख गरिन् । भट्टराईले शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०८१ को वन तथा… पुरा पढौ

पदमुक्त सांसद देवकोटा भन्छन, ‘कानूनी उपचार खोज्छु’

जेठ ३२ पोखरा । फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन् । फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए । यसअघि देवकोटालाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले कारवाही गर्ने निर्णय गरेको थियो । मंगलबार स्पष्टिकरण सोधेको माओवादीले शुक्रबार कारवाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो ।… पुरा पढौ

फ्लोर क्रस गर्ने देवकोटा पदमुक्त

पोखरा, जेठ ३२ फ्लोर क्रस गर्ने गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देवकोटा पदमुक्त भएका छन् । फ्लोर क्रस गरेर कांग्रेस मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका देवकोटा गण्डकी प्रदेश सभा सदस्यबाट पदमुक्त भएका हुन् । प्रदेश सभाको शुक्रबारको बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको जानकारी गराए । यसअघि देवकोटालाई नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलले कारवाही गर्ने निर्णय गरेको थियो । मंगलबार स्पष्टिकरण सोधेको माओवादीले शुक्रबार कारवाही गर्ने निर्णय गरेर प्रदेश सभा सचिवालयलाई जानकारी गराएको थियो । पदमुक्त… पुरा पढौ

नीति कार्यक्रममा सञ्चार छुट्नु ‘बलण्डर मिस्टेक’ : पूर्व मुख्यमन्त्रीअधिकारी

जेठ ३१ पोखरा । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममा आमसञ्चारको विषय कतै उल्लेख नभएकोमा गम्भीर आपत्ति जनाएका छन् । बिहीबार प्रदेश सभामा नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिदै उहाँले सरकारले माफी माग्नुपर्ने तहको कमजोरी गरेको बताए । मुख्यमन्त्रीसँगै भएको मन्त्रालयको विषय १ सय ९१ बुँदे नीति तथा कार्यक्रममा कतै नहुनुलाई सामान्य भन्न नसकिने उनको भनाई छ ।‘मिस्टेक त होइन होला सरकार लोकतन्त्रको पनि… पुरा पढौ

‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ र ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गरिने

प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका लागि पोखरालाई केन्द्र बनाएर ‘पोखरा जाऔं, प्रकृति र संस्कृतिसँग रमाऔं’ कार्यक्रम लागू गर्ने जनाएको छ । गण्डकी प्रदेश सरकारले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा सो कार्यक्रम लागु गर्ने उल्लेख भएको हो । पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएकाले सोहि अनुरुप नीतिगत सुधार एवम् पर्यटनमैत्री वातावरण निर्माणमापनि जोड दिईने नीति तथा कार्यक्रममा उल्लेख छ । उसले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ‘पहिले घरदेश अनि परदेश कार्यक्रम सञ्चालन गर्नेपनि जनाएको छ । जसका लागि पर्यटकीय गन्तव्यको पहिचान, पर्यटकीय उपजको विविधिकरण,… पुरा पढौ