राजनीति

राजनीतिक दलले आफ्ना नीति तथा आदर्शको समीक्षा गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

वैशाख १० काठमाण्डौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सबै राजनीतिक दलले आ–आफ्नो पार्टीले लिएको नीति तथा आदर्शमा विचलन आएको छ कि छैन भनेर समीक्षा गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको भएको आज ७५ वर्ष पूरा भएको अवसरमा आयोजित हीरक महोत्सवमा उनले राजनीतिक दलहरुले लिएको नीति तथा आदर्शमा विचलन आएको वा नआएको बारे बेलाबेला समीक्षा गर्दै अगाडि बढ्नुपर्छ भने । “नेपाली कम्युनिष्ट आन्दोलनले आफ्नो हीरक जयन्ती मनाइरहँदा यस आन्दोलनको गहन समीक्षासमेत गरिनु पर्दछ भन्ने मलाई लागेको छ, सँगै स्थापना… पुरा पढौ

कास्की माओवादीले गर्यो लेनिनको योगदानको स्मरण

पोखरा, बैशाख १० नेकपा माओवादी केन्द्र कास्कीले लेनिनको योगदानको स्मरण गरेको छ । लेनिनको १५४ औं जन्मजयन्ती र नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा माओवादी कास्कीले सोमबार पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलन र क्रान्तिका नायक लेनिनको योगदानको स्मरण गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले लेनिन क्रान्ति र समाजवादको पर्याय भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलन र रुसको कम्युनिष्ट आन्दोलनको चरित्र एउटै भएको उल्लेख गरे । लेनिनले… पुरा पढौ

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन। हिजो सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकि भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो । मुलुकको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति… पुरा पढौ

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ । विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी… पुरा पढौ

नेकपा स्थापनाको आज हीरक महोत्वस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ । नेपालमा २००६ वैशाख… पुरा पढौ

मन्त्री चुमानको पहिलो निर्णय : ईन्भेष्ट गण्डकी परियोजना सञ्चालन

पोखरा, बैशाख ९ गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हरिबहादुर चुमानले पदबहाली गरेका छन् । मन्त्री भएको दुई हप्तापछि आर्थिक मामिला मन्त्रीको जिम्मेवारी पाएपछि उनले आईतबार पदबहाली गरेका हुन् । पदबहाली गर्दै उनले पुँजीगत खर्च बढाउन आफूले सक्दो प्रयास गर्ने बताए । विगतदेखि नै खर्च गर्ने क्षमता कमजोर रहेकाले त्यसलाई सुधारेर खर्च गर्ने क्षमता बढाउने उनले बताए । त्यसका लागि कर्मचारीलाई कार्यशैली बदल्नुपर्ने उनको भनाई थियो । हाम्रो काम गर्ने शैली नै भएन,उनले भने,‘यो शैलीले खर्च गर्न सकिदैन । बजेट… पुरा पढौ

एमाले परिषद् बैठक: आज समूहगत छलफल हुँदै

लतिलपुरको गोदावारीमा जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक, महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदन र केन्द्रीय निकायका प्रतिवेदनमा छलफल गर्ने कार्यसूची छ । परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा. पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमा छलफल हुनेछ । दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी बैठकका माध्यमबाट एमालेले आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरणका लागि चाल्नुपर्ने कदमबारे कार्ययोजना… पुरा पढौ

गण्डकीका दुई मन्त्रीले बल्ल पाए जिम्मेवारी

पोखरा, बैशाख ८ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । विवादकाबीच चैत २५ गते मुख्यमन्त्रीमा नियुक्त अधिकारीले करीब दुई सातापछि मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । मुख्यमन्त्री भएलगत्तै अधिकारीले दुई जना मन्त्री नियुक्त गरेर ३ सदस्यीय मन्त्री परिषद गठन गरेका थिए । मुख्यमन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान र नेकपा एकीकृत समाजवादीका राजिव गुरुङ उर्फ दीपक मनाङेलाई मन्त्रीमा नियुक्त गरेपनि विना विभागीय बनाई जिम्मेवारी नदिई राखेका थिए । मुख्यमन्त्री अधिकारी विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन गर्ने… पुरा पढौ

आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः सञ्चारमन्त्री शर्मा

वैशाख ७ काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको पहुँच आमजनताका बीचमा लैजान सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताएकी छन् । नेपाल एशोसियसन फर सफ्टवेर एण्ड आइटी कम्पनिज (नास–आइटी)का पदाधिकारीसँगको भेटमा उनले सञ्चार तथा सूचना प्रविधिको प्रयोग बढाएर मुलुकको डिजिटल रुपान्तरणका लागि सहकार्य आवश्यक रहेको बताएकी हुन् । मन्त्री शर्माले नेपालमा सञ्चार तथा सूचना प्रविधिको विकासका लागि यसलाई आम जनताले बुझ्ने गरी स्थापित गर्नुपर्ने बताइन् । उनले हरेक क्षेत्रको विकासका लागि त्यसको महत्व आमनागरिकले बुझ्नुपर्नेमा… पुरा पढौ

एमालेको जनसङ्ठनहरुको महिला राष्ट्रिय भेला हुने

वैशाख ७ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने भएकोे छ । जनसङ्गठन समन्वय संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसङ्गठनहरूको महिला राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो । भेला व्यवस्थापनका लागि अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकादेवी हमालका संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ । पार्टीका स्थायी कमिटी सदस्य एवं जनसङ्गठनका संयोजक भानुभक्त ढकालले समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसङ्गठनहरूको महिला राष्ट्रिय… पुरा पढौ