राजनीति

वामपन्थी शक्तिबीच एकताको खाँचो छ : पूर्वप्रधानमन्त्री खनाल

वैशाख १ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकमा अस्थिरता, दिशाहीनता र अकर्मण्यताको अन्त्य गर्न वामपन्थी शक्तिबीच एकताको खाँचो रहेको बताएका छन् । नयाँ वर्षको अवसरमा देश तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीको अग्रगति र प्रगतिका लागि शुभकामना सन्देश जारी गर्दै शान्ति, विकास, स्वतन्त्रता, समाजवाद र समृद्धिका निम्ति समाजवादी क्रान्ति र रूपान्तरणको युगबाट मुलुकलाई अगाडि लैजान वामपन्थी शक्तिहरू एकापसमा समन्वय गरी देशको परिस्थितिलाई दृष्टिगत गर्दै कम्युनिष्ट आन्दोलनलाई सकारात्मक दिशामा अघि बढाउनुपर्नेमा उनले जोड दिए… पुरा पढौ

कांग्रेस संसदीय दलको बैठक आइतबार

वैशाख १ काठमाण्डौं । नेपाली कांग्रेस संसदीय दलको बैठक भोलि आइतबार बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सरकारले संसद्को चालु अधिवेशन भोलिदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निणय गरेको सन्दर्भमा कांग्रेस संसदीय दलको यो बैठक बस्न लागेको हो । रासस पुरा पढौ

नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त वर्ष बनाउनुपर्छ : अध्यक्ष ओली

वैशाख १ काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०८१ नेपाली समाजलाई निराशा, भ्रम र अविश्वासबाट मुक्त गरी विश्वास जगाउने वर्षका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तर्राष्ट्रिय कमिटीद्वारा नयाँ वर्ष २०८१ का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई गए राति भर्चुअलरुपमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ वर्षलाई देश बन्दैन भन्ने भ्रमबाट मुक्त बर्ष बनाउनुपर्ने बताएका हुन् । ‘म बनाउँछु मेरो देश’ भन्ने विश्वास जगाउने वर्षका रूपमा २०८१ लाई स्थापित गर्नुपर्नेमा… पुरा पढौ

एमाले सचिवालय बैठक आइतबार

नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५औँ स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ । रासस पुरा पढौ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महरालाई विश्वासको मत

चैत ३० लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महराले संविधानको धारा १८८ को उपधारा (१) बमोजिम राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा पक्षमा ४८ मत प्राप्त भएको थियो । यससँगै मुख्यमन्त्री महराले मुख्यमन्त्री नियुक्त भएको एक सातामै प्रदेशसभा बैठकमा विश्वासको मत प्राप्त गरेका छन् । बैठकमा उपस्थित प्रदेशसभा सदस्यमध्ये मुख्यमन्त्री महराका पक्षमा सत्तागठबन्धन दल नेकपा एमालेका २९, नेकपा (माओवादी केन्द्र) का १०, जनता समाजवादी पार्टीका तीन, नागरिक उन्मुक्ति पार्टीका… पुरा पढौ

कांग्रेसका पुराना र निष्ठावान नेता पौडेलको निधन

पोखरा, चैत ३० नेपाली काँग्रेसका पुराना तथा निष्ठावान नेता खेमराज पौडेलको निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा उपचाररत ८१ वर्षिय पौडेलको आज विहान करीब ११ बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । घाँटी र फोक्सो क्यान्सरबाट पीडित पौडेल लामो समयदेखि उपचाररत थिए । कास्कीको तत्कालिन पुम्दीभुम्दी गाविस र हाल पोखरा महानगरपालिका–२२ पुम्दी स्थायी घर भएका पौडेल हाल कांग्रेस महासमिति सदस्य थिए । स्वर्गिय पौडेलको आजै रामघाटमा अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । पौडेल कास्की–२ बाट पराजित उम्मेदवार… पुरा पढौ

आमसञ्चार र सामाजिक सञ्जाल विधेयक आजै पारित गर्ने सरकारको तयारीः सञ्चारमन्त्री शर्मा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार विधेयक र सामाजिक सञ्जाल विधेयक सङ्घीय संसदबाट छिट्टै पारित गरिने बताएकि छिन। नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाको आज भएको १२औँ अधिवेशनका अवसरमा उनले सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र समयानुकूल बनाउन ती विधेयक जरुरी रहेको उल्लेख गरिन । ती दुवै विधेयक सङ्घीय सङ्सदमा पेश गर्ने अन्तिम तयारीमा छन् । सञ्चारमन्त्री शर्माले लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थित बनाउँदै स्वरोजगार तथा साना लगानीका सञ्चारमाध्यमलाई सहुुलियत दिन सरकार सकारात्मक रहेको बताइन । उनले त्यस्ता सञ्चारमाध्यमलाई राष्ट्रिय समाचार समिति… पुरा पढौ

एमालेमा हार्ने छुट छैनः मुख्यमन्त्री अधिकारी

चैत २९ बागलुङ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले एमालेमा हार्ने छुट नभएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागलुङको १०औँ जिल्ला अधिवेशनलाई आज सम्बोधन गर्दै एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका मुख्यमन्त्री अधिकारीले मुलुक विकासका लागि एमालेलाई हार्ने छुट नभएको बताए । उनले वर्तमान गण्डकी प्रदेश सरकारले नै बाँकी कार्यकाल काम गर्ने भन्दै मध्यावधि निर्वाचनमा जाने अवस्था नरहेको बताए । “राजनीतिमा घच्चपच्च हुन्छ, केही राम्रा कामको सुरुआत गर्दैगर्दा मुख्यमन्त्री गयो, अहिले फेरि मुख्यमन्त्री भएको छु, अबको कार्यकाल एमालेकै… पुरा पढौ

देश र जनताको हितमा लाग्न नेता कार्यकर्तालाई अध्यक्ष ओलीको सुझाव

चैत २९ ताप्लेजुङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई सङ्गठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन् । आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रुपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई उनले सुझाव दिए । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले स्पष्ट विचारका साथ अनुशासित र सक्रियतापूर्वक रुपमा पार्टी सङ्गठनमा लाग्नुपर्ने बताएका छन् । आफु र आफ्नो पार्टीलाई गन्तव्यमा पु¥याउनका लागि हरेक कार्यकर्तामा… पुरा पढौ

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिकारी नियुक्त

पोखरा, चैत २९ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लमजुङ जिल्ला बेसीसहर नगरपालिका वडा नम्बर–१ निवासी अधिकारीलाई गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यसअघी गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद बैठकले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । पुरा पढौ