राजनीति

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिकारी नियुक्त

पोखरा, चैत २९ गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा कृष्णप्रसाद अधिकारी नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले लमजुङ जिल्ला बेसीसहर नगरपालिका वडा नम्बर–१ निवासी अधिकारीलाई गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका हुन् । यसअघी गण्डकी प्रदेश सरकारको मंगलबार बसेको मन्त्री परिषद बैठकले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख भट्टले अधिकारीलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ । पुरा पढौ

गण्डकीमा टुक्राउँदै मन्त्रालय, बढाउँदै संख्या

पोखरा, चैत २९ गण्डकी प्रदेशमा मन्त्रालय टुक्राउने प्रक्रिया पुनः शुरु भएको छ । यसअघि गण्डकीमा मन्त्रालय संख्या १२ घटाएर ७ मा झारिएको थियो । पृथ्वी सुब्बा गुरुङको पालामा सरकार टिकाउन मन्त्रालय संख्या बढाएर १२ पु¥याइएको थियो । त्यसलाई वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेश सरकारको नेतृत्व गरेका कृष्णचन्द्र नेपाली पोखरेलको पालामा यथावत राखिएको थियो । तर २०७८ सालको निर्वाचन पश्चात बनेको खगराज अधिकारी नेतृत्वको सरकारले मन्त्रालय संख्या घटाएर ७ मा झारेको थियो । मन्त्रालय संख्या बढ्दा खर्च बढेको र यहि कारण संघीयतामाथि… पुरा पढौ

दबाब र प्रभावमा नपरी प्रभावकारी काम गर्नुस् : गृहमन्त्री लामिछाने

चैत २८ जनकपुर । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले स्थानीय प्रशासनले दबाब तथा प्रभावमा नपरी कानुन कार्यान्वयनमा दक्षतापूर्ण र प्रभावकारीरूपमा काम गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएका छन् । नेपाल सरकार, गृह मन्त्रालय र मधेस प्रदेश, गृह, सञ्चार तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीपछि सञ्चारकर्मीसँग कुरागर्दै गृहमन्त्री लामिछानेले वर्तमान सरकारले राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो काम गर्नेलाई दण्डित गर्ने उल्लेख गर्दै सोहीअनुसार जनहितमा काम गर्न निर्देशन दिए । गृहमन्त्री लामिछानेले मधेश प्रदेशको सुरक्षा संवेदनशीलता, खुला… पुरा पढौ

बलियो संघीयता र विकासका लागि सरकारका तीनै तहबीच समन्वय आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्ली राज भट्टले तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारबीच हुने सहकार्य सहअस्तित्व र साझेदारीले सङ्घीयता कार्यान्वयनमा महत्वपूर्ण योगदान गर्ने प्रदेश प्रमुख भट्टको विश्वास छ ।जिल्ला समन्वय समिति, कास्कीको सातौं जिल्ला सभाका प्रमुख अतिथि भट्टले मुलुक गणतन्त्र र सङ्घीयता कार्यान्वयनको चरणमा नै रहेकाले यसलाई सफल बनाउन सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताए । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार तीनै तहको सहअस्तित्व, समन्वय र सहकार्यको… पुरा पढौ

कोशी प्रदेशसभाको अधिवेशन आव्हान

चैत २८ विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आव्हान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले चैत २६ गते लिखित अनुरोध गरी अधिवेशन आव्हान गर्न अनुरोध गरेका थिए । सोही अनुरोधको आधारमा प्रमुख खापुङले नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम विसं २०८१ वैशाख ६ गते दिनको १ बजे कोशी प्रदेशसभा हल विराटनगरमा अधिवेशन आह्वान गरेकोे प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित आजको विज्ञप्तिमा उल्लेख छ ।… पुरा पढौ

सोह्रौँ योजनाको मस्यौदामाथि गठबन्धन दलसँग छलफल

चैत २८ काठमाण्डौं । मस्यौदा निर्माणको अन्तिम चरणमा रहेको सोह्रौँ पञ्चवर्षीय आवधिक योजनाबारे राष्ट्रिय योजना आयोगले सत्ता साझेदार दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री एवं आयोगका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्तारुढ दलका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको हो । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री दाहालसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का… पुरा पढौ

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिह्न प्रदान

चैत २८ काठमाण्डौं । निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरेको छ । इलाममा मा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयनपत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन् । बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिह्न प्रदान गरिएको हो । बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको… पुरा पढौ

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

चैत २८ कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन् । प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए । उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री कँडेलले आजै पदबहाली गरेका छन् । मुख्यमन्त्री कँडेलको जीवनीविसं.२०७४ को प्रदेशसभा निर्वाचनमा एमाले… पुरा पढौ

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा शपथ

चैत २८ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति… पुरा पढौ

गण्डकी सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौं । सर्वोच्च अदालतले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधबार सरकारलाई नियमित कार्यसञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो ।अधिकारीको नियुक्ति बदर माग गर्दै निवर्तमान मुख्यमन्त्रीले रिट दायर गरेका थिए । नियुक्तिविरुद्ध अन्तरिम आदेश दिँदा सरकार शून्यताको अवस्था सृजना हुने भन्दै पूर्ण सुनुवाइका लागि वैशाख १० गतेलाई पेशी तोकिएको छ । सभामुखसमेतको हस्ताक्षर देखाएर बहुमत दाबी गरिएको भन्दै निवर्तमान मुख्यमन्त्री तथा नेपाल कांग्रेस प्रदेश… पुरा पढौ