राजनीति

राष्ट्रियसभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे । अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे । उक्त मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका थिए । एमालेका सांसद बिमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरे । यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको… पुरा पढौ

विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि हुन्छ : उपप्रधानमन्त्री महासेठ

चैत २७ काठमाण्डौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् । साझा यातायातले विद्युतीय सवारीसाधनका लागि सञ्चालनमा ल्याएको ‘चार्जिङ स्टेसन’को शुभारम्भ गर्दै उनले पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा जोड दिए । करिब चार वर्ष अगाडि आफू मन्त्री हुँदा साझा यातायातलाई विद्युतीय बसको पूर्वाधार तथा सञ्चालनका लागि रु तीन अर्ब निकासा गरेको गर्दै मन्त्री महासेठले पछिल्लो समय कार्यसम्पादनमा ढिलासुस्ती भएको बताए । भूमि व्यवस्था तथा… पुरा पढौ

गण्डकीका मुख्यमन्त्री अधिकारीको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा रिट

चैत २७ काठमाण्डौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति असंवैधानिक भएको उल्लेख गर्दै बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले सभामुखलाई समेत जोडेर बहुमत पु¥याउनु असंवैधानिक भएको भन्दै रिट निवेदन दायर गरेका हुन् । उक्त रिट निवेदनमा यही चैत २५ गते अधिकारीले जालझेल गरी दूषित तबरले दाबी पत्र पेश गरेको र अधिकारीलाई मुख्यमन्त्रीका रुपमा कामकारबाही गर्न नदिने आदेशको माग गरिएको… पुरा पढौ

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा कँडेल नियुक्त

चैत २७ कर्णाली । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एमाले) का कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कर्णाली प्रदेशको मुख्यमन्त्रीका लागि सत्ता गठबन्धन दल नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुको समर्थनसहितको हस्ताक्षर पत्र कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष पेश गरेसँगै प्रदेश प्रमुख परियारले नेता कँडेललाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली प्रदेशसभा ४० सदस्यीय छ । प्रदेश सरकार गठनका लागि २१ प्रदेशसभा सदस्य… पुरा पढौ

आगलागीबारे छानबिन समिति गठन

चैत २७ काठमाण्डौं । सोमबार साँझ चन्द्रागिरि नगरपालिका–१२ बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारणमा भएको आगलागीबारे छानबिन गर्न समिति गठन गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको निर्णयबाट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । छानबिन समितिलाई आगलागीको कारण खोज्ने, क्षतिको विवरण सङ्कलन गर्ने तथा जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी एवं आगामी दिनमा यस्तो घटना घट्न नदिनका लाग गर्नुपर्ने सुधारलगायतका विषयमा सत्यतथ्य छानबिन… पुरा पढौ

उपनिर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागू हुँदै

चैत २७ काठमाण्डौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिससमेतका आधारमा प्रतिनिधिसभाको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा… पुरा पढौ

गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने मुख्यमन्त्री अधिकारीको दाबी

पर्वत । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आफू नेतृत्वको गण्डकी प्रदेश सरकार चार वर्षसम्मै टिक्ने दाबी गरेका छन् । नेपाल कम्युुनिष्ट पार्टी (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनलाई आज कुश्मामा सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले अहिलेको नयाँ गठबन्धन कुनै हालतले छिन्नभिन्न नहुने भन्दै यो सरकार चार वर्षसम्मै टिक्ने दाबी गरे । फाइदाका लागि मात्र गठबन्धन गर्नु उचित नहुने भन्दै मुलुक बनाउनका लागि गठबन्धनमा सामेल भएका सबै दल एकजुट भएको उनको भनाइ छ । मुख्यमन्त्री अधिकारीले केही दिनमै गण्डकी प्रदेश सरकारले पूर्णता… पुरा पढौ

पार्टी र संगठनमा व्यापक सुधारको खाँचो: कांग्रेस सचेतक लम्साल

पोखरा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्सालले पार्टी र संगठनमा व्यापक सुधारको खाँचो रहेको बताएका छन् । कांग्रेसको शुभेच्छुक संस्था धादिङ–पोखरा सम्पर्क समितिद्वारा सोमबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा सचेतक लम्सालले कांग्रेस पार्टी कार्यकर्ता र जनताले अनुभूति हुनेगरी सुधार गर्नुपर्नेमा जोड दिए । अस्थिर राजनीतिका कारण संघीयताप्रति विभिन्न टिकाटिप्पणी भइरहेको भन्दै उनले यसतर्फ दलहरुले ध्यान दिनुपर्ने बताए । रास्वपा र एमालेप्रति लक्षित गर्दै सचेतक लम्सालले मुलुकको समृद्धिका लागि ०८४ कुर्न नपर्ने टिप्पणी गरे । कास्की कांग्रेस सचिव… पुरा पढौ

कोशी एमाले र माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

चैत २६ मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित चार छुट्टाछुट्टै पत्र आज संयुक्तरुपमा बुझाएका छन् । प्रदेश प्रमुख खापुङलाई एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्रका संसदीय दलका इन्द्रबहादुर आङवोले ५२ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित उक्त पत्रहरु बुझाएका हुन् । प्रदेश प्रमुख खापुङलाई उनीहरुले एमाले संसदीय दलका नेता कार्कीको नेतृत्वमा नयाँ सरकार गठन, प्रदेशको विशेष अधिवेशन आह्वान गर्न, वैकल्पिक सरकार गठन… पुरा पढौ

एमाले स्याङ्जाको अध्यक्षमा पुनः गैह्रे

स्याङ्जा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) स्याङ्जाको अध्यक्षमा सूर्यप्रसाद गैह्रे निर्वाचित भएका छन् । उनी यसअघि पनि एमाले स्याङ्जाको अध्यक्ष थिए ।उपाध्यक्षमा महेश पुरी, सचिवमा रामचन्द्र भट्टराई, उपसचिवमा अमृत श्रेष्ठ र चीनमाया गुरुङ निर्विरोध चयन भएको नवौँ अधिवेशन निर्वाचन कमिटीका संयोजक टङ्कप्रसाद न्यौपानेले जानकारी दिए । निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई आज शपथ खुवाइने छ । नवौँ अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र एक सय सदस्य गरी एक सय पाँच जनाको जिल्ला कमिटी चयन गरेको हो । एमाले स्याङ्जामा नौ… पुरा पढौ