राजनीति

कास्कीमा निर्वाचन आचारसंहिता उल्लघंनका घटना न्युनःमुख्य निर्वाचन अधिकृत बेल्वासे

शिशिर उजाडपोखरा कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले स्वच्छ, निष्पक्ष र भयरहित बाताबरणमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघले पोखरामा आयोजना गरेको निर्वाचन रिपोर्टिङ र पत्रकार आचारसंहिताका विष्यमा आयोजना गरेको कार्यक्रममा उनले निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गर्ने दायित्व सबैको भएको बताए । कास्की जिल्ला अदालतका माननीय न्यायधिश समेत रहेका बेल्वासेले लोकतन्त्रको मेरुदण्ड नै निर्वाचन भएको बताउँदै, निर्वाचन बिथोल्ने कार्यले लोकतन्त्र धरापमा पर्ने संकेत गरे । सामाजिक संजालको भरमा परेर गलत सुचना सम्प्रेषण नगर्न आग्रह गदै उनले… पुरा पढौ

निर्वाचन सामग्री र मतपत्र पचहत्तर जिल्लामा पुर्याइयो,गण्डकीमा कर्मचारीलाई तालिम

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र पुर्याइएको छ । काठमाडौँ र भक्तपुरबाहेक सबै जिल्लामा मतपत्रसहितका सामग्री पुर्याइएको निर्वाचन आयोगले जनाएको छ । ‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’तर्फका मतपत्र ७५ जिल्ला पुर्याइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । काठमाडौँ र भक्तपुरका निर्वाचन कार्यालयमा बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्याइने छ । प्रदेश निर्वाचन कार्यालय , पोखराका अनुसार आयोगबाट प्राप्त सामाग्री प्रत्येक मतदानस्थलमा पठाउने तयारी भईरहेको छ । निर्वाचन… पुरा पढौ

साइबर जन्य अपराधका घटना चुनौतीपुर्ण:अध्यक्ष निर्मला शर्मा

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले पत्रकारहरुलाई लक्षित गरि डिजिटल युगमा साइबर जन्य अपराधका घटना चुनौतीको रुपमा रहेको बताएकी छन् । पत्रकार महासंघ कास्कीले आयोजना गरेको तिन दिने साइबर सुरक्षा सम्बन्धी तालिमको समापन गर्दै उनले पत्रकार स्वयम् साइबर जन्य अपराधबाट बच्न र आम नागरिकलाई समेत सचेत गराउन तालिमले प्रभावकारी भूमिका खेल्ने बताईन् । उनले डिजिटल सुरक्षाका बिषयमा सरकार पनि गम्भीर हुनुपर्नेमा जोड दिईन् ।अध्यक्ष शर्माले निर्वाचन आचारसंहिताको पालना गदैृ, नागरिकलाई सही सुचना सम्प्रेषण गर्न सुभलाव दिईन् ।नेपाल पत्रकार महासंघ गण्डकी… पुरा पढौ

कास्की–२ : कांग्रेसका वागी उम्मेदवार पौडेलले बास्तोलालाई समर्थन गर्दै त्यागे उम्मेदवारी

सन्देश श्रेष्ठपोखरा, फागुन १२ कास्की–२ का वागी उम्मेदवार निर्दोष विक्रम पौडेलले उम्मेवारी त्यागेका छन् । कांग्रेसबाट विद्रोह गरेर वागी उम्मेदवारी दिएका उनले एक विज्ञप्ती निकाल्दै उम्मेदवारी त्यागेका हुन् । जेनजी आन्दोलनपछि पनि कांग्रेसले नचेतेको भन्दै उनले वागी उम्मेदवारी दिएका थिए । कास्कीका ३ वटै क्षेत्रमा युवा र महिलालाई उम्मेदवार नबनाएको प्रति उनी आक्रोषित थिए । उम्मेदवारी त्यागेका उनको उम्मेदवारी निस्कृय हुनेछ । उम्मेदवारी फिर्ता गर्ने समय घर्किएकाले उम्मेदवारी कायम रहने प्रदेश निर्वाचन कार्यालय गण्डकीका सूचना अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए… पुरा पढौ

पोखराको विकासलाई थप व्यवस्थित गर्ने एमाले उमेद्वार रश्मि आचार्यको योजना

कास्की क्षेत्र नं. २ का नेकपा एमालेका उमेद्वार रश्मि आचार्यले पोखराको व्यवस्थित विकासको टड्कारो आवश्यकता देखिएको बताएका छन् । देशकै ठूलो महानगरमा व्यवस्थित विकासका लागि केही नयाँ नीतिगत व्यवस्थासँगै स्थानीय तहसँगको सहकार्यमा भएको विकासलाई पनि थप व्यवस्थित गराउनुपर्नेमा उनको जोड छ ।फागुन २१ को निर्वाचनका सन्दर्भमा पोखरा महानगरपालिका वडा नं. ७ का मतदाता भेट्घाटका क्रममा उम्मेदवार आचार्यले पोखराको विकासमा देखिएका नीतिगत र कानुनी अल्झनले व्यवस्थित विकासमा कठिनाइ देखिएको भन्दै यसको समाधानमा लाग्ने उल्लेख गरे ।शिक्षा, स्वास्थ, रोजगारी, संरचनाका सौन्र्दयीकरण सहित… पुरा पढौ

चुनावमा तीन दिन सार्वजनिक बिदा, जेनजी परिषद् गठन गरिने,

सरकारले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । निर्वाचन आयोगको सिफारिसअनुसार सरकारले तीन दिन बिदा दिने निर्णय गरेको हो ।बैठकले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ । त्यस्तै प्रतिनिधिसभा निर्वाचनका लागि चीन सरकारबाट प्राप्त हुने प्रस्ताविक ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता… पुरा पढौ

काँग्रेसले जिते कास्कीको विकास अभियानले निरन्तरता पाउँछ:मन्त्री थापा

नेपाली काँग्रेसका नेता एवम् गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले कास्कीका नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउन मतदातालाई आग्रह गरेका छन् । उनले कास्की को दिगो विकास, पूर्वाधार विस्तार र युवामैत्री कार्यक्रमलाई तीव्रता दिन नेपाली काँग्रेस नै उपयुक्त शक्ति भएको उल्लेख गरे ।कास्कीबाट प्रतिनिधि सभाका लागि नेपाली काँग्रेसबाट प्रत्यक्ष तर्फ उम्मेदवारी दिएका तिलक रानाभाट, माधव प्रसाद बास्तोला “मधु”, मनोज गुरुङ र समानुपातिक तर्फका उम्मेदवार आई बहादुर गुरुङका लागि मत माग्दै उनले भने, “कास्कीमा प्रदेश सरकारले शिक्षा, स्वास्थ्य,… पुरा पढौ

तनहुँ १ का उम्मेदवार ढकालको चुनावी अभियान तिब्र,जित्नेमा ढुक्क छु ः ढकाल

आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ का उम्मेदवार विद्यानाथ ढकालले चुनावी मैदानमा जनताको अथाह माया र विश्वास प्राप्त भइरहेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकालले घरदैलो र चुनावी अभियानका क्रममा देखिएको जनलहरले आफूलाई उत्साहित तुल्याएको बताए । चुनावी अभियानका क्रममा आँबुखैरेनीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले भने, ‘जनताले हामीलाई निकै माया र साथ दिनुभएको छ । त्यो माया र साथ मतमा बदलिनेछ र हामी विजयी बन्नेछौं ।’तनहुँमा तारा… पुरा पढौ

तनहुँ-१ : वौधिक व्यक्तित्व विद्या ढकालको प्रवेशले हेभिवेट उम्मेदवारहरु दवाबमा

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी बढेको छ । राष्ट्रिय राजनीतिमा चर्चित अनुहारहरू चुनावी मैदानमा उत्रिए पनि यसपटक स्थानीय स्तरमा भिजेका, निष्कलङ्क र बौद्धिक व्यक्तित्वको पहिचान बनाएका विद्यानाथ ढकालको चर्चाले नयाँ मोड लिएको छ ।नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट ‘तारा’ चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले, नेपाली कांग्रेसका गोविन्द भट्टराई र एमालेकी भगवती न्यौपानेलाई कडा चुनौती दिइरहेका छन् । रास्वपाका स्वर्णिमको उम्मेदवारीले बढी चर्चा… पुरा पढौ

एमाले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा छ: अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टी शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको बताएका छन् । दमकमा आज आयोजित कार्यक्रममा उनले नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताए । अध्यक्ष ओलीले आन्दोलनको नाममा विगतमा जस्तो देश जलाउन र प्रहरीको अतियार खोस्न अब कसैले नसक्ने दाबी गरे । नेसनल भोलेण्टियर फोर्स राष्ट्रको पक्षमा समर्पित हुने र प्रहरी प्रशासनलाई सहयोग गर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले एमाले शान्तिपूर्ण निर्वाचनको पक्षमा दृढ… पुरा पढौ