राजनीति

सुनसरी–४ मा एमाले उम्मेदवार कुसियैतको अग्रता

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ को मतगणनामा एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतले अग्रता लिएका छन्। कुसियैतले नेपाली काँग्रेस उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीभन्दा ८२ मतको झिनो मतान्तरले अग्रता लिएका हुन्। मत गणनाको पछिल्लो अपडेटमा कुसियैतको २९ हजार ७९४ मत छ भने वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका संचार, सूचना तथा प्रविधि मन्त्रीसमेत रहेका कार्कीको मत २९ हजार ७१२ मत छ। पुरा पढौ

स्याङ्जा–२ मा पद्मा अर्यालको अग्रता

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ मा नेकपा एमालेकी महिला उम्मेदवार पद्मा अर्यालले अग्रता लिएकी छिन्। पद्माले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस उम्मेदवार धनराज गुरुङमाथि ६०१ मतले अग्रता बढाएकी हुन्। पछिल्लो मत परिणामअनुसार पद्माको २ हजार ३०४ मत छ। त्यस्तै, वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका धनराजको १ हजार ७०३ मत छ। पुरा पढौ

माओवादी अध्यक्ष प्रचण्ड पूर्वसभामुख सापकोटा सहित सुकुटेमा

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिन्धुपाल्चोकको सुकुटे गएका छन् । पार्टीको दस्तावेज लेखन र महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि माओवादी अध्यक्ष दाहाल सुकुटे जाने गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आउँदै गर्दा सभामुख अग्निप्रसाद सापकोटासँगै दाहाल सुकुटे पुगेका हुन् । सुकुटेमा अध्यक्ष दाहालले ¥याफ्टिङसमेत गरेका छन् । निकट स्रोतका अनुसार दाहाल, सभामुख सापकोटालगायत आज सुकुटेस्थित सुकुटे बीचमा बस्नेछन् । काठमाडौँबाट करिब दुई घण्टामा पुगिने सुकुटे क्षेत्र बीचको मज्जा लिन र जलयात्राका लागि निकै… पुरा पढौ

मतदानको ११ दिनपछि स्याङ्जा–२ को मतगणना केहीबेरमा

स्याङ्जा । स्याङ्जा २ मा मतदान सम्पन्न भएको ११ दिनपछि मतगणना केही समयपछि शुरु हुने भएको छ । निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि आज बसेको सर्वदलीय बैठकले राति ९ बजेबाट मतगणना गर्ने निर्णय गरेसँगै केहीबेरमा मतगणना शुरु गर्न लागिएको हो । निर्वाचनका क्रममा चापाकोट नगरपालिका चार बुथमा धाँधली भएको नेकपा सहितका पार्टीको उजुरी परेपछि मतगणना हुन सकेको थिएन । नेकपा एमालेले ती बुथमा पुनः मतदानको माग गर्दै आएको थियो भने काँग्रेसले तत्काल मतगणनाको माग गर्दै आएको थियो । यो… पुरा पढौ

समानुपातिकतर्फ अब करिब नौ लाख मतगणना बाँकी

काठमाडौ । प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड ४२ हजार नौ सय ३२ मतगणना भएको छ । निर्वाचनका लागि कूल मतदाता एक करोड ७९ लाख आठ हजार आठ सय ५० रहेका थिए । प्रारम्भिक विवरणमा ६१ प्रतिशत ९एक करोड नौ लाख ७३ हजार २७० मत खसेकामा अब करिब नौ लाख मतगणना बाँकी रहेको देखिएको छ । निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार उक्त प्रणालीतर्फ प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० ले निरन्तर अग्रता लिइरहेको छ । हालसम्म उक्त दलले २७… पुरा पढौ

कास्कीमा पाँच प्रतिशत मत बदर

कास्की । कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार आठ सय छ मत खसेकोे थियो । त्यसमध्ये सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए। त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै… पुरा पढौ

स्याङजा र बाजुरामा मतगणना गर्न आयोगको निर्देशन,दोलखामा भने १५ गते पुनः मतदान गरिने

काठमाडौं। निर्वाचन आयोगले बाजुरा र स्याङजामा मतगणना गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले बाजुरा र स्याङजा क्षेत्र नम्बर २ को मतगणना गर्न निर्देशन दिएको हो । मंसिर ४ गते भएको मतदानमा धाँधली भएको भन्दै पुनः मतदान गर्न माग गर्दै उजुरी परेपछि बाजुरा र स्याङजामा मतगणना रोकिएको थियो ।त्यसमाथि निर्णय गर्दै आयोगले पुनः मतदान नगर्ने निर्णय गरेको हो । उता दोलखामा बुथ क्याप्चरको उजुरी परेपछि दोलखाका केही मतदान केन्द्रमा मंसिर १५ गते पुनः मतदान गर्ने निर्णय आयोगले यस… पुरा पढौ

१६१ क्षेत्रको मतपरिणाम सार्वजनिक, ४ स्थानको बाँकी

निर्वाचन क्षेत्रतर्फ प्रतिनिधि सभा सदस्यका लागि हालसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। अब, १६५ मध्ये ४ वटा क्षेत्रको मात्रै मतपरिणाम आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ। आयोगको पछिल्लो मत गणनाको नतिजाअनुसार सुनसरी–४ मा मतगणना जारी छ। सुनसरी–४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै छ। उनले २५ हजार ९ सय ४४ प्राप्त गरेका छन्। कार्कीलाई पछ्याइरहेका नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २५ हजार ६ सय २२ मत ल्याएका छन्। दोलखा, स्याङ्जा र बाजुरामा भने विवादका कारण मतगणना… पुरा पढौ

सुनसरी–४ मा कार्की ३२२ मतले अगाडि

सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रतालाई कायम राखेका छन्। सूचना तथा संचार प्रविधि मन्त्रीसमेत रहेका कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार जगदीशपैसाद कुसियैतभन्दा ३२२ मतले अग्रता लिएका छन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कार्कीले २५ हजार ९४४ मत प्राप्त गर्दा कुसियैतले २५ हजार ६२२ मत प्राप्त गरेका छन्। सुनसरी–४ मा मतगणनामा विवाद हुँदा रोकिएपनि मंगलवार साँझदेखि मतगणना पुन: थालिएको हो। पुरा पढौ

उदयपुर–१ बाट प्रतिनिधिसभामा परराष्ट्रमन्त्री डा खड्का निर्वाचित

उदयपुर जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री डा नारायण खड्का निर्वाचित बनेका छन्। नेपाली काँग्रेसका उम्मेदवार डा खड्काले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी महिला उम्मेदवार मञ्जुकुमारी चौधरीलाई २ हजार ३७९ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका डा खड्काले ३१ हजार २७० मत पाएका छन्। त्यस्तै, डा. खड्काका निकटतम प्रतिद्वन्द्वी मञ्जुकुमारीले २८ हजार ८९१ मत पाएकी छिन्। पुरा पढौ