राजनीति

कास्कीका ३ क्षेत्रमा ४८ जनाको उम्मेदवारी

सन्देश श्रेष्ठपोखरा, माघ ६ कास्की निर्वाचन क्षेत्र नम्बर–१ मा १६ जनाले मनोनयन दर्ता गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि तोकिएको मंगलबार अपराह्न ५ बजेसम्ममा कास्की–१ मा १५ वटा राजनीतिक दल र एक जना स्वतन्त्र गरेर १६ जनाले उम्मेदवारी दर्ता गरेका कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ १४ पुरुषले उम्मेदवारी दिदा एक मात्र महिला उम्मेदवारले उम्मेदवारी दिएका छन् । कास्की–१ मा नेपाली कांग्रेसबाट तीलक रानाभाट, नेकपा एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कम्युनिष्ट… पुरा पढौ

कास्की २ मा कांग्रेसका माधव बास्तोलाको उमेद्वारी

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका तर्फबाट माधवप्रसाद बास्तोला ‘मधु’ले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले औपचारिक रूपमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । नेपाली कांग्रेसले यसपटक कास्की–२ मा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको हो । पुरा पढौ

कास्की ३ मा कांग्रेसका मनोज गुरुङको उमेद्वारी दर्ता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका तर्फबाट युवा नेता मनोज गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले प्रतिनिधिसभा सदस्य पदका लागि विधिवत रूपमा मनोनयन पत्र दर्ता गराएका हुन्।गुरुङको उम्मेदवारीको प्रस्तावकमा युवराज कुँवर छन् भने समर्थकमा खिमलाल बास्तोला छन्। पुरा पढौ

कास्की १ मा कांग्रेसका तिलक रानाभाटको उमेद्वारी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्की क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका तर्फबाट तिलक रानाभाटले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थितिसहित र्‍याली लिएर रानाभाट निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन् । पुरा पढौ

रुकुम पुर्वमा प्रचण्डको उमेद्वारी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उमेद्वारी दर्ता गराएका छन् । आगामी फागुन २१ मा हुने प्रतिनिधी सभा सदस्यका लागि उनले रुकुमपूर्वबाट उमेदवारी दर्ता गराएका हुन् । पुरा पढौ

एमाले अध्यक्ष ओलीद्वारा झापा ५ मा उमेद्वारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उमेद्वारी दर्ता गराएका छन् । फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उनले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् । दमकमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर अध्यक्ष ओलीले मनोनयन दर्ता गराए । ओलीसँग रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह प्रतिस्पर्धा गर्दैछन् । पुरा पढौ

उज्यालो नेपालका गुरुङ कास्की २ बाट उम्मेदवार

ऊर्जा विज्ञ कुशल गुरुङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उज्यालो नेपाल पार्टीबाट कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर गुरुङले आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्। उम्मेदवारी दर्ताका क्रममा उनी आफ्ना समर्थक र शुभचिन्तकहरूको साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। पुरा पढौ

कास्की २ मा एमालेबाट रश्मी आचार्यको उमेद्वारी दर्ता

अन्यौलताका बिच कास्की क्षेत्र नं. २ मा नेकपा एमालेका रश्मी आचार्यले उमेद्वारी दर्ता गरेका छन् । अघिल्लो दिन टिकट पाएका नेता कृष्ण थापाले उमेद्वार फेरिएको कुरा हलला मात्र भएको बताईरहेका बेला नेता आचार्यले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मंगलबार उम्मेदवारी दर्ता गराएका छन् । पार्टीको आधिकारिक पत्र लिएर आचार्य निर्वाचन अधिकृतको कार्यालय पुगे र मनोनयन दर्ता गराएका हुन् । पुरा पढौ

कास्की ३ मा एमालेबाट दामोदर पौडेलको उमेद्वारी

कास्की क्षेत्र न ३ बाट प्रतिनिधी सभा सदस्यमा एमालेबाट दामोदर पौडेल बैरागीले उम्मेदवारी दर्ता गरेका छन् । पुरा पढौ

कास्की-१ मा नेकपाका राजकाजीले गरे उम्मेदवारी दर्ता

कास्की-१ मा नेपाली कम्युनिष्ट पार्टी नेकपाका राजकाजी गुरुङ करणले उम्मेदवारी दिएका छन् । उनले दिउँसो २ बजे उम्मेदवारी दर्ता गरेका हुन्। पुरा पढौ