राजनीति

आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : अध्यक्ष दाहाल

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छन । गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताए । आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न उनले अपिल गरे । संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीलेले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको अध्यक्ष दाहालको भनाइ… पुरा पढौ

वडातहमै मतदाता शिक्षा

गलकोट । तथा प्रदेशसभाको निर्वाचनको मिति नजिकिएसँगै जिल्ला निर्वाचनको कार्यालयले तयारीलाई तीव्रता दिएको छ । यसपटकको निर्वाचनमा वडा तहबाटै मतदाता शिक्षालाई प्रभावकारी बनाउने निर्वाचन कार्यालयको तयारी रहेको छ । यसका लागि कार्यालयले वडास्तरमै जनशक्ति परिचालन गर्न थालेको छ । कार्यालयका अनुसार आसन्न निर्वाचनमा गत स्थानीय तहको निर्वाचनभन्दा एक हजार तीन सय ९८ कम मतदाता सहभागी हँुदैछन् । जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकारी गोकुल शर्माका अनुसार स्थानीय तहमा अन्तिम मतदाता नामावलीमा मतदाता सङ्ख्या लाख ९३ हजार छ सय २५ रहेकामा… पुरा पढौ

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा विशेष पूजाआजा

राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज विहान दर्शन गरेकी हुन् । उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यासका सिलसिलामा राष्ट्रपति यहाँ आउनुभएको हो । केही बेरपछि राष्ट्रपति भण्डारी मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक हुने प्रजिअ शर्माले जानकारी दिए । राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने… पुरा पढौ

स्थानियलाई विकास बुझाउँदै,योजना सुनाउँदै एमाले उम्मेदवार कार्की

पोखरा, १७ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की क्षेत्र नम्वर २ ९१० का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की आफ्नो निर्वाचन क्षेत्रमा एमाले नेतृत्वको प्रदेश र केन्द्र सरकारले गरेका विकास बुझाउँदै तथा आफू र आफ्नो पार्टीले अघि सारेका विकासका योजना सुनाउँदै मत माग्न व्यस्त छन् । निर्र्वाचन क्षेत्रअन्र्तगत कास्कीको दक्षिणी भेगमा पर्ने पोखरामहानगरका दुई वडा २१ र ३३ का मतदातासँग निरन्तर भेटघाटमा रहेका कार्कीले जनतालाई उक्त पर्यटकीय क्षेत्र घोषणा भएको र विस्तारै अब पूर्वाधारका काम पूर्ण हुँदै जादा… पुरा पढौ

अबको पाँच वर्षमा पर्वतवासीका सवै आवश्यकता पुरा गर्छौै: एमाले उम्मेदवार

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चुनावी परिणाम आफ्नो पक्षम पार्नका लागि नेकपा एमाले पर्वतले अभियानलाई तीब्रता दिएको छ । नेकपा एमालेवाट प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरुको चुनावी प्रचार प्रसार अभियान आज जलजला गाउँपालिकाको वडा नं. ८ नाङलीवाङ र वडा नं. ७ धाईरिङमा सम्पन्न भएको छ । धाईरिङका केरावारी, मिलनचोक, बास्कोट, घाखेत, धारापानी, सल्यान लगायतका ठाउँमा घरदैलो तथा कोणसभा गरिएको छ भने नागलीङवाङको लस्ती र फर्सेमा भेटघाटभएको छ । एमाले उम्मेदवारहरु गाउँ पुग्दा मतदाताहरुले… पुरा पढौ

‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्छ: उपमहासचिव गुरुङ

नेकपा एमाले केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आफू गण्डकी प्रदेशका मुख्यमन्त्री हुँदा जिल्लामा धेरै विकासका काम अघि बढाएको दाबि गरेका छन् । सुन्दरबजरका मतदाता भेटघाट कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले जिल्लाको खानेपानी, सडक, मोटरेवल, झोलुङे पुल, निर्माणदेखि स्वास्थ्य क्षेत्र, शिक्षालगायतका क्षेत्रको विकासलाई अघि बढाएको बताए । उपमहासचिव गुरुङले‘समृद्ध नेपाल,सुखी नेपाली’को अभियानलाई निरन्तरता दिनुपर्ने खाँचो औँल्याए । पुरा पढौ

अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्छ: अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अग्रगामी शक्तिलाई विजयी गराउन एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए राजधानीमा आज आयोजित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गोरखास्थित वाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवारको परिचयात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचनलाई सामान्य निर्वाचनका रुपमा मात्र नलिन सम्बद्ध नेता कार्यकर्तालाई आग्रह गरे । “मङ्सिर ४ को निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने भन्ने छ, यो सामान्य निर्वाचन मात्र होइन, अन्य निर्वाचनभन्दा भिन्न… पुरा पढौ

राष्ट्रपति भण्डारी शुक्रबार मुस्ताङ जाने

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ भ्रमणमा आउनुहुने भएको छ । राष्ट्रपति भण्डारीले त्यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शनसँगै भगवान् बुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । राष्ट्रपति शुक्रबार बिहान ८ बजे मुक्तिनाथ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । “मूर्ति अनावरण र शिलान्यास समारोहमा सरिक भएर राष्ट्रपति भोलि नै फर्कनुहुन्छ”, उनले भने, “राष्ट्रपतिको भ्रमणलाई सुव्यस्थित बनाउने तयारीमा हामी जुटेका छौँ ।” राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि… पुरा पढौ

निर्वाचन खर्चको अनुगमन सुरु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ । आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीको लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफँै वा प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने व्यवस्था रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। सोका अतिरिक्त आयोगबाट केन्द्रस्तरको अनुगमन टोली खटिनेछन् । आयोगले उम्मेदवार तथा… पुरा पढौ

एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ । आयोगले निर्वाचनका लागि कूल २२ हजार दुई सय २६ मतदान केन्द्र तय गरेको छ । पुरा पढौ