राजनीति

लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो : प्रधानमन्त्री देउवा

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन गरी एक ठाउँमा उभिनुपरेको बताएका छन् । गृहपालिका गन्यापधुरा–२ वडालमा शुक्रबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धन बहुमतका साथ विजयी हुने दाबी गरे । सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उनले आग्रह गरे । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उनको भनाइ थियो ।… पुरा पढौ

गठबन्धन सरकारबाटै सुकुम्बासीलाई लालपूर्जा : कोइराला

पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् । माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा–२९ पट्नेरीमा सुकुम्बासीको भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै लालपूर्जा वितरण गर्ने बताए । माओवादी केन्द्रले पाँच वर्षमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवद्धता गरेकोमा हाल गठबन्धन सरकारले उक्त काम गरिरहेको उनले सुनाए । ‘लालपूर्जा वितरण, निस्सा वितरण सुरु गरिसकेको र केहीले मात्रै प्राप्त गर्न बाँकी… पुरा पढौ

एमाले उम्मेदवार कार्कीले सार्वजनिक गरे विकासका योजना

पोखरा । गण्डकी प्रदेश सभा सदस्य पदका लागि नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर २ (१) का प्रत्यासी उम्मेदवार भिम बहादुर कार्कीले आफ्नो पाँच वर्षे कार्यकालमा गर्ने विकासका योजना सार्वजनिक गरेका छन् । उम्मेदवार कार्कीले शुक्रवार सामाजिक संजाल मार्फत आफ्नो प्रतिवद्वतापत्र (मेरो उम्मेदवारी किन ?) सार्वजनिक गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई सार्थक पार्न एवं देश र जनताको सेवा गर्न आफू र आफ्नो पार्टीले स्पष्ट भिजन र योजना सहित निर्वाचनमा उम्मेदवारी दिएको बताएका छ्न् । उनले देश हाक्ने र विकास… पुरा पढौ

घाचोकमा प्राविधिक शिक्षालय स्थापनामा पहल गछौँः गठबन्धन उम्मेदवार

पोखरा । कास्की क्षेत्र नं. ३ अन्र्तगत पाँच दलिय गठबन्धनका साँझा उम्मेदवारहरुले माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा प्राविधिक शिक्षालय स्थापना गर्न पहल गर्ने बताएका छन् । शुक्रवार वडा स्थित गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा उम्मेद्वार रामजीप्रसाद बराल तथा ३(१) प्रदेशसभा उम्मेदवार दुर्गादत्त भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । उनीरुले घाचोकमा प्राविधिक शिक्षालयको खाँचो औँल्याउदै त्यहाँको सम्पूर्ण पक्ष अध्ययन गरी विषय छनोट गर्नुपर्ने पनि स्पष्ट पारे । प्रतिनिधिसभा उम्मेद्वार रामजीप्रसाद बरालले घाचोकको विकासमा आफू प्रतिबद्ध रहेको सुनाउँदै सेतीनदी माथिको रातोपहिरो पूल… पुरा पढौ

जडिबुटि र दुग्धजन्य पदार्थको उचित व्यवस्थानका लागि काम गर्छु : कँडेल

पोखरा । कास्की क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार माधव प्रसाद कँडेलले कास्कीलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्ने बताएका छन् । आफ्नो चुनावी घरदैलो अभियानमा हिडेँका उनले आफुले जडिवुटि र दुग्धजन्य पदार्थको उत्पादन र उचित बजार व्यवस्थापनका लागि काम गर्ने बताए । उनले मतदातासँग भेट्दै स्थानीय स्तरमा उत्पादन हुने कृषिलाई समेत जोड दिने बताए । ‘बहुमुल्य जडिबुटि तथा दुग्धजन्य पदार्थ उत्पादक कृषकहरुलाई विशेष सहुलियत तथा उचित बजार व्यवस्थापनको लागि काम गर्नेछु’ उनले भने, जसका लागि सडक सञ्जालको लागि आवश्यक… पुरा पढौ

पोखरा ३३ र २० मा गठबन्धनका उम्मेद्वारको घरदैलो

पोखरा, १८ कार्तिक । कास्की–२ मा गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार र प्रदेशसभा सदस्य पदका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिव्रता दिएका छन् । क्षेत्र नम्बर २ प्रतिनिधिसभा र प्रदेश (क) को घरदैलो कार्यक्रम पोखरा ३३ मा जारी छ भने प्रदेश (ख)को घरदैलो कार्यक्रम पोखरा २० मा जारी रहेको कास्की पाँचदलीय गठबन्धन क्षेत्र नम्बर २ प्रचारप्रसार समितिले जानकारी दिएको छ । प्रचारप्रसार समितिका संयोजक केशर निर्दोशीका अनुसार प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बराल, प्रदेश (क)का उम्मेदवार विश्वप्रकाश लामिछाने, कांग्रेसको तर्फबाट प्रदेशसभामा… पुरा पढौ

उम्मेदवार थापाको एजेण्डा : ‘समृद्धिका पाँच आधार : पर्यटन, कृषि, उद्यमशीलता र पूर्वाधार’

कात्तिक १८, पोखरा ।कास्की जिल्ला क्षेत्र नं. २ (२) बाट गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नेता विन्दुकुमार थापाले गण्डकी प्रदेश समृद्धिका पाँच आधार पर्यटन,कृषि, उद्यमशीलता र पूर्वाधार भएको बताएका छन् । पोखरा २० को गठबन्धनको सम्पर्क कार्यालय उदघाटन गर्दै थापाले यिनै पाँच आधारबाट नै जनताका आधारभूत आवश्यकता परिपूर्ति गर्न सकिने बताए ।‘गण्डकी प्रदेश समृद्धिका पाँच आधारलाई आत्मसाथ गर्दै चुनावी मैदानमा छु । पर्यटन, कृषि,उद्यमशीलता र पूर्वाधार विकास नै समृद्ध प्रदेशका आधार हुन् । अबको पाँच वर्ष यसमै टेकेर काम गर्नेछु… पुरा पढौ

कृषि, पर्यटन र पुवार्धार नै सम्बृद्ध माछापुच्छ्रेको आधार : बराल

पोखरा, १८ कात्तिक आगामी मंसिर चार गर्ने हुने प्रतिनिधि सभा निर्वाचनमा कास्कीको क्षेत्र नम्बर ३ बाट पाँच दलीय गठबन्धनका उम्मेदवार रामजीप्रसाद बरालले माछापुछ«े गाउँपालिकाको विकासको लागि आफुले नयाँ अवधारणा अवलम्बन गर्ने बताउनुभएको छ । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री समेत रहेका बरालले माछापुछ«ेको विकासको लागि कृषि, पर्यटन र पुर्वाधार विकासमा नयाँ अवधारणा लागु गरेर उक्त ठाउँको विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो । कास्कीको माछापुछ«े गाउँपालिकामा पाँच दलीय गठबन्धनले आयोजना गरेका विभिन्न चुनावी अभियानमा बरालले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाका स्थानियले गरे एमाले उम्मेरवारलाई भोट दिने वाचा

पोखरा । माछापुच्छ्रे गाउँपालिकाका स्थानियले एमाले उम्मेदवारहरुलाई जितको लागि शुभकामनासहित फेरी पनि अविर लगाउन पाईयोस भन्दै आर्शिवाद दिएका छन् । आगामी मंसिर ४ मा हुने निर्वाचनमा नेकपा एमालेको तर्फबाट क्षेत्र नम्वर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार दामोदर पौडेल वैरागी र ३ (क) बाट प्रदेश सभा सदस्य उम्मेदवार गणेशमान गुरुङलाई गाउँपालिकाका विभिन्न वडामा भएको घरदैलोका क्रममा स्थानियले भोट दिने वाचा गर्दै जितको लागि शुभकामना दिएका हुन् । तर, जितपछि आफनो गाउँमा विकासको पूर्वाधार निर्माण गरिदिनुपर्ने उनीहरुको माग छ । माछापुच्छ्रे… पुरा पढौ

मुक्तिनाथ हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहर– राष्ट्रपति

मुस्ताङ । राष्ट्रपति विद्यादेवी भण्डारीले यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ विश्वभरिका हिन्दू र बौद्धमार्गीको आस्थाको धरोहरका रुपमा रहेको बताएका छन । आज मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतम बुद्धको प्रतिमा अनावरण एवं भगवान् विष्णुको प्रतिमा शिलान्यासपछि राष्ट्रपति भण्डारीले मुक्तिनाथ क्षेत्र नेपालकै विशिष्ट धार्मिक एवं सांस्कृतिक सम्पदा रहेको उल्लेख गरे । उनले बुद्धको प्रतिमा अनावरण र भगवान् विष्णुको प्रतिमा शिलान्यास गर्न पाउनुलाई आफूले ऐतिहासिक अवसरका रुपमा लिएको पनि बताए । बहुसाँस्कृतिक आयाम बोकेर सदियौँको इतिहास समेटेको मुक्तिनाथ क्षेत्र र मुक्तिनाथ मन्दिरको महत्वलाई… पुरा पढौ