राजनीति

चुनावका लागि नेविसंघले तोक्यो संयोजक

नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले कास्कीका ३ सहित १ सय ६५ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाका अनुसार फागुन २१ गते निर्वाचन हुने १ सय ६५ क्षेत्रमा नेविसंघलाई परिचालन गर्न लागिएको हो।त्यसअनुसार निर्वाचन क्षेत्रहरूमा चुनावी प्रचारप्रसार प्रभावकारी बनाउन निर्वाचन परिचालन समिति गठन गरिएको उनको भनाइ छ। ३ वटा निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचन क्षेत्र नं. १ मा विजय घिमिरे, २ मा संजय आले मगर र ३ मा माधव गिरी संयोजक तोकिएका… पुरा पढौ

कास्कीमा निर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन कार्यालय

आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरु मतदाता रिझाउनका लागि आफ्ना चुनावी गतिवधि बढाइरहँदा कास्कीमा निर्वाचनलाई सम्पन्न गराउनका लागि निर्वाचन कार्यालय आन्तरिक तयारीमा जुटेको छ । निर्वाचनलाई निष्पक्ष तथा भयरहित वातावारणमा सम्पन्न गराउन आचारसंहिताको कार्यान्वयनलगायत विषयमा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल एवं अन्तरक्रिया सम्पन्न भएसँगै आन्तरिक तयारी तीव्र बनाइएको छ । जिल्लाका तीन वटा निर्वाचन क्षेत्रका मतदान केन्द्रमा खटाइने कर्मचारी, पठाइने सामग्री आदिको व्यवस्थापनलगायत कामलाई कार्यालयले बढाइरहेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । जिल्लामा कूल १५३ मतदानस्थल… पुरा पढौ

मतदाता खोज्दै म्याग्दीका उम्मेदवारहरू पोखरामा

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास गण्डकी प्रदेशको राजधानी पोखरामा छ । नाति, नातिनाको पढाइ, आफ्नो रोजगारी र सहज स्वास्थ्य सेवाका लागि पोखरामा बस्दै आएका छन्त्याल चाडपर्व मनाउन, आफन्तको बिहेवारी, किरिया, छेवार र चुनावमा मात्र जन्मथलो फर्कन्छन् । “गुणस्तरीय स्वास्थ्य र शिक्षाका साथै सुविधाका लागि बजारमा बस्नुपरेको हो”, उनले भने, “गाउँमा विकासका पूर्वाधार र सुविधाका साथै रोजगारी र आयआर्जनको अवसर भएमा बजारमा बस्नुपर्ने थिएन ।” अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारका भीम पुन पनि विदेशमा रहेका सन्तानका छोराछोरी पढाउन पोखरामा बस्न… पुरा पढौ

नेकपाले गर्यो कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना

पोखरा, माघ १७ नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कास्की क्षेत्र नम्बर १ मा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । नेकपाका कास्की क्षेत्र नम्बर १ का उम्मेदवार राजकाजी गुरुङको निर्वाचन सम्पर्क कार्यालय शनिबार स्थापना गरिएको हो । कार्यालयको नेकपाका केन्द्रीय सचिव तथा साविक नेकपा एसका गण्डकी प्रदेश ईञ्चार्ज श्रीनाथ बरालले उद्घाटन गरे । कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सचिव बरालले देशलाई विनास हुनबाट जोगाउन नेकपालाई जिताउनुपर्ने बताए । पुराना शक्तिहरु नेपाली कांग्रेस र नेकपा एमालेका कारण देश भयावह स्थितिमा पुगेको र नयाले… पुरा पढौ

नमूना मतपत्र सार्वजनिक काठमाडौँको सबैभन्दा ठूलो

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । नमूना मतपत्र मतदाता शिक्षाका लागि प्रयोग हुनेछ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको छ । उम्मेदवार… पुरा पढौ

बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको छः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने सङ्कल्प लिएर अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । “समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र सङ्कल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ”, सभापति थापाले भने । आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको… पुरा पढौ

दलका घोषणापत्रमा नागरिकको आवाज समेटिनुपर्छ:नागरिक समाज

नागरिक समाजहरुका अगुवाहरुले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुको घोषणापत्रमा नागरिकको आवाज समेटिनुपर्ने माग गरेका छन् । आज काठमाण्डौंमा आयोजित पत्रकार सम्मेलनमा विभिन्न १६ नागरिक सङ्घसंस्थाका प्रतिनिधिले घोषणा पत्रमा समावेश गर्नुपर्ने १३ बुँदे विविध विषयसहितको सुझाव सार्वजनिक गरेका हुन् ।गैरसरकारी संस्था महासङ्घ नेपालका अध्यक्ष अर्जुन भट्टराईले गैरसरकारी संस्था महासङ्घको संयोजनमा नागरिक समाजका सङ्गठनहरू, सञ्जालहरू, अभियानहरू, अभियन्ताहरू तथा विभिन्न सरोकारवालाहरूको साझा आवाजका रूपमा यो नागरिक अपिल पत्र २०८२ सार्वजनिक गरी राजनीतिक दलहरूलाई हस्तान्तरण गर्न लागिएको… पुरा पढौ

कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन

नेपाली कांग्रेसले आगामी फागुनमा हुने निर्वाचनमा पार्टीलाई विजय गराउने उद्देश्यले सञ्चालन गरिने अभियानका लागि पार्टीका सबै तहमा तत्काल विभिन्न समिति र संरचना गठन गर्न र गराउन निर्देशन जारी गरेको छ । कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीपङ्क्तिलाई व्यवस्थित रूपले परिचालित गर्न आवश्यक समिति गठनका लागि आज सबै प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई पत्राचार गरिएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेस उपसभापति एवं संयोजक तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत निर्वाचन… पुरा पढौ

कास्की सहित ६१ जिल्लामा निर्वाचन प्रहरी छानिए

फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि ६१ वटा जिल्लामा निर्वाचन प्रहरी छनोट भएका छन् । कास्की सहित ६१ जिल्लामा यसपटक निर्वाचन प्रहरीमा भर्ना हुन २ लाख ११ हजार ७२७ जनाले आवेदन दिएका थिए । आवेदकहरू मध्ये ६१ जिल्लामा नतिजा प्रकाशन गरिएको नेपाल प्रहरीले जनाएको छ ।कास्कीमा पनि सशस्त्र र नेपाल प्रहरीमा गरी २ हजार २ सय ९९ जना निर्वाचन प्रहरी छनोट गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी दुई समूहमा विभाजन गरेर जनशक्ति छनोट… पुरा पढौ

आचारसंहिता उल्लङ्घन गरेको आरोपमा आयोगद्वारा स्पष्टीकरण माग

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा राजनीतिक दल, उम्मेदवार, सामाजिक संस्था र विद्यालय गरी विभिन्न सात व्यक्ति तथा निकायलाई स्पष्टीकरण सोधेको छ । नेपाल जनसेवा पार्टीकी प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार जानुका पाठक ९शोभा पाठक० लाई सामाजिक सञ्जालमा त्यसै निर्वाचन क्षेत्रका अर्का उम्मेदवार तथा पार्टी विरुद्ध गाली, भ्रामक वा द्वेषपूर्ण र व्यक्तिगत मानहानि गर्ने सामग्री प्रसारण गरी आचारसंहिताको उल्लङ्घन हुने कार्य गरेको हो वा होइन भनी स्पष्टीकरण सोधेको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिईन् । जसअन्तर्गत निर्वाचन आचारसंहिता,… पुरा पढौ