राजनीति

एमालेको महाधिवेशन पछि यो सरकार ढल्छ: नेता महेश बस्नेत

नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमालेको ११ औं महाधिवेशन पछि बर्तमान सरकार ढल्ने दावी गरेका छन् । काठमाडौंमा यातायात श्रमिक तथा व्यवसायीहरूको भेलामा बोल्दै उनले सुशीला कार्की नेतृत्वको सरकारको कुनै जग नभएको बताउँदै, एमालेले चाहेमा सरकार तत्काल ढल्ने बताएका हुन् ।उनले भने ‘सुशीला कार्कीको सरकारलाई एमालेले फु गरेर ढालिदिन्छ ।’एमालेले फेरी पनि बहुमत ल्याउने र त्यसपछि केपी ओली नै बहुमतको प्रधानमन्त्री बन्ने उनको भनाई थियो । नेता बस्नेतले केही शक्तिले विद्यादेवी भण्डारी र ईश्वर पोखरेललाई उचालेर आफ्नो अभीष्ट पूरा… पुरा पढौ

सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छः सचिव अर्याल

नेकपा एमालेका सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताएकी छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित अन्तरसंवाद कार्यक्रममा उनले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने बताईन् । सचिव अर्यालले पार्टीभित्र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको शैली चल्दै आएको बताउँदै निर्णय हुनुपूर्व छलफल हुने र निर्णय भएपछि त्यसको पालना हुनुपर्ने स्पष्ट पारिन् । गत भदौ २०–२२ मा सम्पन्न… पुरा पढौ

एमालेको राष्ट्रिय महाधिवेशनमा २ हजार १५४ प्रतिनिधि सहभागी हुने,महाधिवेशनमा नीतिको बहस हुनुहुँदैनः उपमहासचिव ज्ञवाली

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन २ हजार १५४ जना प्रतिनिधि सहभागी हुने भएका छन् । बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनका प्रतिनिधिहरुको टुंगो लगाएको हो । बैठकले महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरि २ हजार १५४ जना प्रतिनिधि सहभागी हुनेगरी टुंग्याइएको एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय सल्लाहाकार परिषदका ३०९ जना सदस्यहरुको पनि महाधिवेशनमा सहभागिता रहनेछ । यसैबिच महाधिवेशन आउन ३ दिन मात्र बाँकी रहँदा गुटगत भेला र छलफल तिब्र पारिएको छ… पुरा पढौ

प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले पछिल्ला वर्षहरुमा भ्रष्टाचार अन्त्य चुनौतीका रुपमा देखा परेकोे बताएकी छन् । सतहत्तरऔँ अन्तरराष्ट्रिय मानवअधिकार दिवस तथा मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै उनले भ्रष्टाचार आर्थिक अनियमितता मात्रै नभई विपन्न, अशक्त र अवसरबाट वञ्चित नागरिकको मौलिक अधिकार खोस्ने गम्भीर विषय रहेको बताईन् । उनले भनिन्, “जब कुनै आयोजना भ्रष्टाचारले ग्रस्त हुन्छ, बिरामी नागरिक उपचार पाउने अधिकारबाट वञ्चित हुन्छन्, विद्यार्थी गुणस्तरीय शिक्षाबाट रोकिन्छ, यसैले सरकारले भ्रष्टाचारविरुद्ध जुनसुकै हदसम्मको कठोर कदम चाल्ने… पुरा पढौ

एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ । विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए । बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने… पुरा पढौ

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्टीको… पुरा पढौ

कांग्रेस कास्की–२ मा प्रत्यक्ष र समानुपातिकमा गरी १८ जनाको आवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहनेको लर्को नै लागेको छ । केन्द्रको परिपत्रअनुसार कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा प्रत्यक्षतर्फ मात्रै १३ जनाले मनोनयन पेस गरेका छन् भने समानुपातिकतर्फ ५ जनाको आवेदन परेको क्षेत्रीय सभापति केशर निर्दोषीले जानकारी दिए । कास्की–२ मा प्रत्यक्ष तर्फ मनोनयन दर्ता गर्नेमा बिरेन्द्र नारायण विजुक्छे, देवराज गुरुङ,क्रृषिराम काफ्ले, माधवप्रसाद बास्तोला मधु,शिरोज विजय कोईराला,शिरषकुमार बास्तोला,माईकल कर्माचार्य,निर्दोषविक्रम पौडेल,किरण केसी,गुरुप्रसाद बराल,लक्ष्मी कार्की,राजेन्द्र… पुरा पढौ

प्रतिनिधिसभा पुनर्स्थापनाको मागले कांग्रेसमा किचलो

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएपछि नेपाली कांग्रेसभित्र विवाद देखिएको छ । कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कुनै संस्थागत निर्णय नगरेको बताउँदै, सांसदहरूले सर्वोच्चमा पेस गरेको रिट व्यक्तिगत भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका ८ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पुनर्स्थापनाका लागि पार्टीले रिट दायर गर्ने निर्णय नगरेको र रिट दायर गर्ने सांसदहरूको निर्णय व्यक्तिगत भएको बताए ।उनले… पुरा पढौ

गभर्नर पौडेलको घरमा आगजनी गर्ने मध्ये केहीको पहिचान

प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिको पहिचान भएको जनाएको छ । प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।सो कार्यमा संलग्नको भिडियो फुटेज फेला पारे पछि प्रहरीले अहिले आगजनीमा संलग्न समूहको नै खोजी गर्न थालेको छ ।फुटेजमा देखिएका केही युवाको पहिचान भएको र बाँकीको खोजिकार्य भईरहेको ललितपुर प्रहरीले जनाएको छ ।गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । सोही समूहले तत्कालीन अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष… पुरा पढौ

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाण्डौंमा हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमाले मुख्यालय च्यासलमा बसेको महाधिवेशन तयारीका लागि गठन भएको व्यवस्थापन समितिको सचिवालय बैठकले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ।महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष… पुरा पढौ