राजनीति

निर्वाचनसम्बन्धी जानकारी लिन‘कल सेन्टर’को शुभारम्भ

मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन आयोगले ‘कल सेन्टर’ शुभारम्भ गरेको छ । निर्वाचनसम्बन्धी केही जिज्ञासा भएमा ‘टोल फ्री नम्बर ११०२’ मा सम्पर्क गरी सोध्न सकिने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । ‘कल सेन्टर’ मा छवटा डेस्क स्थापना गरिएको छ । ती डेस्कबाट एकसाथ मतदाताको जिज्ञासाको समाधान गरिने उनले सुनाए । कामको चापअनुसार डेस्क बढाउन पनि सकिने जनाइएको छ । ‘कल सेन्टर’ मा गण्डकी प्रदेशबाट फोन गरेका पहिलो व्यक्तिले यसअघि प्रकाशित भइसकेको लोकसेवा आयोगको परीक्षा निर्वाचन… पुरा पढौ

कास्की-३ मा रास्वपाको उम्मेदवार बिना

पोखरा, माघ ५ कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिना गुरूङलाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की-३ मा गुरुङलाई टिकट दिएको हो । यसअघि यस क्षेत्रमा एमालेका दामोदर पौडेल बैरागी बिजयी भएका थिए । जेनजी आन्दोलनका कारण कार्यकाल पूरा नभई विघटित प्रतिनिधि सभा सदस्य रहेका बैरागी यस पटक पनि एमालेबाट उम्मेदवार बनेका छन् । यस क्षेत्रमा नेकपाले प्रेम पौडेललाई उम्मेदवार बनाएको छ भने कांग्रेसले हालसम्म उम्मेदवार टुंग्याएको छैन… पुरा पढौ

कास्की-२ मा रास्वपाको उम्मेदवार उत्तम पौडेल

पोखरा, माघ ५ कास्की क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उत्तम पौडेललाई उम्मेदवार बनाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपाले कास्की २ मा उत्तमलाई टिकट दिएको हो । पौडेल पूर्व पत्रकार हुन् । उनी रास्वपा सभापती रवि लामिछानेका प्रिय पात्र मध्येका एक हुन् । लामिछानेले न्यूज ट्वान्टी फोर टिभी र ग्यालेक्सी टिभीमा सिधा कुरा कार्यक्रम चलाउँदा कास्कीको मुकाम पोखराबाट उनै पौडेलले ब्यूरो प्रमुख भएर रिपोर्टिङ गर्थे । पुरा पढौ

कास्की २ मा नेकपाको उम्मेदवार किरण थापा (आमोद)

पोखरा, माघ ४ नेपाली कम्युनिष्ट पार्टीले कास्की क्षेत्र नम्बर–२ मा किरण थापा (आमोद)लाई उम्मेदवार बनाएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि आमोदलाई कास्की २ बाट चुनाव लड्नका लागि टिकट दिएका हुन् । किरण थापा भनेर चिनिने उनको उपनाम आमोद र नागरिकताको नाम हेमबहादुर थापा हो । पोखरा–३३ भरतपोखरी घर भएका उनी जनयुद्दका कुशल कमाण्डर हुन् । प्रचण्ड र बाबुरामलाई मिलाउन गरेको भरमग्दूर प्रयास खेर गएपछि उनी… पुरा पढौ

निर्वाचन आचारसंहिता मध्यरातदेखि लागू हुँदै

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको उनले बताए । त्यसका लागि माघ ६ गते मङ्गलवार उम्मेदवारी मनोनयनको समय तोकिएको छ । यसअघि… पुरा पढौ

रास्वपाबाट भावी प्रधानमन्त्रीका रुपमा घोषित बालेनले दिए पदबाट राजिनामा

पोखरा, माघ ४ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मेयर पदबाट राजीनामा दिएका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न लागेका मेयर शाहले आज पदबाट राजिनामा दिएका हुन् । उनले आज दिउँसो उपमेयर सुनिता डंगोल समक्ष राजिनामा दिएको उनी निकट श्रोतले जनाएको छ । बालेन झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्ने चर्चा छ । जुन क्षेत्र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । यस भिडन्तलाई यस पटकको निर्वाचनको सबैभन्दा… पुरा पढौ

राष्ट्रियसभा सदस्यबाट बामदेव, नारायणकाजी र भगवतीको राजीनामा

राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिष्ट पार्टीका नेताहरु वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा एमालेकी भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेका हुन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका उनीहरुले आज लिखित रुपमै राजीनामा बुझाएका हुन् । नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लागेका छन् ।। उनीहरुको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो । पुरा पढौ

एमालेले कास्की-१ मा बैनबहादुर, २ मा कृष्ण थापा र ३ मा दामोदर बैरागीलाई दियो टिकट

पोखरा, माघ ४ नेकपा एमालेले कास्कीका ३ वटै क्षेत्रको उम्मेदवार टुंग्याएको छ । एमालेले कास्की–१ मा बैनबहादुर अधिकारी, कास्की-२ मा कृष्ण थापा र कास्की–मा दामोदर बैरागीलाई टिकट दिएको हो । कास्की–१ मा दीलिप न्यौपाने उम्मेदवार हुने चर्चाकाबीच बैनबहादुर अधिकारीले टिकट ल्याएका छन् । एमालेबाट टिकट पाएका बैनबहादुर एमाले कास्कीका अध्यक्ष हुन् भने जिल्ला समन्वय समिति कास्कीका निवर्तमान प्रमुख हुन् । उनी नेकपा एमालेको केन्द्रीय सचिव तथा पूर्व मुख्यमन्त्री खगराज अधिकारीका प्रिय पात्रमध्येका एक हुन् । २०७९ को चुनावमा कास्की-१ मा… पुरा पढौ

राष्ट्रियसभाको बैठक शोक प्रस्ताव पारित गरी स्थगित

सङ्घीय संसद् राष्ट्रियसभाको १९औँ अधिवेशन सुरु भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय परिसरको राष्ट्रियसभाको पुरानो भवनमा सुरु भएको अधिवेशन दुई वटा शोक प्रस्ताव पारित गर्दै आजका लागि सम्पन्न भएको हो ।सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशन प्रारम्भ भएको घोषणा गर्दै सदस्यहरूलाई स्वागत गरे । उनले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाए । त्यसलगत्तै लोकतन्त्रका लागि योगदान पु¥याउने सहिदहरूप्रति सम्मानका लागि मौन धारण गरियो । बैठकले सभाका सदस्य वलदेव बोहराको निधनप्रति शोकप्रस्ताव पारित गरेको छ । विसं २००८… पुरा पढौ

पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह,अप्राकृतिक गठबन्धन नगर्ने

नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न कारणले पार्टीबाट अलग भएकालाई पार्टीमा पुनः आबद्ध हुन आग्रह गरेको हो । निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकामा आयोगप्रति बैठकले आभार व्यक्त गरेको छ । बैठकले एकता, सद्भाव र सहकार्यमा जोड दिँदै देशविदेशमा रहेका सबै कांग्रेसीमा नवीन ऊर्जाका साथ आगामी फागुन… पुरा पढौ