राजनीति

गृह जिल्लामा नै जनार्दन शर्मालाई कालो झण्डा

नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका नेता जनार्दन शर्मा प्रभाकरले गृह जिल्लामा नै विरोधको सामना गर्नुपरेको छ । बिभिन्न कार्यक्रममा सहभागि हुन आइतबार बिहान रुकुम पश्चिम पुगेका प्रभाकरलाई आफ्नै पुराना कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका छन्। शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।नयाँ पार्टी गठन गरेको भन्दै तत्कालिन माओवादी निकटका युवाले कालो झण्डा देखाएको बताईएको छ । स्थिति… पुरा पढौ

एमालेको सचिवमा नेता जगत विश्वकर्माले उम्मेद्वारी दिने

नेकपा एमालेको सचिव पदमा नेता जगत विश्वकर्माले उम्मेद्वारी दिने घोषणा गरेका छन् । औपचारिक कार्यक्रम मार्फत सार्वजनिक रुपमा उम्मेद्वारी घोषणा नगरे पनि पोलिटब्युरो सदस्य विश्वकर्माले आफ्नो उम्मेद्वारी स्वभाविक रहने एभरेष्ट आवाजसँगको कुराकानीमा बताए । नवौं र दशौं महाधिवेशनमा पोलिटब्युरो सदस्यमा निर्वाचित भएका उनी त्यस अघि केन्द्रिय सदस्य थिए । बर्तमान विषम परिस्थितीको सामाना गर्दै, पार्टीलाई सशक्त र नेपालको कम्युनिस्ट आन्दोलनलाई साकार पार्न पनि आफ्नो उम्मेदवारी रहने उनले बताए । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष… पुरा पढौ

फागुन २१ को निर्वाचनलाई सफल बनाउन राष्ट्रपति पौडेलको आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार निर्माणमात्र नभइ नागरिकको जीवनस्तरमा सुधार ल्याउने विकास आजको आवश्यकता भएको बताएका छन् । ललितपुर महानगरको नवनिर्मित भवनको आज आयोजित विशेष समारोहमा उद्घाटन गर्दै उनले प्रभावकारी सेवा प्रवाह र सुशासन कायम गर्नेतर्फ सबै निकाय सचेत हुनुपर्नेमा जोड दिए । जनताका गुनासा सुन्ने र तिनलाई सम्बोधन गर्नु हरेक राष्ट्रसेवकको दायित्व भएको उनले बताए । “लोकतन्त्र केबल शासन व्यवस्था मात्र होइन यो लोकको आवाज सुन्ने र उनीहरूको चाहनाअनुरुप काम गर्ने पद्धति हो । नयाँ पुस्ताको यो चाहना बुझेर राजनीतिक… पुरा पढौ

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गर्नुभएको सर्वपक्षीय बैठक आज बस्दैछ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न आज अपराह्न ४ बजे बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा सहभागिताका लागि ‘जेनजी’ प्रतिनिधि, सुरक्षा निकाय, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि बोलाइएको छ । यस्तै, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी , राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए… पुरा पढौ

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगको आह्वान

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो । आयोगले गत आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फका लागि आयोगको कान्तिपथस्थित कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ । यस… पुरा पढौ

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएकी छन् । २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा आज काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट धेरै पाठ सिकिएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले जनआन्दोलनका चाहनालाई पूरा गर्न सबै पक्ष एकजुट हुनु आह्वान गरिन् । “सरकारले आगामी फागुन २१… पुरा पढौ

कांग्रेस महाधिवेशनमा सभापतिको उम्मेदवार बन्छु: नेता कल्याण गुरुङ

नेपाली कांग्रेसको आसन्न १५ औं महाधिवेशनको मिति घोषणासँगै सभापतिका आकांक्षीहरु पनि बढ्दै गएका छन् । आगामी पुस २६ देखि २८ गतेसम्म काठमाण्डौंमा हुने महाधिवेशनमा पार्टी भित्रका बिभिन्न नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । कांग्रेस महामन्त्री गगन थापाले १५ औं महाधिवेशनमा सभापतिमा उठ्ने बुधबार एक टेलिभिजन कार्यक्रम मार्फत घोषणा गरिसकेका छन् । संस्थापनइतरका नेता डा शेखर कोइरालाले पनि यसअघि नै १५ औं महाधिवेशनमा उम्मेदवार हुने घोषणा गरिसकेका छन् ।उनले सभापतिमा सघाउनका लागि आफु निकटका नेताहरु सहित संस्थापन पक्षका… पुरा पढौ

एमाले महाधिवेशनको तयारी तिब्र, उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने

नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ । पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्लासत्रमा उल्लेख्य जनसहभागिता हुने भएकाले १० हजार स्वयंसेवक परिचालन गर्ने व्यवस्था गरिएको बताए । संयोजक ढकालका अनुसार महाधिवेशनको बन्दसत्रमा करिब ५०० स्वयंसेवक हुनेछन् । ती स्वयंसेवक पार्टीका विभिन्न २४ जनसङ्गठन र विभिन्न कमिटीबाट… पुरा पढौ

एमालेमा सहमतिका आधारमा नेतृत्व चयन हुने सम्भावना छः उपाध्यक्ष पौडेल

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहमति र एकताका साथ नेतृत्व चयन हुने सम्भावना रहेको बताएका छन् । प्रेस चौतारी नेपालले आज काठमाण्डौंमा आयोजना गरेको संवाद कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पौडेलले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले पुनः गोलबद्ध हुने धारणा राखे । सहमति नभएमा स्वच्छ प्रतिस्पर्धा हुने जनाउँदै उनले आफू कुन पदमा रहने भन्दा पनि पार्टी र देशको हित कसरी गर्ने भन्नेमा आफ्नो चासो रहेको स्पष्ट पारे ।उपाध्यक्ष पौडेलले संसद् पुनःस्थापना, जेनजीका मागसहित संविधान संशोधन… पुरा पढौ

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदत्याग गरेका छन् । विश्वासको मत पाउने सम्भावना नदेखिएपछि उनले आज प्रदेशसभाको बैठकमै राजीनामा घोषणा गरेका हुन् । यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८को ३ अनुसार प्रदेशसभा सबैभन्दा ठूलो दलको नेताका रूपमा मुख्यमन्त्री नियुक्त गरेकी थिईन् । बर्दिबासस्थित पानस कटेजमा बिहानै यादवको नियुक्ति र शपथ ग्रहणसमेत भएपछि यसले राजनीतिक विवाद झनै बढाएको थियो । त्यसकै बीच सङ्घीय सरकारले प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त… पुरा पढौ