राजनीति

गण्डकीको सुरक्षा गोष्ठीले फागुनमा हुने निर्वाचनका लागि के के औंल्यायो सुरक्षा चुनौति

सन्देश श्रेष्ठपोखरा, मंसिर २९ आगामी फागुन २१ गते हुने निर्वाचनमा फरार कैदी बन्दी र लुटिएका हतियार चुनौति बन्न सक्ने औंल्याइएको छ । पोखरामा सोमबार भएको गण्डकी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुले जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी बन्दी तथा लुटिएका हतियारहरु फागुनमा हुने चुनावका लागि चुनौति बन्नसक्ने औंल्याएका हुन् । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको गोष्ठीमा सहभागी गण्डकीका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरीका… पुरा पढौ

एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता, रघु पन्त र अग्नि खरेलले दिए स्वतन्त्र उम्मेद्वारी

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफनो उम्मेदवारी दर्ता गराएका छन् । काठमाडौँको भृकुटीमण्डपस्थित बन्दसत्र स्थलको केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा दुवैजनाले समर्थकसहित पुगेर आज आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष ओलीले अपराह्न ३ः३० बजे र वरिष्ठ उपाध्यक्ष पोखरेलले करिब ३ बजे अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । महाधिवेशनमा विभिन्न पदाधिकारी र केन्द्रीय सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ताको कार्य जारी छ ।पोखरेल समुहबाट उपाध्यक्ष पदमा… पुरा पढौ

गण्डकी प्रज्ञा प्रतिष्ठान आठ महिनादेखि पदाधिकारीविहीन

गण्डकी प्रज्ञा प्रतिष्ठान विगत आठ महिनादेखि पदाधिकारीविहीन अवस्थामा छ । यसअघि चार वर्षका लागि नियुक्त पदाधिकारी तथा सदस्यहरूको कार्याकाल गत वैशाख १५ गते सकिएको थियो । कुलपतिसहित सबै प्राज्ञसभा सदस्यहरूको नियुक्तीका लागि गत वैशाख २७ गते गण्डकी प्रदेश सरकारको सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालयले दरखास्त माग गरेकामा अहिलेसम्म नियुक्ती हुन नसकेको हो । प्रतिष्ठानका निवर्तमान सदस्यसचिव मनकुमार श्रेष्ठले प्रतिष्ठानमा रहेका २४ वटै पद अहिले रिक्त रहेको बताए । “कुलपति, उपकुलपति, सदस्यसचिवसहित विभिन्न विभागका प्रमुख र सदस्यमा गरी ९५ जनाको… पुरा पढौ

एमालेको नयाँ नेतृत्व चयनको रस्साकस्सी:ओली र पोखरेल पक्षका प्रस्तावित उम्मेदवारहरु

नेकपा एमालेको ११ औं महाधिवेशनका लागि अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल समुहको प्रारम्भिक प्यानल तय भएको छ । ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो । पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तय भएको र सम्बन्धित प्रदेश इन्चार्जहरूमार्फत उम्मेदवारलाई दरखास्त फारम बुझ्न भनिएको स्रोतले जनाएको छ ।एमालेको अध्यक्षमा केपी शर्मा ओली आफै प्रतिस्पर्धा गर्दैछन् ।उपाध्यक्षहरूमा रामबहादुर थापा, विष्णु पौडेल, गुरु बराल र पृथ्वीसुब्बा गुरुङ रहने छन्। महासचिवका आकांक्षी… पुरा पढौ

पोखरामा गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुरु,निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ: गृहमन्त्री अर्याल

गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गराउन सरकार दृढ रहेको बताएका छन् । पोखरामा आज आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न एकीकृत सुरक्षा योजना निर्माणसँगै व्यवस्थापकीय तयारीमा सरकार जुटेको बताए । “वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएको हो, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको सरकारको प्रमुख जिम्मेवारी हो”, उनले भने, “निर्वाचनको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ, फागुन २१ मै निर्वाचन… पुरा पढौ

कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस केवल राष्ट्रिय पार्टी मात्रै नभएर देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण राष्ट्रिय शक्ति भएको बताएका छन् । नेपाली कांग्रेस ललितपुरले जिल्ला पार्टी कार्यालय नखिपोटमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय शक्तिसँग राष्ट्रिय जिम्मेवारी हुन्छ भन्दै राष्ट्रिय शक्ति चुक्दा त्यसको मुल्य देशले समेत चुकाउनुपरेको बताए । “कांग्रेसलाई केवल निर्वाचनका लागि मात्रै शक्ति चाहिएको हैन, देशलाई निकास दिनका लागि पनि शक्ति आवश्यक छ, कांग्रेस पार्टी मात्रै हैन राष्ट्रिय शक्ति समेत हो, तसर्थ कांग्रेसलाई… पुरा पढौ

अध्यक्ष ओलीको टिम तयार,सचिवमा खगराज, पोखरेल समुहको महासचिवमा पाण्डे

नेकपा एमालेको काठमाण्डौंमा जारी ११औँ महाधिवेशनमा पदाधिकारी चयनका लागि दुवै पक्षमा कसरत चलिरहेको छ । अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेल बिच प्रतिस्पर्धा निश्चित भएसँगै दुवै पक्ष आ आफ्नो प्यानलको तयारीमा जुटेको स्रोतले बताएको छ ।अध्यक्ष केपी शर्मा ओली समूहबाट पदाधिकारीका नाम करिब करिब टुंगो लागेको बताईएको छ । भने पोखरेल समुह पनि अन्तरिक तयारीमा जुटेको छ । ओली यसपालि पनि अध्यक्षको उमेदवार बन्दै छन् ।ओली समूहबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको… पुरा पढौ

एमालेमा तीन महिनामै विधान महाधिवेशनको निर्णय संशोधन, पदाधिकारीको संख्या १९, बरिष्ठ उपाध्यक्ष हट्यो

नेकपा एमालेले पार्टी कमिटीलाई पुरानै संरचनामा फर्काएको छ । दोस्रो विधान महाधिवेशनको तीन महिनामै नेतृत्वको संख्या फेरबदल गरिएको हो। आज बिहान बसेको अन्तिम केन्द्रीय कमिटी बैठकले १९ पदाधिकारीसहित ३०१ सदस्यीय कमिटी कायम रहने गरी विधान संशोधनको निर्णय गरेको हो । अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३, सचिव ९, स्थायी कमिटी ९पोलिटब्युरोको एक तिहाई, पोलिटब्युरो ९९ समेत गरी ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना बनाउने निर्णय भएको स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा ओलीले विधान संशोधनको प्रस्ताव… पुरा पढौ

कांग्रेस तनहुँबाट ३९ उम्मेदवार सिफारिस

नेपाली कांग्रेस तनहुँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । पार्टीको शुक्रबार सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर १ र २ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्य उम्मेदवार, समानुपातिक उम्मेदवार र राष्ट्रियसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जना सिफारिस गरिएको पार्टीका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । यस्तै क्षेत्र नम्बर २ बाट केन्द्रीय सदस्य शङ्कर भण्डारीसहित सात जनाको नाम सिफारिस गरिएको छ… पुरा पढौ

एमाले महाधिवेशनस्थल सल्लाघारीमा कार्यकर्ताको भीड

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण गरिएको विशाल मञ्च, सभास्थल तथा आवश्यक भौतिक संरचनाको काम पूर्णरूपमा सम्पन्न भइसकेको एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले जानकारी दिए । उनका अनुसार मञ्च, ध्वनि प्रणाली, प्रकाश व्यवस्था, एलइडी स्क्रिन,… पुरा पढौ