राजनीति

एमालेका महाधिवेशन प्रतिनिधिको अध्यावधिक अन्तिम चरणमा

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि निर्वाचित प्रतिनिधिहरूको अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा सङ्गठन विभागका प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुङ्गेलसहितको समितिले प्रतिनिधिहरुको विवरण अध्यावधिक गरिरहेको जनाइएको छ । विभागका प्रमुख अधिकारीका अनुसार प्रतिनिधिमध्ये दुई हजार १५४ भूगोल र गैरभूगोलबाट निर्वाचित र १०८ केन्द्रबाट प्रतिनिधि मनोनित हुने छन् । मनोनितसहित प्रतिनिधिको सङ्ख्या दुई हजार २६२ हुने प्रमुख अधिकारीले जानकारी दिए । बन्द सत्रमा प्रतिनिधिबाहेक केन्द्रीय सल्लाहकार परिषद्का ३५१ सदस्य सहभागी हुने… पुरा पढौ

राप्रपाद्वारा केन्द्रीय कार्यसमितिको बैठक आह्वान

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले महाधिवेशनको टुङ्गो लगाउन यही मङ्सिर २४ र २५ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बोलाएको छ । पार्टीभित्रको आन्तरिक विवाद समाधान तथा महाधिवेशनबाट कार्यसमिति हस्तान्तरण गर्ने लगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको हो ।मुलुकको परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टिबारे पनि छलफल गरिने महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए । बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा गर्ने तथा महामन्त्री डा धवलशम्शेर जबराले पार्टीको… पुरा पढौ

कांग्रेस कास्की–२ मा प्रत्यक्ष र समानुपातिकमा गरी १८ जनाको आवेदन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार बन्न चाहनेको लर्को नै लागेको छ । केन्द्रको परिपत्रअनुसार कास्की क्षेत्र नम्बर २ मा उम्मेदवार छनोट प्रक्रिया सुरु गर्दा प्रत्यक्षतर्फ मात्रै १३ जनाले मनोनयन पेस गरेका छन् भने समानुपातिकतर्फ ५ जनाको आवेदन परेको क्षेत्रीय सभापति केशर निर्दोषीले जानकारी दिए । कास्की–२ मा प्रत्यक्ष तर्फ मनोनयन दर्ता गर्नेमा बिरेन्द्र नारायण विजुक्छे, देवराज गुरुङ,क्रृषिराम काफ्ले, माधवप्रसाद बास्तोला मधु,शिरोज विजय कोईराला,शिरषकुमार बास्तोला,माईकल कर्माचार्य,निर्दोषविक्रम पौडेल,किरण केसी,गुरुप्रसाद बराल,लक्ष्मी कार्की,राजेन्द्र… पुरा पढौ

प्रतिनिधिसभा पुनर्स्थापनाको मागले कांग्रेसमा किचलो

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट पेस भएपछि नेपाली कांग्रेसभित्र विवाद देखिएको छ । कांग्रेसका नेताहरूले केन्द्रीय समितिको बैठकले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा कुनै संस्थागत निर्णय नगरेको बताउँदै, सांसदहरूले सर्वोच्चमा पेस गरेको रिट व्यक्तिगत भएको स्पष्ट पारेका छन् । नेपाली कांग्रेसका ८ जना निवर्तमान सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट पेस गरेका थिए । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पुनर्स्थापनाका लागि पार्टीले रिट दायर गर्ने निर्णय नगरेको र रिट दायर गर्ने सांसदहरूको निर्णय व्यक्तिगत भएको बताए ।उनले… पुरा पढौ

गभर्नर पौडेलको घरमा आगजनी गर्ने मध्ये केहीको पहिचान

प्रहरीले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने केही व्यक्तिको पहिचान भएको जनाएको छ । प्रदर्शनकारीले उनको घर आगजनी तथा लुटपाट गरेका थिए ।सो कार्यमा संलग्नको भिडियो फुटेज फेला पारे पछि प्रहरीले अहिले आगजनीमा संलग्न समूहको नै खोजी गर्न थालेको छ ।फुटेजमा देखिएका केही युवाको पहिचान भएको र बाँकीको खोजिकार्य भईरहेको ललितपुर प्रहरीले जनाएको छ ।गएको भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा ललितपुरको सैँबुस्थित गभर्नर पौडेलको घरमा आगजनी गरिएको थियो । सोही समूहले तत्कालीन अर्थमन्त्री एवं एमालेका उपाध्यक्ष… पुरा पढौ

एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाण्डौंमा हुने नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । एमाले मुख्यालय च्यासलमा बसेको महाधिवेशन तयारीका लागि गठन भएको व्यवस्थापन समितिको सचिवालय बैठकले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । ।महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको विस्तृत व्यवस्थापन, सहभागिता, कार्यक्रम तालिका र आवश्यक संरचनागत तयारीबारे छलफलसहित समीक्षा गरेको एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सबै उपसमितिहरूले गरिरहेका काम र रिपोर्ट पेस गरिएको बैठकमा महाधिवेशन तयारीको काम अन्तिम चरणमा पुगेको निष्कर्ष… पुरा पढौ

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण, पूर्वमन्त्रीसहित ५५ जना विरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन मन्त्रीसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको हो । जसमा नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित १० जना तत्कालीन सचिवहरूलाई पनि विपक्षी बनाइएको छ । नलिनचोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार मुद्दा दायर भएको एक हप्ता नहुँदै उनीविरुद्ध अर्को मुद्दा दायर भएको हो । अख्तियारले तत्कालीन मन्त्रीहरू डा रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई… पुरा पढौ

गुण्डुमा निर्माण हुने ओली कुटीलाई लिएर मन्त्री र नेताको जुहारी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको लागि भक्तपुरको गुण्डुमा बन्न लागेको घरलाई लिएर जुहारी नै चलेको छ । ओली कुटी नाम दिएर सार्वजनिक भएको नक्सालाई लिएर सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन र एमाले नेता महेश बस्नेत बिच सामाजिक संजालमा जुहारी चलेको हो । ओली कुटीलाई लिएर मन्त्री पुनले व्यङ्ग्य गरेका छन्।उनले कुटीको डिजाइनलाई लिएर यसमा संलग्न इन्जिनियरलाई ‘सख्त कारबाही’ को माग गर्दै ‘घोर बेइजती’, र ‘मानहानीको मुद्दा’ लगाउनुपर्ने धारणा राखेका हुन्।उनले हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाउनु… पुरा पढौ

गृह जिल्लामा नै जनार्दन शर्मालाई कालो झण्डा

नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका नेता जनार्दन शर्मा प्रभाकरले गृह जिल्लामा नै विरोधको सामना गर्नुपरेको छ । बिभिन्न कार्यक्रममा सहभागि हुन आइतबार बिहान रुकुम पश्चिम पुगेका प्रभाकरलाई आफ्नै पुराना कार्यकर्ताले कालो झण्डा प्रदर्शन गरेका छन्। शर्मा आज बिहान काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज चढेर सदरमुकाम खलंगा ओर्लिएका थिए । उनी विमानस्थलबाट बाहिरिने क्रममा केही युवाहरुले कालो झण्डा देखाएका हुन् ।नयाँ पार्टी गठन गरेको भन्दै तत्कालिन माओवादी निकटका युवाले कालो झण्डा देखाएको बताईएको छ । स्थिति… पुरा पढौ

एमालेको सचिवमा नेता जगत विश्वकर्माले उम्मेद्वारी दिने

नेकपा एमालेको सचिव पदमा नेता जगत विश्वकर्माले उम्मेद्वारी दिने घोषणा गरेका छन् । औपचारिक कार्यक्रम मार्फत सार्वजनिक रुपमा उम्मेद्वारी घोषणा नगरे पनि पोलिटब्युरो सदस्य विश्वकर्माले आफ्नो उम्मेद्वारी स्वभाविक रहने एभरेष्ट आवाजसँगको कुराकानीमा बताए । नवौं र दशौं महाधिवेशनमा पोलिटब्युरो सदस्यमा निर्वाचित भएका उनी त्यस अघि केन्द्रिय सदस्य थिए । बर्तमान विषम परिस्थितीको सामाना गर्दै, पार्टीलाई सशक्त र नेपालको कम्युनिस्ट आन्दोलनलाई साकार पार्न पनि आफ्नो उम्मेदवारी रहने उनले बताए । २०७४ सालको निर्वाचनमा कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा प्रत्यक्ष… पुरा पढौ