राजनीति

माओवादी केन्द्रको आजदेखि बस्ने भनिएको बैठक स्थगित

नेकपा (माओवादी केन्द्र) को आजदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। कोभिडका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले बताएको छ। यसअघि, माओवादी केन्द्रले माघको २८ र २९ गते केन्द्रीय समितिको बैठकको तय गरेको थियो। महाधिवेशनले केन्द्रीय समिति चयन गरेपनि पदाधिकारी चयन गर्न सकेको थिएन र बैठकले पदाधिकारी चयनलगायत अन्य निर्णय गर्ने जनाइएको थियो। आवश्यक तयारी पूरा भएपछि अर्को बैठकको मिति तय गरिने माओवादी केन्द्रले जनाएको छ। पुरा पढौ

वन पैदावारको उपयोग गर्ने खालको वन ऐन बन्छ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले वन पैदावारको उपयोग गर्ने खालको प्रदेश वन ऐन निर्माण गरिने बताएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशद्धारा वन अधिकार सुनिश्चितताको माग गर्दै संकलन गरिएको हस्ताक्षर व्यानर हस्तान्तरण कार्यक्रममा उनले सरोकारवालसंगको छलफलबाट प्रदेश वन ऐनलाई व्यवहारिक र सरल बनाईने विश्वास व्यक्त गरे । प्रदेश अन्तर्गतका कतिपय जिल्लाका सामुदायिक वनमा रहेका ढलापडा रुखलाई निकासीमा लगाइएको प्रतिवन्दको कारण जङगलमै नष्ट भएर खेर जाने गरेको बताउँदै मुख्यमन्त्री पोखरेलले प्राकृतिक श्रोतलाई हरित रोजगार सिर्जना तथा… पुरा पढौ

निर्वाचनका लागि थप ४० अर्ब माग, स्रोत व्यवस्थापन गर्छौँ : अर्थमन्त्री शर्मा

काठमाण्डौं । चालु आर्थिक वर्षको बजेटमा निर्वाचनका लागि मात्रै रु १० अर्ब बराबरको व्यवस्था भए पनि रु ४० अर्ब बराबरको माग आएको छ ।अर्थमनन्त्रालयमा आज आयोजित चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो कुराको जानकारी दिएका हुन् । निर्वाचन राष्ट्रिय अभियान भएकाले त्यसका लागि साधन र स्रोत उपलब्ध गराउनु सरकारको दायित्व भए पनि आफूहरु चापमा रहेको उनको भनाइ छ । सरकारले आगामी वैशाख ३० गतेका लागि स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनका… पुरा पढौ

जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाण्डौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आम सर्वसाधारण जनताले सरकारको अनुभूति पाउने गरी कार्यसम्पादन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध निकायका प्रमुखलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक/अर्धवार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री कार्कीले भने, “यो मन्त्रालय सरकारको अनुहार देखाउने मन्त्रालय भएकाले यसअन्तर्गत रहेका निकायले समस्याको पहिचानसँगै त्यसको निदान गरी जनताले प्रतिफल पाउनसक्ने गरी कार्य सम्पादन गर्नु पर्दछ ।” उनले जवाफदेहिता र जिम्मेवारीबाट पन्छेर परिणाम… पुरा पढौ

प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । मुलुकमा पछिल्लोपटक ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) संसद्बाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरुबीच बहस जारी छ । यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि… पुरा पढौ

चुनावी सहकार्यका लागि जिल्ला स्थित गठबन्धन दलबीच छलफल

बागलुङ । बागलुङका सत्तारुढ गठबन्धन दलहरूले आसन्न स्थानीय तहको चुनावमा मिलेर जानका लागि छलफल र गृहकार्य अघि बढाएका छन् । आज पाँच दलीय गठबन्धनका जिल्ला तहका प्रमुख नेताबीच चुनावी सहकार्यका लागि प्रारम्भिक कुराकानी भएको हो । गठबन्धनलाई वडा तहसम्म व्यवस्थित गर्ने, आपसी विश्वास र समझदारी विकास गर्दै चुनावसम्मै मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको गठबन्धनको सबैभन्दा ठूलो घटक नेपाली कांग्रेसका जिल्ला सभापति जीतबहादुर शेरचनले बताए । शेरचनले प्रदेश तहमा पनि गठबन्धन दलबीच चुनावलक्षित छलफल सुरु भएको स्थितिमा जिल्लामा पनि… पुरा पढौ

‘बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ’:मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्री र सम्बन्धित मन्त्रालयका सचिवलाई एकआपसमा समन्वय गरेर काम गर्न निर्देशन दिएका छन्। प्रदेश नं १ सरकारअन्तर्गतका मन्त्रालय तथा निकायको हिजो भएको अर्धवार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले कामको सिलसिलामा कसैले कसैको राजनीतिक वाद वा सिद्धान्त नहेर्न पनि आग्रह गरेका हुन । “हामीलाई चिनियाँ उक्ति जस्तो–बिरालो चाहे कालो होस् वा सेतो मुसा मारे पुग्छ”, उनले भने, “हाम्रो सरकारको योजना र उद्देश्यसँग तालमेल मिलाउनुप¥यो, कर्मचारी जो भए पनि हुन्छ ।” उनले कर्मचारीलाई अनावश्यक र अनुचित… पुरा पढौ

फागनु १ गते मधेस प्रदेश सरकारले जनयुद्ध दिवस मनाउने

मधेस प्रदेश सरकारले पहिलो पटक अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । अगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ । विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले… पुरा पढौ

काभ्रे कांग्रेसको हप्ते–अभियान सङ्गठन विस्तार

काभ्रेपलाञ्चोक । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले आउँदो फागुन पहिलो साता वडास्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गर्ने भएको छ । फागुन १ देखि ७ गतेसम्म सङ्गठन विस्तार अभियान सञ्चालन गरिने पार्टीले हालै निर्णय गरेको हो । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले वडास्तरमा भ्रातृ सङ्गठन विस्तार र सदस्यता वितरण गरिने निर्णय भएको पार्टी जिल्ला सचिव गुणराज मोक्तानले बताए । उनका अनुसार भ्रातृ सङ्गठन विस्तारसँगै सबै वडामा पार्टीको टोल समितिसमेत गठन गरिनेछ । काभ्रेपलाञ्चोकको छ नगरपालिका र सात गाउँपालिकामा १३५ वडा छन् । पार्टी सङ्गठनलाई… पुरा पढौ

काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (बिहीबार) बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु हुने जनाइएको छ। आजको बैठकमा स्थानीय तहको चुनाव केन्द्रीत छलफल गर्ने र केही निर्णय गर्नेछ। पुरा पढौ