राजनीति

एमाले अध्यक्ष ओलीसँग एमसीसी उपाध्यक्षको शिष्टाचार भेट

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी आर्थिक सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले आज शिष्टाचार भेट गरेकी थिइन् । अध्यक्ष ओली निवास बालकोटमा भएको सो भेटमा अमेरिकी अनुदान सम्झौता एमसीसीका बारेमा छलफल भएको थियो । सो भेटमा उपाध्यक्ष सुमारले एमसीसी अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा अमेरिकी सरकार रहेकाले यसका लागि सघाउन आग्रह गरेकी थिइन् । पूर्वप्रधानमन्त्री ओलीले आफ्नो पार्टी अहिले प्रतिपक्षमा रहेकाले एमसीसीबारे सरकारको स्पष्ट धारणा नआएसम्म पार्टीले धारणा नबनाउने… पुरा पढौ

माधव नेपालकाे एकीकृत समाजवादीले गण्डकी प्रदेशस्तरीय भेला गर्दै

पाेखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को यही भदौ २७ गते गण्डकी प्रदेशको भेला पोखरामा हुने भएको छ । भेलामा प्रदेशअन्तर्गतका जिल्लामा सङ्गठन विस्तारका लागि नयाँ कमिटी गठनसम्बन्धी छलफल गरिने केन्द्रीय सदस्य दिलुकुमारी पन्तले जानकारी दिए । पार्टीले केशवलाल श्रेष्ठलाई प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गरेको छ । यही भदौ २६ गते गोरखा जिल्लामा पनि सङ्गठन विस्तारका लागि बैठक राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएर हालै गठन भएको नेकपा (एकीकृत समाजवादी)ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्न जनवर्गीय… पुरा पढौ

एमसीसीद्वारा नेपाललाई जवाफी पत्र : कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्ध छैन

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसिसीको कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिका बीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेको छ ।एमसीसीको डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई पत्र लेख्दै एमसिसीको कुनै सैन्य गठबन्धन वा सुरक्षा रणनीतिसँग सम्बन्ध नभएको स्पष्ट पारेकी हुन् । पत्रमा एसुमारले एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको भन्दै बरु यसबारे नेपालमा गलत हल्ला फैलाइएको जवाफ नेपाल सरकारलाई पठाएकी छन् । यसअघी नेपाललले एमसिसीको सम्बन्ध कुनै सैन्य गठबन्धन वा सुरक्षा अंगसँग भए नभएको… पुरा पढौ

श्रोत सुनिश्चित हुन साथ क्रमागत योजनाहरुलाई निरन्तरता दिन्छौंः अर्थ मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले बजेटको श्रोत सुनिश्चित हुने विक्तिकै क्रमागत योजनाहरुलाइ निरन्तरता दिने बताउनु भएको छ । बुधबार पोखरामा आयोजना भएको स्थानिय सरकारमा सार्वजनिक वित्त व्यबस्थापन सवाल, समस्या र अन्तर सरकार समन्वय देश स्तरिय अन्तरक्रिया कार्यक्रम वोल्दै अर्थमन्त्री बरालले चालु आर्थिक बर्षमा श्रोतको सुनिश्चित हुन साथ क्रमागत योजनालाई निरन्तरता दिने बताउनु भएको हो ।मन्त्री बरालले भने “बजेटको श्रोत सुनिश्चित हुने वित्तिकै पहिलाका क्रमागत योजनाहरुलाई हामीले निरन्तरता दिन्छौं, कुनै पनि बहुबर्षीय योजना काटिएका छैनन, त्यसलाई अनुसुचिमा लगेर राखिएको… पुरा पढौ

कांग्रेस पोखरा महानगरकाे सचिवमा थापाको उम्मेदवारी घोषणा

पोखरा । नेपाली कांग्रेसको पोखरा महानगरपालिका समितिको सचिवमा गणेशबहादुर थापाले उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पालिकाहरुका २७ भदौमा अधिवेशन हुँदैछ । अधिवेशनले पालिका समितिहरुको नयाँ कार्यसमिति चयन गर्नेछ । पोखरा ३२ बाट क्षेत्रीय प्रतिनिधि निर्वाचित थापा विद्यालय जीवनदेखि नेपाल विद्यार्थी संघमा सक्रिय हुँदै राजनीतिमा थिए । उनले काठमाडौंको शंकरदेव र त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका इकाईमा सदस्य रही सक्रिय भूमिका निर्वाह गरेका थिए । २०७० र ७४ सालको आम निर्वाचनमा कास्की क्षेत्र नम्बर १… पुरा पढौ

आजबाट संघीय संसद्को दुवै सदनको १० औं अधिवेशन सुरु हुँदै

संघीय संसद्को दुवै सदनको १० औं अधिवेशन आज (बुधबार)देखि सुरु हुँदै छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारको सिफारिसमा बुधबार अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आह्वान गरेकी हुन्। सदनको यो अधिवेशमा अध्यादेश बजेटलाई विस्थापन गर्ने विधेयक, लामो समयदेखि विचाराधीन निजामती विधेयक, नागरिकता विधेयक, विगतमा जारी गरिएका विभिन्न अध्यादेशलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइसकिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ। यसपटक संघीय संसद्मा… पुरा पढौ

पर्यटन व्यवसायी योगेश भट्टराईसहित पोखराका एकसय बढी पर्यटन व्यवसायी एमालेमा प्रवेश

पोखरामा एकसय भन्दा बढी पर्यटन व्यवसायी नेकपा एमाले प्रवेश गरेका छन् । पोखराको लेकसाइड स्थित माउण्ट कैलाश रिसोर्टमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा पर्यटन क्षेत्रमा संस्थागत नेतृत्व गरेका दर्जन बढी सहित एकसय १० जनाले पार्टी प्रवेश गरेका हुन् ।पार्टी प्रवेश गर्नेमा नेपाल हवाइ खेलकुद संघका (ना) पूर्व अध्यक्ष एवम् अठारौ एशियनका खेलका पदक विजेता पर्यटन व्यवसायी योगेशबहादुर भटटराइर्, पोखरा पर्यटन परिषदका महासचिव रामचन्द्र शर्मा, क्यानका गण्डकीका कोषाध्यक्ष राजेन्द्र तिवारी, महिला संजाल… पुरा पढौ

सीप अनुसारको काम, काम अनुसारको दाम पाउने सिस्टम ल्याउछौंं : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल जीवनले सिप अनुसारको काम र काम अनुसारको दाम पाउने सिस्टम ल्याउने बताएका छन्। नेकपा माओबादी केन्द्र माछापुच्छ«े गाउँ समिति कास्कीको मंगलबार आयोजना भएको पूर्ण बैठकमा सम्बोधन गर्दै मन्त्री बरालले देशका लाखौं युवालाई स्वदेशमै रोजागार सृजना गर्ने गरी सिप अनुसारको काम र काम अनुसारको दाम पाउने सिस्टम ल्याउने बताएका हुन्। माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्य समेत रहेका मन्त्री बरालले देशमा समाजवाद ल्याई छाड्ने दाबी गरे । नेपालमा अब एउटै कम्यूनिष्ट केन्द्र आवश्यक भएको उनको… पुरा पढौ

युवा संगठन कास्कीद्वारा अनियमितता र बेरुजु बिरुद्द तालचोकमा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन कास्कीद्वारा सरकार महालेखा परीक्षकको कार्यलयले पेस गरेको ५८ औं ०७६र०७७ को आर्थिक प्रतिबेदनमा अत्याधिक अनियमितता र बेरुजु रकम प्रस्तुत गरेको भन्दै बिरोध प्रदर्शन सहित कोण सभा सम्पन्न गरेको छ ।पोखराको तालचोकमा मङ्गलवार भएको कार्यक्रममा यो वर्ष ५ हजार ४६२ निकायको लेखा परिक्षणमा ५३ खर्ब २७ अर्ब ९१ करोडको लेखा परीक्षण गरिएको मध्य १ खर्ब, ४ अर्ब ३९ करोड बेरुजु निस्केको थियो । यसरी कुनै स्रोत बिनै बेरुजु रकम निस्कनु अनियमितता र भ्रष्टाचारको पराकाष्ठा रहेको… पुरा पढौ

पहिरोले पुरिएर बुबा आमा दुबै गुमाएका ९ वर्षिय बालकको अवस्थाबारे अर्थमन्त्री बरालको चासो

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले पहिरोमा पुरियर आमा, बाबु र भाई समेत गुमाएका राजकुमार श्रेष्ठको अवस्थाबारे चासो व्यक्त गरेका छन् । यही भदौं १७ गतेको पहिरोले पुरिएर परिवार नै गुमाएर टुहुरो भएका श्रेष्ठलाई उपचार भइरहेको मणिपाल शिक्षण अस्स्पतालमै पुगेर मन्त्री बरालले उनको स्वास्थ्य अवस्था र स्याहारसुसारबारे चासो र चिन्ता व्यक्त गरेका हुन् । बालका हालसम्म उनका आफन्तहरु नआएकोले उनको उपचारमा सहयोग गर्ने स्थानिय सुनिल आचार्य र महेन्द्र खत्रीलाई मन्त्रीले धन्यवाद दिदै उनको उपचारमा अस्पताल प्रसासनले समेत सहयोग गर्नुपर्ने बताए… पुरा पढौ