राजनीति

काँग्रेस महाधिवेशनको मंसिर २७ देखि २९ सम्म गर्ने प्रस्ताव

नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको मिति परिमार्जन गर्दै आगामी मंसीर २७ देखि २९ गतेसम्म गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिको बैठकले महाधिवेशनको नयाँ मितिसँगै निर्धारित समयमा हुन नसकेको बाँकी अधिवेशनको कार्यतालिका पनि तय गरेको छ। नयाँ तालिकाअनुसार हालसम्म वडा अधिवेशन प्रारम्भ हुन नसकेका १३ जिल्लाको अधिवेशन यही कार्तिक २७ गतेदेखि प्रारम्भ गर्ने तय गरिएको छ। यसैगरी, जिल्ला अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशन मंसीर १० गते तथा प्रदेश अधिवेशन मंसीर १६ र १७ गते गर्ने… पुरा पढौ

अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको छ : प्रम देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको परमादेशले संविधान र लोकतन्त्र बचाएको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको ६८ औँ स्थापना दिवसका अवसरमा नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले अदालतको परमादेशले संसद्, संविधान र लोकतन्त्र बचाएको बताएका हुन् । केपी शर्मा ओलीलाई संसद् भङ्ग गर्ने अधिकार संविधानले दिएको थिएन, संविधानले नदिएको अधिकारलाई दुई-दुई पटक प्रयोग गर्दा सर्वोच्च अदालतले संविधान बचाएको हो,” उनले भने । पाँच दलको गठबन्धनबाट बनेको… पुरा पढौ

निर्वाचनको तयारीमा लाग्न अध्यक्ष ओलीको निर्देशन

काठमाण्डौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् । एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उहाँले विश्वास व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र… पुरा पढौ

जग्गा बाँझो राखेर बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गरौं : मन्त्री बराल

गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले जग्गा बाझो राखी बैंकबाट ऋण लिने परिपार्टीको अन्त्य गर्नुपर्ने बताउनु भएको छ । पोखरा २२ स्थित फेवा टोल विकास संस्था तथा पात्ले सिम्ले लामडाँडाले विहिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताउनु भएको हो । पछिल्लो समयमा पर्यटकीय महत्व राख्ने स्थानहरुमा शहर बजारका केही टाठाबाठा एवं हुनेखाने व्यक्तिहरुले गाँउ गाँउका डाँडा पाखा खरिद गरी त्यसै बाजो राखी बैंकबाट ऋण असुली गर्दै आएको सन्दर्भमा मन्त्री बरालले… पुरा पढौ

एमालेको पालिका अधिवेशन आज

नेकपा एमालेको दशौं राष्ट्रिय अधिवेशन अन्तर्गत आज (मंगलबार) पालिका अधिवेशन हुँदैछ। पाटी केन्द्रीय कार्यालय थापाथलीबाट दिउँसो १ बजे अध्यक्ष केपी ओलीले अधिवेशनको उद्घाटन गर्नेछन्। एमालेले ७ सय ५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो। पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ। पलिका अधिवेशनबाट अध्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१ र उप–सचिव–२ चुनिनेछन् । गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १ सय १ सदस्यीय कमिटी चयन हुनेछ। एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरिसकेको छ। ६ हजार ७ सय… पुरा पढौ

एमाले पालिकास्तरको अधिवेशनको तयारी पूरा

काठमाण्डौं । नेकपा (एमाले) ले मङ्गलबार देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ । सो पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको हो । विशेष क्षेत्रअन्तर्गतका इलाकाको पनि एकैसाथ अधिवेशन हुनेछ । अधिवेशनको पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय, थापाथलीको वार रुमबाट दिउँसो १ बजे भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सोका लागि प्राविधिकलगायत तयारी पूरा भएको बताए । यसअघि यही कात्तिक ६ गते सबै वडास्तरमा… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९ राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसगँको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए । प्रधानमन्त्री देउवाले भने, “निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने छ ।” प्रधानमन्त्रीसँग प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले गरेको भेटमा राष्ट्रियसभा… पुरा पढौ

बाढी र डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन

काठमाण्डौं । सरकारले बेमौसमी वर्षाका कारण आएको बाढी तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलमा कृषि तथा पशुपक्षी विकास, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव सदस्य रहेका छन् । कार्यदललाई तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश… पुरा पढौ

लेखा इकाईमा कार्यरत कर्मचारी अर्थका सिपाई नै हुनः अर्थ मन्त्री बराल

तनहुँ । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले लेखा इकाई कार्यालयहरुमा कार्यरत कर्मचारीलाई अर्थ क्षेत्रका सिपाई नै भएको बताएका छन् । गण्डकी प्रदेश सरकारको बजेट कार्यान्वयन र निकासा सम्बन्धमा लेखा इकाई कार्यालयका प्रतिनिधिहरुसंगको तनहुँको बन्दीपुरमा आइतबार आयोजना भएको अन्तरक्रिया कार्यक्रममा वोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । उनले भने “स्वभाविक रुपमा समयको कुनै प्रवाह नै नगरी शान्ति सुरक्षा दिने सिपाईको रुपमा सेना, पुलिस हुन भने अर्थ क्षेत्रका सिपाई लेखा इकाईमा कार्यरत कर्मचारी हुन, उनीहरुको प्रोत्साहनको लागि सरकारले… पुरा पढौ

राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौं : ओली

झापा । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताएका छन् । आज नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रिय हित र संवद्र्धन गर्ने काममा पार्टीले कहिले कसैसँग पनि अनैतिक सम्झौता नगर्ने बताए उनले देशमा सुशासन कायम गर्ने, विकासको लहर ल्याउने कुरा र समृद्ध नेपाल सुखी नेपाली बनाउने… पुरा पढौ