राजनीति

एमालेले डाक्यो स्थायी कमिटी बैठक

नेकपा (एमाले)ले भोलि स्थायी कमिटी बैठक डाकेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बोलाइएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय तहको अधिवेशन, राष्ट्रिय महाधिवेशनको विषय प्रवेश र हालैको अविरल वर्षाका कारण भएका जनधनको क्षतिका सम्बन्धमा छलफल हुनेछ । एमालेको वडा अधिवेशन यही कात्तिक ६ गते र स्थानीय तहको अधिवेशन यही कात्तिक ९ गते तोकिएको छ । एमालेको राष्ट्रिय महाविधेशन आगामी मङ्सिर १० देखि १३ गतेसम्म बुटवलमा हुने… पुरा पढौ

बाढीपहिरो पीडितलाई सहयोग गर्न उपराष्ट्रपतिको ध्यानाकर्षण

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले अनपेक्षित वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो प्रभावितको सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उपराष्ट्रपति पुनले आज जारी गर्नुभएको वक्तव्यमा बाढीपहिराका कारण जीवन गुमाएका परिवारलाई उचित सहायता, घरबारविहीनका लागि घर निर्माणमा सहयोग गर्न भनिएको छ । वक्तव्यमा भनिएको छ, “म बाढीपहिराका कारण जीवन गुमाउनुभएका परिवारका लागि उचित सहायताको व्यवस्था गर्न, अभिभावक गुमाएका बालबालिकाको शिक्षा लगायतको जिम्मेवारी लिन, घरविहीन भएकाहरुको घर निर्माणमा सहयोग गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।” देशभर बाढीपहिरामा परी बेपत्ता हुनुभएकाको अवस्थाका… पुरा पढौ

मन्त्री बराललाई गृह गाउँमा भव्य सम्मान : वडादेखि पुम्दीकोटसम्मको सडक स्तरोन्नती गर्ने मन्त्री बरालको बाचा

प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत पर्ने पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक हाल निकै जिर्ण भएकोले उक्त सडक स्तरोउन्नती गर्ने बताउनु भएको छ । पोखरा २२ (पुम्दी—भुम्दी) को वडा कार्यालय देखि बिशाल महादेवको मुर्ति स्थलसम्म जाने बाटो तत्काल मर्मत संहार गर्न चौतर्फी दबाब आएकोले उक्त सडक स्तरोन्नती गर्न बिषेश पहल गर्ने मन्त्री बरालले बताउनु भएको हो । पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढलेपिपल टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा आयोजना… पुरा पढौ

अराजकतालाई बढावा दिनका लागि गठबन्धन सरकार बनेको एमाले महासचिव पोखरेलको आरोप

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अराजकतालाई बढावा दिनका लागि वर्तमान गठबन्धन सरकार बनेको आरोप लगाएका छन् । नेकपा एमाले कास्कीले नेपालीहरुको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत र छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘यो मुलुकको राजनीतिक स्थायीत्व हुन्थ्यो, विकास र समृद्धि हुन्थ्यो, सुदृढ लोकतन्त्र हुन्थ्यो त्यसलाई धरासायी बनाउन हो गठबन्धन । यो गठबन्धन राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको मुद्धालाई कमजोर बनाउनका लागि हो । समाजमा देखिएका अराजकतालाई बढावा दिन हो… पुरा पढौ

बाढी प्रभावितलाई राहत प्याकेज घोषणा गर्न एमालेको माग

काठमाण्डौं । नेकपा (एमाले) ले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेको छ । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गरी पहिराका कारण कतिपयको ज्यान गएको, कतिपय घरबारविहीन भएका, कतिपय व्यक्ति बाढीमा फस्न पुगेको र हवाहुरीले पाकेको धानबाली सखाप भएको जनाउँदै कृषिमाथि आश्रित लाखौँ किसान परिवारमाथि ठूलो बज्रपात भएको उल्लेख गरेका छन् । एमालेले यसक्रममा ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै वर्षाका कारण ठूलो नोक्सानी व्यहोर्न बाध्य किसानको पीडाप्रति… पुरा पढौ

बहुबर्षिय रणनीतिक महत्वका आयोजना काटिएको होईन : मन्त्री बराल

पोखरा महानगर्पालिका वडा न ३३ भरतपोखरी मा रहेको भरत पोखरी बिकास मन्चले बिजया दशमी तिहार छठ ,नेपाल सम्बत ११४२ को अबशरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ। गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री रामजीप्रसाद बराल बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा मन्त्री बरालले सामाजिक न्याय सहितको बिकास आजको आबश्यकता भएको भन्दै नेपाली समाजको मोडल अनुसारको भौतिक बिकासमा जोड दिए। प्रदेसका बहुबर्षिय आयोजनाका कार्यक्रम काटिएको नभएर स्रोत अभाबले स्थगित भएको बताए। यो सरकार अघिल्लो सरकारको… पुरा पढौ

गण्डकीका विनाविभागीयमन्त्री डोबाटे विश्वकर्माले लिए पद तथा गोपनीयताको सपथ

पोखरा । गण्डकी प्रदेशका विनाविभागीयमन्त्री नियुक्त भएका डोबाटे विश्वकर्माले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख पृथ्वीमान सिंह गुरुङले पद तथा गोपनीयताको शपथ गराएका हुन् । नवनियुक्त मन्त्री विश्वकर्माले संवैधानिक अधिकार अनुसार तोकिएको काम गर्ने बताए । उनले मुख्यमन्त्रीले दिएको जिम्मेवारी पुरा गर्ने भनाइ राखे । उनले पहिला मन्त्री नियुक्ती हुन नसकेकोमा त्यसलाई स्वभाविक रुपमा लिएको यो पार्टी भित्रको आन्तरिक कुरा रहेको बताए । यसअघि साउन ८ गते मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले मन्त्रिपरिषद विस्तार गर्दा मन्त्री बन्ने… पुरा पढौ

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छन् । मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजिनामा दिएकाले प्रधानमन्त्रीको सिफारिमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । पुरा पढौ

विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले विकास निर्माणमा स्थानिय नागरिकहरुको सहयोग अपरिहार्य रहेको बताएका छन् । नेपाली काँग्रेस पोखरा महानगरपालिका वडा नं २१ ले आयोजना गरेको बडादशैं, तिहार, छठ तथा नेपाल सम्वत्को अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री थापाले स्थानीय जनसहभागिता विना कुनै पनि विकास कार्यले गति नलिने बताए । उनले भने, ‘वडाको विकासमा स्थानीयको भूमिका उल्लेखनिय हुन्छ । त्यसैले स्थानीय जनसहभागिता विना कुनै पनि काम अगाडि बढाउन सकिदैन । विकासका… पुरा पढौ

सञ्चारजगत संवेदनशील हुनुपर्दछ : मन्त्री थापा

पोखरा । गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले समाचार सम्प्रेषणमा सञ्चारजगत संवेदनशील हुनुपर्ने बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ कास्कीको आयोजना एवं राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठनको सहयोगमा ‘आत्महत्या रोगथाममा सञ्चार माध्यम’को भूमिका विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले मानवीय संवेदनालाई ध्यान दिँदै समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए। समाजमा हुने आत्महत्या प्रवृत्तिलाई निरुत्साहित गर्न सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले बताए । सत्यतथ्यमा आधारित समाचारले समाजलाई सकारात्मक सन्देश दिने बताउँदै उनले प्रत्येक व्यक्तिलाई आर्थिक,… पुरा पढौ