राजनीति

तत्काल निर्वाचनमा जानुपर्छ : नेता सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशन सम्पन्न गरेर तत्काल निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–२२ ले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उहाँले पार्टीको १४औँ महाधिवेशनलाई चाँडो सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताएका हुन् । “सरकार गठनमा स्वतन्त्र न्यायपालिकालाई जोड्नु लोकतन्त्रका लागि गम्भीर कुरा हो”, उनले भने। पार्टीका पूर्वमहामन्त्री सिंहले आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक सभापतिका लागि उम्मेदवार हुन चाहेको बताए। नेता सिंहले कांग्रेसभित्र नेतृत्व गर्ने अवसर एकपटक काठमाडौँले पाउनुपर्ने… पुरा पढौ

सबैले सुने हुन्छ-‘प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु हुन सक्दैन’ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको खिलाफमा जाने सपना नदेख्न चेतावनी दिएका छन् । गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न आईतबार पोखरामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले प्रजातन्त्रको विकल्प भनेको प्रजातन्त्र मात्रै भएको बताउँदै यसको खिलाफमा जाने सपना नदेख्न चेतावनी दिएका हुन् । केपी ओलीले पटक पटक संविधान मिचेर संसद विघटन गरेका थिए । सोहि विषयलाई ईंगित गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘सबैले सुने हुन्छ प्रजातन्त्रको विकल्प प्रजातन्त्रबाहेक अरु केहि हुन सक्दैन । कोहि कसैले… पुरा पढौ

भाषणमा चिप्लिए प्रधानमन्त्री देउवा

गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा दुई ठाउँमा चिप्लिएका छन् । अर्ध लिखित सम्बोधन गरेका उनी दुई ठाउँमा चिप्लिएका हुन् । सम्बोधनको शुरुमै उनले महाकवी लक्ष्मीप्रसाद देवकोटा र युवा कवि मोतिराम भट्टको जन्मभूमि गण्डकी प्रदेश हो भनेर उनले गलत सन्देश दिए । महाकवि देवकोटा र भट्ट गण्डकी प्रदेशका नभई वागमती प्रदेशका हुन् । त्यस्तै गण्डकी प्रदेश साक्षर प्रदेश बन्ने पहिलो प्रदेश भएको भनेर उनले दोश्रो गलत सन्देश दिए । प्रधानमन्त्रीले गण्डकी प्रदेश साक्षर प्रदेश बन्ने पहिलो प्रदेश… पुरा पढौ

बालुवाटारबाट बालकोटहुँदै बार्दली पुगेका केपी ओली नसुध्रिए बगरमा पुग्न बेर छैन : मन्त्री खतिवडा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले केपी ओली नसुध्रिए बगरमा पुग्न बेर नहुने कडा टिप्पणी गरेका छन् । नेपालीहरुको महान चाँड बडादशैं, तिहार, नेपाल सम्वत, छठलगायतका चाँडपर्वहरुको अवसरमा नेकपा एकीकृत समाजवादी (नेकपा एस) कास्की जिल्ला कमिटीले शनिबार पोखरामा आयोजना शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै नेकपा एसका स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री खतिवडाले ओलीको बोली र व्यवहारका कारण बालुवाटारबाट बालकोटहुँदै बार्दलीमा पुगेकोे भन्दै अबपनि नसुध्रिए बगरमा पुग्ने टिप्पणी गरेका हुन् । ओलीको छुद्र बोली र व्यक्तिगत अहंकार, घमण्ड र व्यक्तिवादी… पुरा पढौ

जनताको अपेक्षा अनुरूप काम गर्न नवनियुक्त मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुरूप काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषद् पुनर्गठनपछि शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री देउवाले उत्साह र ईमान्दारिताका साथ काम गर्न नवनियुक्त मन्त्रीहरूलाई निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार काम गर्न निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संचारकर्मीहरूलाई जानकारी दिए। यस्तै, मन्त्री कार्कीले सो अवसरमा नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेको र प्रधान न्यायाधीशसँग जोडेर आएका समाचारहरूमा… पुरा पढौ

जनताको अपेक्षा अनुरूप काम गरः संचार मन्त्री कार्की

नवनियुक्त संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारका काम कारबाहीलाई व्यवस्थित र पारदर्शी बनाउन सबै सरकारी निकायले सूचना प्रविधिको उच्चतम प्रयोगमा जोड दिनुपर्ने बताएका छन्। शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री कार्कीले सबै नागरिकको सूचनाको हक सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताए। समयको चुनौतीलाई अवसरको रूपमा लिएर काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई उनको निर्देशन थियो। मन्त्री कार्कीले राजनैतिक नेतृत्व परिवर्तनबाट प्रभावित नभई जनताको अपेक्षा अनुरूप काम गर्न मन्त्रालय मातहतका निकायहरूलाई निर्देशन समेत दिएका हुन्। पुरा पढौ

अन्ततः मन्त्रिपरिषद् विस्तार

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका छन् । नयाँ गठित मन्त्रिपरिषद्अनुसार शेरबहादुर देउवा प्रधानमन्त्री, बालकृष्ण खाँण गृह, ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचना प्रविधि, पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ, राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासन, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या र जनार्दन शर्मा अर्थमन्त्री छन् । त्यसैगरी डा मीनेन्द्रप्रसाद रिजाल रक्षा, उमाकान्त चौधरी खानेपानी, डा नारायण खड्का परराष्ट्र, रेणुकुमारी… पुरा पढौ

आज मन्त्रिमण्डल विस्तार हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले आज (शुक्रवार) मन्त्रीपरिषद्लाई विस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री बनेको ३ महिनापछि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच बिहीबार मन्त्रालय भागबन्डामा कुरा मिलेपछि आज प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। सहमतिअनुसार काँग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रले ५, जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाउनेछन्। साथै माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले १/१ जना राज्यमन्त्री पनि पाउने छन्। सहमतिअनुसार नेकपा एकिकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहरी विकास मन्त्रालय, संस्कृति… पुरा पढौ

मुलुकमा संकट पर्दा कांग्रेसमाथि थप जिम्मेबारी आइलग्छ : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मुलुकमा जब संकट पर्छ तब कांग्रेसमाथि थप जिम्मेबारी आइलाग्ने बताएका छन् । नेपाली कांग्रेस पोखरा महानगरले दशैं, तिहार, नेपाल सम्वत, छठ तथा ईदको अवसर पारेर बिहीबार गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टीको स्थापनाकालदेखि नै यो प्रक्रिया निरन्तर चलेको बताएका हुन् । गएको चुनावमा कम्युनिस्टले २ तिहाइ ल्याएपछि नेपाली कांग्रेस निर्धक्कसँग प्रतिपक्षमा बसेपछि उनीहरुबीचकै कलहले संवैधानिक संकट निम्तेपछि कांग्रेस अघि सर्नु परेको उनले बताए । उनले भने, ‘चुनावका बेला कांग्रेससँग… पुरा पढौ

सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस नेता सिंह

काठमाण्डौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताएका छन् । नागार्जुन नगरसमितिले आज आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने बताए । विसं २०७२ मा भएको पार्टी १३औँ महाधिवेशनमा आफू सभापतिमा नउठेर नेताद्वय रामचन्द्र पौडेल र शशाङ्क कोइरालालाई सभापति र महामन्त्रीमा सघाएको उल्लेख गर्दै भन्नुभयो, “अहिलेसम्म काठमाडौँबाट को पार्टी सभापति भएको छ ? के हामी सधैँ अरुको झोला मात्रै बोकेर हिँड्नुपर्ने ?”… पुरा पढौ