राजनीति

रामजी बरालको नेतृत्वमा माओवादी सरकारमा सहभागि हुने

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले प्रदेश सरकारमा सहभागि हुने सबै मन्त्रीको टुंगो लगाएको छ । मन्त्रीमण्डल गठन भएकै दिन एक मन्त्री पठाएको माओवादी केन्द्रले विहीबार थप ३ मन्त्रीको नाम टुंगो लगाएको हो । माओवादी केन्द्रले कास्कीका रामजीप्रसाद बरालको नेतृत्वमा प्रदेश सरकारमा सहभागि हुने निर्णय गरेको छ । बरालले अर्थ मन्त्रालय वा भौतिक पूर्वाधार मन्त्रालय मध्ये कुनै एकको जिम्मेवारी सम्हाल्ने माओवादी स्रोतले जनाएको छ । यसैगरी स्याङ्जाका दीपक चर्तिमगर र बाग्लुङका चन्द्रबहादुर बुढालाईपनि माओवादीका तर्फबाट मन्त्री बनाउने निर्णय भएको बताइएको छ ।… पुरा पढौ

पार्टीलाई केन्द्र बिन्दुमा राखेर काम गरौं : शर्मा

पोखरा । नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पार्टीलाई केन्द्र बिन्दुमा राखेर सबैले काम गर्नुपर्ने बताएका छन् । ३९ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस क्षेत्र नं २ कास्कीले आज भलाममा आयोजना गरेको वृक्षारोपण तथा बिरुवा वितरण कार्यक्रममा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । उनले प्रजातन्त्रमा मात्रै सबैको आदर र सम्मान हुने उल्लेख गरे । कम्युनिष्टले मुलुकलाई धेरै बिगारेको आरोप लगाउँदै उनले मुलुक र जनताका लागि काँग्रेसले इमान्दारपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।नेता शर्माले वीपीले देश, प्रजातन्त्र र व्यत्तिको… पुरा पढौ

घरेलु उद्योग तथा हस्तकला उपसमितिले बुझायो ज्ञापनपत्र

पोखरा । घरेलु उद्योग तथा हस्तकला उपसमितिले गण्डकी प्रदेश सरकालाई ज्ञापनपत्र बुझाएको छ ।उपसमितिले बुधबार विभिन्न माग राख्दै गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्कालाई घरेलु उद्योग तथा हस्तकला उपसमितिले बुधबार ज्ञापनपत्र बुझाएको हो । पोखरा उद्योग बाणिज्यसंघकी कार्यसमिति सदस्य तथा पोखरा उद्योग वाणिज्यसंघ अन्र्तगत गठित घरेलु उद्योग तथा हस्तकला उपसमितिकी संयोजक पवित्रादेवी गुरुङको नेतृत्वमा पत्र बुझाएको हो । सीपमुलक तालिमको व्यवस्थापन, कर्जा सहज रुपमा उपलव्ध गराउन, कोरोना विरुद्धको खोप उलव्ध गराउन, अनुदान, लगायतका ७… पुरा पढौ

बिपीको विचार र सिद्धान्त जगेर्ना गर्नु हामी सबैको दायित्व : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिपीको विचार र सिद्धान्त जगेर्ना हामी सबैको दायित्व भएको बताएका छन् । बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा आज श्रद्धाञ्जलि वक्तव्य जारी गर्दै उहाँले कोइरालाको गतिशील र कालजयी विचारले गर्दा अहिले पनि नेपाली कांग्रेस मुलुकको प्रजातान्त्रिक आन्दोलन, राष्ट्रियता, विकास र स्थायित्वको पर्यायवाची शक्तिका रुपमा रहेको बताएका हुन् । “नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री, बहुआयामिक व्यक्तित्व नेपाली राजनीतिका केन्द्रविन्दुु प्रजातान्त्रिक विचार र आन्दोलनका नायक, नेपाली कांग्रेसका सस्थापक जननायक बिपी कोइरालाको ३९औँ स्मृति दिवसका अवसरमा… पुरा पढौ

महँगी बिरुद्द अखिल (क्रान्तिकारी) कास्कीद्वारा बिरोध प्रदर्शन

पोखरा । नेकपा निकट बिध्यार्थि संगठन अखिल (क्रान्तिकारी ) कास्कीले बढ्दो महँगी र कालोबजारीको बिरुद्द बिरोध प्रदर्शन गरेको छ । राज्यले जनतामा अप्रत्याशित रुपमा कालोबजारी, भ्रष्टाचार को अन्त्य भन्दा जनतामा अधिक मुल्यबृद्दी गरेको भन्दै आज पोखराको मानबअधिकार चोक देखी प्लेकार्ड प्रदर्शन र र्याली सहित सरकारले गरेको महँगीका बिरुद्द बिरोध प्रदर्शन गरेको हो । पोखराको मानबअधिकार चोक देखी शुरु भएको र्याली बढ्दो महङ्गी नियन्त्रण गर, पेट्रोलियम पदार्थ, ग्यास लगायत मुल्यवृद्धि खारेज गर, कालोबजारीलाई कारवाही गर, गुणस्तरीय खाध्यान्न आपूर्ति गर, बिपन्नलाई सहुलियत… पुरा पढौ

एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित

काठमाण्डौं । नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीकोे बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वोच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल शुरु भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने फैसला गरेको थियो । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी सो पार्टीको १० औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका उपलब्धि, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायतका विषय कार्यसूची रहेको एमाले संसदीय दलका… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागाईंले बताए । उक्त… पुरा पढौ

साउन ६ गते सार्वजनिक बिदा

काठमाण्डौं । सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘बकर इद’ को अवसरमा यही साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीले आफूहरुको महत्वपूर्ण पर्वको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए । सोही मागका आधारमा सरकारले बिदा दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए । पुरा पढौ

सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाण्डौं । सरकारले सिन्धुपाल्चोक र मनाङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । गत जेठको अन्तिम दिन र असार १ गतेको बाढीपहिराका कारण ती दुई जिल्लामा जनधनको ठूलो क्षति भएको थियो । सिन्धुपाल्चोकको मेलम्चीमा बाढीका कारण मेलम्ची बजार नै संकटमा परेको छ । उता मनाङको ताल बजार तथा अन्य स्थानमा समेत बाढीपहिराको चपेटामा परेको छ । मन्त्रिपरिषद्को आजको बैठकले ती दुई जिल्लालाई आगामी असोज मसान्तसम्म विपद संकटग्रस्त जिल्ला घोषणा गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए… पुरा पढौ

एमालेले सोध्यो माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण

काठमाडौं । नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वरिष्ठ नेता माधवकुमार नेपालसहितका सांसदलाई कारवाही गर्ने जनाएको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले वरिष्ठ नेता नेपालसहितका सांसदले पार्टी विधिविधान र निर्णयविरुद्ध प्रधानमन्त्रीलाई मतदान गरेकाले स्पष्टीकरण सोधिएको जानकारी दिए । आइतबार प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्दा एमालेका २२ सांसदले पार्टी निर्णयविरुद्ध विश्वासका पक्षमा मतदान गरेका थिए । बैठकले स्पष्टीकरण… पुरा पढौ