राजनीति

पोखरा २५ स्थानियको घर घरमा पानी उपलब्ध गराउनु पर्ने सांसद बरालको माग

पोखरा । गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल जीवनले पोखरा २५ लाम्पाटाको घर घरमा पिउने पानी उपलब्ध गराउनु पर्ने माग गरेका छन्। सुनौलो टोल विकास संस्थाले विहिबार साँझ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै सांसद बरालले अव्यबस्थित बसोबास रहेको लाम्पाटामा पिउने पानी उपलब्ध गराउनुपर्नेमा जोड दिएका हुन्। उनले भने “ सुकुम्बासी बस्तीहरुमा त पिउने पानीको प्रायः सबै क्षेत्रमा पहुच पुगेको छ भने तपाईहरुले त केही न केही रकम तिरेर बसोबास गर्दै आउनु भएको छ, तपाईहरुले पनि अब बसाईसराई ल्याउनु… पुरा पढौ

गण्डकी प्रदेश सभामा सरकार पक्ष र बिपक्षीबीच आरोपप्रत्यारोप

पोखरा । गण्डकी प्रदेशमा केहि दिन पहिले प्रदेश सरकार र बिपक्षी नेकपा एमालेबीच आरोपप्रत्यारोप चल्यो । प्रदेश सरकारले एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको पूर्व सरकारले अविश्वासको प्रस्ताव आएपछि सत्ता छाड्ने बेलामा रातो कितावमा नपरेका ११ वटा आयोजनाका लागि ४ अर्ब ५१ करोडको टेण्डर गरेको आरोप लगायो । प्रदेश सरकारका प्रवक्ता तथा विज्ञान, प्रविधी तथा सामाजिक विकास मन्त्री कुमार खड्काले एमाले नेतृत्वको पूर्व सरकारले जाने बेलामा गरेको यी योजनाहरु आर्थिक अनुशासनका हिसाबलेपनि अगाडि बढाउन नमिल्ने र यसका लागि बजेट पनि नभएको… पुरा पढौ

कांग्रेसको ७५ जिल्लाको क्रियाशील सदस्यताको काम टुङ्गियो

काठमाण्डौँ । नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनका लागि क्रियाशीय सदस्यताको काम अन्तिम चरणमा पुगेको जनाएको छ । \पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बारा र सप्तरीबाहेक सबै जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको जानकारी गराएको हो । बैठकमा समिति संयोजक रमेश लेखकले ७५ जिल्लाको क्रियाशील सदस्यताको काम सम्पन्न भएको र छिट्टै सम्पूर्ण विवरणसहितको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाइने बताएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले क्रियाशील सदस्यताको विवादले भएको ढिलाइलाई व्यवस्थापन गर्न पार्टीको… पुरा पढौ

‘विपद्बाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता’

काठमाण्डौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिए । मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले… पुरा पढौ

प्रधानमन्त्री देउवाद्वारा खोप केन्द्र बढाउन निर्देशन

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणलाई सहज रूपमा उपलब्ध गराउनका लागि आवश्यकताअनुसार खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । खोप केन्द्रमा लामो लाइन भएको गुनासो सुनिएपछि उनले आज नेपाल मुख्यसचिव शङ्करदास वैरागी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई बोलाई सो निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन समेत निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले पद बहाली गरेलगत्तै पहिलो मन्त्रिपरिषद् बैठकबाट आगामी चैत भित्र खोप… पुरा पढौ

एमाले स्थायी कमिटीद्वारा कार्यदलको सहमति अनुमोदन

काठमाडौँ। नेकपा (एमाले) को आजको स्थायी कमिटीले पार्टीको विवाद समाधान कार्यदलको सहमतिलाई अनुमोदन गरेको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा भएको बैठकले एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा गठित कार्यदलले गत असार २७ गते आन्तरिक विवाद मिलाउन १० बुँदे सहमति अनुमोदन गर्दै कार्यन्वयन गर्ने निर्णय गरेको हो । एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले १० बुँदे सहमतिलाई अनुमोदन गर्दै कार्यान्वयन गर्ने जानकारी दिए। बैठकले कार्यदललाई धन्यवाद दिँदै कार्यदलसमेत भङ्ग गरेको छ । बैठकले पार्टी अध्यक्ष ओलीको… पुरा पढौ

पोखरा महानगरका मेयर जिसीलाई हृदयघात, उपचारका लागि काठमाडौं लगिदै

पोखरा। पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ ।उनी अचानक बिरामी भई पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत छन्। थप उपचारको लागि उनलाई हेलिकप्टरबाट काठमाडौ स्थित न्यूरो अस्पताल लैजाने तयारी भएको छ। स्वास्थ्यकर्मीका अनुसार मेयर जिसीको अवस्था खतरामुक्त छ । स्वास्थ्यकर्मीले भने ‘उनी सामान्य बोलचाल गर्न सक्ने भएपनि ह्रदयाघातका कारण एक नशा ब्लक भएको देखिएको छ ।मेयर जिसीको प्रेस संयोजक माधव बरालका अनुसार पोखरा मनिपाल हस्पिटलबाट थप उपचारको लागि अहिले काठमाडौं लैजाने तयारी गरिएको छ । पुरा पढौ

संसद्को अधिवेशन आइतबार

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को आजका सिफारिशमा आगामी साउन ३ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन् । नेपालको संविधानको धारा १५७ को उपधारा (१) बमोजिम नेपाल सरकारका सिफारिशमा आइतबार अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुरा पढौ

मार्सल लगाएर बजेट पारित गर्न खोज्दा एमालेको नाराबाजी

मार्सल लगाएर बजेट पारित गरेपछि बिपक्षी एमालेले प्रतिरोध गरेको छ । बजेट सच्याउन गरेको मागको बेवास्ता गर्दै मार्सल लगाएर बजेट पारित गर्न खोजेपछि एमाले सांसदहरुले नाराबाजी गर्नुका साथै टेबल तोडफोडसमेत गरेका छन् । बजेट निर्णयार्थ पेश गर्न सभामुखले समय दिएपछि रोस्टममा जान लागेका अर्थमन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई एमाले सांसदहरुले रोक्न खोजेका थिए । तर मर्यादापालकले रोकेपछि उनीहरुले नाराबाजी शुरु गरे । त्यहिबेला अचानक आक्रोसित रुपमा प्रस्तुत भएका पूर्व भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका एमाले सांसद रामशरण बस्नेतले टेबल… पुरा पढौ

नवनियुक्त अर्थमन्त्री शर्माद्वारा खोप खरिदका लागि ५ अर्ब सहमति प्रदान

काठमाडौँ। सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति प्रदान गरेको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदवहालीपछि कोरोनाविरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु ५ अर्बको सहमति दिनेसम्बन्धी निर्णय गरेका हुन् । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मङ्गलबार सबै नागरिकलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्ने पहिलो निर्णय गरेको थियो । सरकारले आगामी असोज मसान्तसम्म एक तिहाइ र चैत मसान्तसम्म खोप लगाउने उमेर समूहका सबै नागरिकलाई खोप दिने लक्ष्य लिएको छ । खोपको पर्याप्त… पुरा पढौ