बि.सं. १९८४ असार २७ गते बुवा शङ्करलाल र आमा रम्भाको छोरीको रूपमा काठमाडौको असन त्यौडमा सहाना प्रधानको जन्म भएको थियो। वहाँको भाइ ८ महिनाको हुँदै आमा रम्भाको निधन भएकोले सानै उमेरमा वहाँ मातृवात्सल्यताबाट बिमुख हुनुभो।क्रूर निरङ्कुश,जहानिया,फासिस्ट एकतन्त्रीय राणाशासनको अन्धकारभित्र पनि बि.सं.२००४ सालमै महिला शिक्षाको माग गर्दै जुलुस निकाल्ने, आमरण अनशन बस्ने र पक्राउ खाने साहसी महिलाहरु सहाना,कनकलता,स्नेहलता र वहाँकी दिदी साधनामा पनि एउटा अग्रणी,वहाँहरुको पनि नेता हुनुहुन्थ्यो सहाना प्रधान । त्यो जगबाट उठेर सहाना नेपालको बाम–लोकतान्त्रिक आन्दोनलनकै एक सशक्त नेताको…
पुरा पढौ