राजनीति

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

काठमाण्डौं । नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ । कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले आज एक विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य पौडेललाई प्रवक्ताको जिम्मेवारी दिइएको बताइएको हो । छानबिन समितिको आधिकारिक धारणा सार्वजनिक गर्न केन्द्रीय सदस्य पौडेललाई प्रवक्ता तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । पार्टीका केन्द्रीय सदस्य रमेश लेखक संयोजक रहेको उक्त समितिमा पौडेलसहित आनन्द ढुङ्गाना, श्याम घिमिरे, जीवन परियार, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य रहेका छन्… पुरा पढौ

प्रधानन्यायाधीशकाे प्रश्न -‘अदालतले कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ ?’

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गरेका छन् । आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा सभामुखका तर्फबाट बहस गर्ने अधिवक्ता मेघराज पोखरेललाई अदालतले बहुमत छ नियुक्त गर भन्ने अभ्यास गर्न मिल्ने हो कि हैन, संविधानको धारा ७६(५) ले यही भनेको हो भनी राणाले प्रश्न गरेका हुन् । प्रधानन्यायाधीश राणाले भने, “१४६ जना… पुरा पढौ

प्रतिनिनिधिसभा विघटनः सभामुखका तर्फबाट बहस शुरु

काठमाडौँ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा शुक्रबार सरकारी पक्षको बहस सकिएपछि आज समाभुखका तर्फबाट अधिवक्ता मेघराज पोखरेलले बहस शुरु गरेका छन् । सभामुखका तर्फबाट बहस गर्ने कानून व्यवसायीका लागि एक घण्टाको समय छुट्याइएको छ । उनका तर्फबाट वरिष्ठ अधिवक्ता श्यामप्रसाद खरेल, लवप्रसाद मैनाली, उपेन्द्रकेशरी न्यौपाने र अधिवक्ता श्रीकृष्ण सुवेदीले बहस गर्नेछन् । त्यसपछि रिट निवेदकका… पुरा पढौ

प्रतिनिधिसभा विघटनः सरकारी पक्षको बहस सकियाे, सभामुखका तर्फबाट आइतबार हुने

काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सरकारी पक्षका कानून व्यवसायीको बहस आजदेखि सकिएको छ । महान्यायाधिवक्ता रमेश बडालले सोमबार सरकारी पक्षको बहसको प्रारम्भ गरेका थिए । सरकारी पक्षलाई १५ घण्टाको समय दिइएको थियो । त्यसमा सरकारी वकिल र प्रधानमन्त्रीका वकिलले सातसात घण्टा बहस गरे । त्यही समयबाट सभामुखका वकिललाई एक घण्टा समय छुट्याइएको छ । सभामुखका तर्फबाट आइतबार बहस हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा… पुरा पढौ

राष्ट्रपतिका नाममा परमादेश जारी हुन सक्दैन : पूर्वमहान्यायाधिवक्ता खेरल

काठमाडाैं । पूर्वमहान्यायाधिवक्ता अग्निप्रसाद खेरलले सर्वोच्च अदालतले प्रतिधिनिसभा विघटनसम्बन्धी रिट निवेदनमा राष्ट्रपतिका नाममा परमादेश जारी हुन नसक्ने तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उनले रिट निवेदकको माग बमोजिम राष्ट्रपतिका नाममा अदालतले परामदेश जारी गर्न नमिल्ने तर्क गरेका हुन् । “राष्ट्रपतिलाई परमादेश जारी हुन सक्दैन, रिट निवेदनमा विपक्षी पनि बनाएको छैन”, पूर्वमहान्यायाधिवक्ता खरेलले भने, “त्यसैले रिट निवेदनअनुसार आदेश जारी हुन… पुरा पढौ

राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबार शुरु हुँदै

काठमाडौँ। सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाको आठौँ अधिवेशन बिहीबारदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्का सिफारिसमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा असार १७ गते अपराह्न ४ बजे अधिवेशन आह्वान गरेकी छिन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेका अनुसार कोभिड–१९ को सङ्क्रमणकैबीच आह्वान भएको अधिवेशन सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ । उनले भने “स्वास्थ्य मापदण्डअनुसार भौतिक दूरी कायम गरी बस्न सकियोस् भनी सभाहलको मर्मत सुधार गर्नेलगायत सम्पूर्ण काम… पुरा पढौ

प्रतिनिधिसभा विघटनका मुद्दामा आज पनि सरकारी पक्षकै बहस

काठमाडौँ। प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षकै तर्फबाट बहस हुनेछ । सोमबारदेखि महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व सरकारी पक्षको बहस प्रारम्भ गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आज सहन्यायाधिवक्ता गोपालप्रसाद रिजालले १५ मिनेट बसह गर्नेछन् । उनले एकपटक विश्वासको मत लिन सक्दिन भनेपछि पुन प्रधानमन्त्री दावी गर्न मिल्ने नमिल्ने र प्रधानमन्त्रीको दुरासय रहे नरहेको विषयमा व्याख्या गर्नेछन् । सरकारी पक्षबाटै सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले ३० मिनेट… पुरा पढौ

मुख्यमन्त्री पोखरेल–इजरायली राजदूत भेट

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच मंगलबार पोखरामा भेट भएको छ । पोखरास्थित मुख्यमन्त्री कार्यकक्षमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले कृषिमा दक्ष जनशक्ति उत्पादन गरी व्यावसायिकता बृद्धि गर्न आफूहरु इजरायलसँग सहकार्य गर्न तयार रहेको बताए ।अहिले गण्डकी सरकारले युवा किसानलाई तालिमका लागि इजरायलमा पठाउँदै आएको र आगामी वर्षमा समेत यो कार्यक्रमले निरन्तरता पाउने उनले बताए । यसको व्यवस्थापन लमजुङस्थित आराभा नेपाल मोर्डन एग्रिकल्चर लिमिटेडले गरिरहेको छ । आराभा नेपाल इजरायलमा गई त्यहाँको… पुरा पढौ

कानूनको पहुँचबाट बञ्चित नागरिकलाई सरकारले निःशुल्क कानूनी सहायता दिने

काठमाडाैं । कानूनको पहुँचबाट बञ्चित नागरिकलाई समान अवसर अभिबृद्धि गर्न सरकारले ७७ वटै जिल्लामा निःशुल्क कानूनी सहायता दिने भएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले निःशुल्क कानूनी सहायताको सेवा ४७ जिल्लामा मात्र सीमित रहेकोमा आगामी आर्थिक वर्षदेखि सबै जिल्लामा अधिकृतस्तरको कानून व्यवसायीबाट कानूनी सहायता उपलब्ध गराउने व्यवस्था गरेको हो । कानूनमन्त्री लिलानाथ श्रेष्ठले पद बहालीपश्चात छ महिनामा सम्पादित मुख्यकार्य विवरण रार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निःशुल्क कानूनी सहयाता सेवा, स्थानीय तहमा न्यायिक समितिको क्षमता अभिवृद्धि, निःशुल्क… पुरा पढौ

स्मृतिमा पुष्पलाल

नेपाल कम्युनिष्ट पार्टीको संस्थापक नेता पुष्पलालको जन्म वि.सं. १९८१ असार १५ गते रामेछाप जिल्लाको भङ्गेरीमा बुवा भक्तलाल र आमा तुलसीकुमारीको माहिला छोराका रूपमा भएको थियो । पुष्पलालका एक दाजु गङ्गालाल, तीन भाइ गौरीलाल, देवीलाल, विजयलाल श्रेष्ठ एवम् बहिनी पुष्पलता हुन् ।पिता भक्तलाल २००९ सालको अखिल नेपाल न्यून वैतनिक सरकारी कर्मचारीहरूको हडतालको क्रममा एक्सन कमिटीको अध्यक्ष पनि बन्नुभएको थियो । वि.सं.१९९७ माघ महिनामा आफ्ना दाजु शहीद गंगालाल श्रेष्ठलाई गोली ठोकी मार्नु ठीक एकदिनअघि भद्रगोल जेलमा स(परिवार भेट्न जाँदा गङ्गालालले पुष्पलाललाई ुमाइला,… पुरा पढौ