राजनीति

गण्डकी डाइभर्सन गण्डकी प्रदेशको हित बिपरित सर्वपक्षीय निष्कर्ष

पोखरा । गण्डकी प्रदेश सरकार, राजनीतिक दलहरु र नागरिक समाजले काली गण्डकी डाइभर्सन खारेज गर्न माग गरेका छन् । गण्डकी प्रदेश सरकारले सोमबार आयोजना गरेको सर्वपक्षीय छलफलमा प्रदेश सरकार, राजनीतिक दलहरु तथा नागरिक समाजका प्रतिनिधिहरुले काली गण्डकी डाइभर्सन गण्डकी प्रदेशको हित बिपरित भएकाले यो खारेज हुनुपर्ने बताएका हुन् । आयोजना तत्काल रद्ध गर्न एक स्वरमा माग गरेका उनीहरुले साझा अवधारणासमेत सार्वजनिक गरेका छन् । बैठकपछि जारी निर्णयमा भनिएको छ, ‘भौगोलिक, सांस्कृतिक, पर्यावरणीय, राजनीतिक, आर्थिक, सामाजिक र ऐतिहासिक महत्व बोकेको कालीगण्डकी… पुरा पढौ

अदालतमा हिंसालाई दुरुत्साहन गरियो : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसालाई दुरुत्साहन गर्ने गरी बहस हुँदा पनि सर्वाेच्च अदालततले रोक्न नसकेको बताएका छन् । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आगामी दिनमा अदालतमा हिंसालाई दुरुत्साहन गर्ने काम हुन नहुने जनाउँदै प्रश्न गरे, “विद्वान अधिवक्तालाई आफ्नो भनाइ सम्हालिएर राख्न न्यायमूर्तिले भन्न सक्नुहुन्थेन र ?” प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतमा जारी सुनुवाइमा एक अधिवक्ताले फ्रान्स र बेलायतका घटनाको उदाहरण… पुरा पढौ

बिहानी सहकारीद्धारा सहारा एकेडेमीलाई स्टेशनरी सहयोग

पोखरा । पोखराको बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा १७ मा रहेको सहारा फुटवल एकेडेमीका वालकहरुको लागि स्टेशनरीका सामान सहयोग हस्तान्तरण गरेको छ । सहकारीको १३ औं बार्षिकोत्सको अवसरमा संस्थाका पदाधिकारीको टोलीे आइतबार एकेडेमी परिसरमै पुगेर १० हजार मुल्य बराबरको स्टेशनरीका सामान सहयोग हस्तान्तरण गरेको सहारा क्लवका महासचिव रामजी प्रसाद अधिकारीले बताए । संस्थाका अध्यक्ष धर्मराज भण्डारी, उपाध्यक्षहरु हरीकृष्ण तिवारी, सुसिला अधिकारी सिग्देल, सचिव सुजन अधिकारी, कार्यक्रम संयोजक प्रेम गिरी लगायतको टोलीले सहारा क्लवका बरिष्ठ उपाध्यक्ष हरीराम गुरुङ,… पुरा पढौ

प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका हुन् । जननेता मदनकुमार भण्डारीको ७०औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेशनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले ती पुरस्कार प्रदान गरेका हुन् । कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर… पुरा पढौ

प्रतिनिधिसभा विघटन मुद्दामा आजदेखि सरकारी पक्षको बहस शुरु

काठमाडौँ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज सरकारी पक्षको बहस शुरु भएको छ । महान्यायाधिवक्ता रमेश बडालले बहसको प्रारम्भ गरेका छन्। उनलाई तीन घण्टाको समय तोकिएको छ । विपक्षी अर्थात् सरकारी तर्फबाट महान्यायाधिवक्ताले बहस गरिसकेपछि पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्निप्रसाद खरेलले पनि बहस गर्ने छन् । आइतबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ पूर्वसांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ सकिएको थियो । निवेदक पक्षलाई १२ घण्टाको समय दिइएको थियो । सो समयमा रिट निवेदकका तर्फबाट ३६ कानून… पुरा पढौ

माधव समूहलाई एमालेमा फर्काउन अन्तिम प्रयास गर्ने स्थायी कमिटि बैठककाे निर्णय

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक यही असार १६ गतेका लागि तय गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आजको स्थायी कमिटी बैठकले मुलुकको पछिल्लो राजनीतिक अवस्था, सर्वाेच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दा, दलको महाधिवेशन आयोजक कमिटीमाथि उठाइएका विवादलगायत विषयमा छलफल गर्न सो दिन बिहान ११ बजे बैठक डाकिएको दलका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । एमालेको गत फागुन २८ गतेको केन्द्रीय कमिटीको बैठकले आयोजक कमिटी गठन गरेको थियो । सो निर्णयमा नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट… पुरा पढौ

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा चौथो दिनको सुनुवाइ जारी

काठमाडौँ। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा आज चौथो दिनको सुनुवाइ जारी छ । रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ निवर्तमान सांसदले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ । देउवा पक्षका कानून व्यवसायी वरिष्ठ अधिवक्ता सविता भण्डारीले बहस शुरु गर्दैै प्रतिनिधिसभा विघटन असंवैधानिक भएको तर्क राखे । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास बुधबारदेखि नियमित सुनुवाइ भइरहेको छ । यसअघि पनि कानून व्यवसायीले बहसका क्रममा राष्ट्रपति… पुरा पढौ

सरकार बनेकाे दुई सातापछि गण्डकीमा मन्त्रीहरुको कार्यविभाजन

पाेखरा । सरकार गठन भएको दुई सातापछि गण्डकी प्रदेशका मन्त्रीहरुको मन्त्रालय टुंगो लागेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री परिषद बिस्तार गरेको करीब दुई सातापछि मन्त्रीहरुको कार्यविभाजन गरेका हुन् । यद्यपि औपचारिक रुपमै जिम्मेवारी भने सुम्पिनसकेको मुख्यमन्त्री पोखरेलको सचिवालयले जनाएको छ । पोखरेल गत जेठ २९ गते नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन उनले आफूलाई सहयोग गर्ने दलहरुबाट एक÷एक जना र स्वतन्त्र एक गरेर ५ सदस्यीय… पुरा पढौ

सुरक्षा निकायलाई गृहमन्त्री पौडेलको निर्देशन

काठमाण्डौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले दबाब र प्रभावबिना काम गर्न गृह मन्त्रालय मातहतका कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिए । गृहमन्त्रीको रूपमा आज पदभारग्रहणपछि आयोजित समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले प्रहरी र गृह प्रशासनमा आफूबाट कुनै हस्तक्षेप नहुने स्पष्ट पार्दै जिम्मेवारी कर्तव्यनिष्ठ भएर काम गर्न मातहतका निकायलाई निर्देशन दिए । आफू फरक खालको व्यक्ति भएको जानकारी गराउँदै उनले हरेक व्यक्ति आआफ्नो जिम्मेवारी सम्पादन गर्न सबै स्वतन्त्र हुने बताए। उनले जिम्मेवारी अनुसार आफूलाई नतिजा भने चाहिनेसमेत उल्लेख गरे। गृहमन्त्री पौडेलले भने,… पुरा पढौ

समाजसेवी टिका गुरुङ कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति समितिको विज्ञमा नियुक्त

नेपाली कांग्रेस अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिको विज्ञमा युवा व्यवसायी तथा समाजसेवी टिका गुरुङ नियुक्त भएकी छन् । नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले पोखरेली चेली गुरुङलाई मनोनित गरेका हुन् । अन्तराष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिको संयोजकमा गेजा शर्मा वाग्ले र निर्देश्कमा डा.जगदीशचन्द्र पोखरेल रहेका छन् । पुरा पढौ