गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोना विरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । सम्बृद्धि कृषि बचत तथा ऋण सहकारी संस्थाले शनिबार लेखनाथमा आयोजना गरेको रक्तदान कार्यक्रमको शुभारंभ गर्दै, मन्त्री आचार्यले खोपलाई प्राथमिकता दिदै, त्यसका लागि मुख्यमन्त्रीले संघिय सरकारसँग समन्वय गरिरहेको बताएका हुन । उनले एक दुई दिनमै मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका बिषयमा कुराकानी गर्ने उल्लेख गरे ।मन्त्री आचार्यले जनता बचाउनु नै प्रदेश सरकारको पहिलो प्राथमिकता भएको उल्लेख गर्दै, सार्वजनिक खरिद ऐनको पालना लगायतका…
पुरा पढौ