राजनीति

ओलीलाई एमाले र प्रचण्डलाई माओवादी केन्द्र दिने निर्वाचन आयोगको निर्णय

काठमाण्डौं । निर्वाचन आयोगले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अबदेखि अलगअलग राजनीतिक दलका रूपमा रहेको भनी सङ्घीय संसद् सचिवालय, प्रदेशसभा सचिवालय र सबै जिल्ला निर्वाचन कार्यालयलाई जानकारी गराउने निर्णय गरेको छ । आयोगको आजको बैठकले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सर्वोच्च अदालतको फैसलाबाट बदर भएको जनाउँदै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बेग्लाबेग्लै दल कायम भएको निर्णय गरी ती निकायलाई जानकारी गराउने भएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । आगामी दिनमा पुनःएकीकरण गर्ने भए राजनीतिक… पुरा पढौ

कांग्रेस नेता जोशीको अवस्था बिग्रिएपछि पुनः भेन्टिलेटरमा

काठमाण्डौं । मष्तिष्कघात भई नर्भिक अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई पुनः भेन्टिलेटरमा राखिएको छ । गत फागुन १४ गतेदेखि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार भएपछि भेन्टिलेटरबाट निकालिएको थियो । अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै जोशीको स्वास्थ्य अवस्थामा अचानक समस्या आएपछि पुनः भेन्टिलेटरमा राखेर उपचार गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘शनिबार बिहानदेखि श्वासप्रश्वास र मुटुको चालमा गडबडी भएपछि अस्पतालले पुनः भेन्टिलेटरमा राखेर उपचार जारी राखेको छ । भेन्टिलेटरको सहयोगबाट उनको… पुरा पढौ

एमाले र माओवादी केन्द्र अलग अलग : ‘सर्वोच्चको फैसला अनुचित’

काठमाण्डौं । नेपाल कम्युुनिष्ट पार्टी ९नेकपा०को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको सो पक्षका स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो । सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबीभन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । “पार्टीको नामका सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै… पुरा पढौ

नेकपा एमाले सबैलाई समेटी अगाडि बढ्ने : मन्त्री ढकाल

काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटी अगाडि बढ्ने बताएका छन् । नेकपा (एमाले) मोरङ जिल्ला पार्टी कार्यालयको आज शुभारम्भ गर्दै वर्तमान सरकारले विश्वासको मत पाए सरकार सञ्चालन गर्ने अन्यथा स्थानीय निकाय र सङ्घीय निर्वाचनका लागि जनताको एमाले पार्टी नयाँ जनादेशमा जान तयारी शुरु गरेको बताए । उनले एमालेले संसद्मा विश्वासको मत लिने स्पष्ट पार्दै यसका लागि पार्टीलाई एउटा दलका साथ लिए विश्वासको मत प्राप्त हुने तर अन्यले तीन दलको साथ पाउनुपर्ने… पुरा पढौ

उच्च पदमा महिला पुग्दैमा महिला हिंसा रोकिदैन !

महिला अधिकारकर्मी तथा महिला नेतृहरुले राज्यको उच्च पदमा महिला पुग्दैमा महिला हिंसा नरोकिने बताएका छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला समिति कास्कीको आयोजनामा सोमबार पोखरामा भएको कार्यक्रममा महिला अधिकारकर्मी तथा नेतृहरुले एकाध महिला राज्यको उच्च पदमा पुग्दैमा महिला हिंसा नरोकिने बताएका हुन् । कार्यक्रममा बोल्दै अनेमसंघकी केन्द्रीय संयोजक अमृता थापा मगरले महिला हिंसा न्यूनिकरणमा राज्यले प्रभावकारी कदम नचालेको गुनासो गरिन् । महिला हिंसा न्यूनिकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैपनि सकारात्मक नभएको उनको आरोप छ । एकाध महिला… पुरा पढौ

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

प्रचण्ड–नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति भएको टिप्पणी गरेको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज (सोमबार) विहान स्थायी कमिटी बैठक बोलाएको छ।बैठक विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिएका छन्। सर्वाेच्च अदालतले नेकपा नामको विवादमा गरेको फैसला र आगामी रणनीति तयार गर्न बैठक बस्न लागेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। प्रचण्ड–नेपाल समूहले सर्वाेच्चको फैसला राजनीति भएको टिप्पणी गरेको छ । प्रवक्ता श्रेष्ठले आइतबार सामाजिक सञ्जालमा कानुनको विरुद्धमा राजनीतिक फैसला भएको र त्यसमा… पुरा पढौ

प्रतिपक्ष र दाहाल–नेपाल समूहद्वारा सदनमा अवरोध

काठमाण्डौं । सरकारले विभिन्न मितिमा जारी गरेका अध्यादेश सदनमा पेश गर्ने कि नगर्ने भन्ने विषय विवादमा भएपछि प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदनको आजको बैठकको कार्यसूचीमा रहेको अध्यादेश प्रस्तुत गर्ने विषय अघि बढाउनासाथ दाहाल–नेपाल समूहले उठेर विरोध जनाएपछि सभामुखले नेता भीम रावललाई बोल्न समय प्रदान गरे । नेता रावलले सदन प्रारम्भ भएको पहिलो बैठकमा सांसद र पूर्वसांसदले गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा पु¥याएको योगदानको सम्मान गर्दै सदनले शोक प्रस्ताव पारित गरी बैठक अन्त्य गर्नुपर्नेमा अध्यादेशलगायत… पुरा पढौ

प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकालाई लिएर प्रधानमन्त्री असन्तुष्ट

काठमण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आजको बैठकमा देखिएको व्यवहारप्रति गम्भीर असन्तुष्टि प्रकट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ सम्पन्न नेकपाको संसदीय दलको बैठकमा उनले संसदीय परम्परानुसार प्रतिनिधिसभाको आजको बैठक अगाडि नबढेको भन्दै असन्तुष्टि जनाउनुभएको सो पार्टीका राष्ट्रिय सभाका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए। प्रतिनिधिसमाको बैठक शुरु हुनुअगाडि सभामुखले संसदीय परम्पराअनुसार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुपर्नेमा त्यसो नभएको भन्दै प्रधानमन्त्रीले गुनासो गरेको नेता भट्टराईले बताए । बैठकपछि नेता भट्टराईले भने, “संसद्को बैठक बस्नुअगाडि कार्यव्यवस्था परामर्श समितिको… पुरा पढौ

प्रचण्ड –माधव समूहको स्थायी कमिटी बैठक भोलि

काठमाण्डौं । प्रचण्ड –माधव समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक सोमबार बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएका अवस्थामा भावी रणनीतिबारे छलफल गर्न सो समूहले बैठक बोलाएको हो । समूहले फैसलापछिको अवस्थाबारे कानून व्यवसायीसँग छलफल गरेको थियो । छलफलमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपाललगायतको सहभागिता थियो । पुरा पढौ

‘नेपाल कम्युनिष्ट पार्टी’ कट्टेलको पक्षमा

काठमाडौं । सर्वोच्च अदालतले ‘नेपाल कम्युनिष्ट पार्टी’ नामक राजनीतिक दल ऋषि कट्टेलले नेतृत्व गरेकै दलको भएको फैसला गरेको छ । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आज उक्त दल कट्टेलकै भएको फैसला सुनाएको हो । रिट निवेदकको मागबमोजिम रिट जारी गर्ने अदालतको फैसला भए पनि फैसलाको पूर्ण पाठ भने आउन बाँकी रहेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आफ्नो दलको नामसँग जुधाएको भनी नेपाल कम्युनिष्ट… पुरा पढौ