राजनीति

सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि आह्वान

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउनका लागि सङ्घर्षको मैदानमा उत्रिन अपिल गरेको छ । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त अपिल जारी गर्दै सर्वोच्च अदालतलाई दवाव र धम्कीबाट मुक्त हुने वातावरण निर्माणका लागि सम्पूर्ण चेतनशील नागरिकलाई आह्वान गरेका हुन् । विगतमा भएका कतिपय कमजोरीप्रति सजग हुँदै भविष्यमा नदोहोरिउन् भन्ने कुरामा आफूहरु सचेत रहेको प्रष्ट पार्दै उनिहरुले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा… पुरा पढौ

विघटनविरुद्ध आन्दोलन गर्न युवा विद्यार्थीलाई प्रचण्डको आग्रह

कामाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को दाहाल-नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको एकतामा गरिएको सहमति कार्यान्वयनमा आफूले देखाएको उदारता नै कमजोरी रहेको बताएका छन् । आइतबार राजधानीमा अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको एक नेताले अल्पमतमा परेपछि सजिलै छाडिदिएको भए पार्टी फुट्न अवस्था नै आउने थिएन भने । मुलुकमा प्रतिनिधिसभा विघटन गरी संविधानमाथि प्रहार भएको जिकिर गर्दै पूर्वप्रधानमन्त्री दाहालले अब हुन सक्ने षड्यन्त्रविरुद्ध आन्दोलनमा लाग्न युवा तथा विद्यार्थीलाई आह्वान गरे । उनले प्रतिनिधिसभा र पार्टीको… पुरा पढौ

लोकतन्त्र र संविधानको रक्षाका लागि एक होऔँ ः वरिष्ठ नेता पौडेल

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताउनुभएको छ । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका सेनानी कांग्रेसका पूर्वक्षेत्रीय सभापति भक्तिप्रसाद तिमिल्सिनाको सातौँ पुण्यतिथिका दिन यहाँ आज आयोजित श्रद्धाञ्जलिसभामा उहाँले सबैको एकता र लगनशीलताले मात्र लोकतन्त्र र संविधानको रक्षा गर्न सकिने स्पष्ट गर्नुभयो । उहाँले तिमिल्सिनाको निधनले पार्टीलाई एउटा कर्मीमौरीको रिक्तता खड्कन पुगेको बताउँदै उहाँ जस्ता कार्यकर्ताका कारण कांग्रेसले आजसम्म विभिन्न आन्दोलनको नेतृत्व गर्न सकेको हो भन्नुभयो । उहाँले भन्नुभयो, “राजनीति त्यागको पाटो… पुरा पढौ

प्रधानमन्त्री ओलीको प्रश्न : “मैले हँसाएँ भनेर किन पीर ?”

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रलाई कसैको इशारा वा कसैको निजी स्वार्थका लागि प्रतिगमनतर्फ जान नदिइने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं १ को आज काठमाडौँमा उपलब्ध कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष ओलीले सुशासन र विकासका प्रयास भइरहेका बेला कोरोना महामारी र सत्तारुढ दलभित्रको विवादले केही प्रतिकूलता सिर्जना गरे पनि यसलाई चिर्दै सरकार अघि बढेको स्पष्ट गरे । आफूमाथि ‘हँसाउने कुरा मात्रै गरेको’ भन्ने टिप्पणीतर्फ सङ्केत गर्दै उनले… पुरा पढौ

देशभरका पालिकाहरुमा आज काँग्रेसको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली काँग्रेसले आज (शनिबार) देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ। यसअघि, काँग्रेसले पुस १३ गते १ सय ६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ। पार्टी सभापति शेरबहादुर देउवाले ७ सय ५३ स्थानीय तहमा शनिबार हुने विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन सबैलाई आग्रह गरेका छन्। सभापति देउवाले शुक्रबार विज्ञप्तिमा लेखेका छन्, ‘संसद् विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको व्यवस्था प्रतिकूल,… पुरा पढौ

कांग्रेस सरकारमा जाँदैन : महामन्त्री कोइराला

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । सञ्चारकर्मीसँग आज चितवनमा कुराकानी गर्नुहुँदै उनले भने, “निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ ।” यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो । उनले भने “अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन ।” कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो । फरक प्रसङ्गमा बोल्दै उनले अहिले कांग्रेस… पुरा पढौ

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच भेटवार्ता

काठमाडौँ।नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिने सिलसिलामा नयाँदिल्लीमा रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुब्रह्मण्यम जयशङ्करबीच हैदरावाद हाउसमा आज बिहान भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका साथै समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय चासोका विविध विषयमा विचारविमर्श भएको थियो । बैठकमा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य तथा भारतका बाह्य मामिला सचिव हर्षवद्र्धन श्रृङ्गला र नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्रा पनि सहभागी भएको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । आजै… पुरा पढौ

ओलीले भारतसामु आत्म समर्पण गरिसके : बाबुराम

जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीले भारतसामु आम्तसमर्पण गरिसकेको बताएका छन् । जनता समाजवादी पार्टीको संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको बिरुद्ध पोखरामा बुधबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै डा.भट्टराईले ओलीले आफ्नो शासन सत्ता लम्ब्याउन भारतसामु आत्मसमर्पण गरिसकेको आरोप लगाएका हुन् । ा हिजो जोसँग लड्यो त्यहिसँग केपी ओलीले घुँडा टेकिसक्यो,भारतको नाम नलिईकन उनले भने,‘ओलीले आत्म समर्पण गरेर शासन सत्ता लम्ब्याउँदैछ, त्यसका लागि नै प्रतिनिधि सभा विघटन गर्ने राष्ट्रघाती कदम चालेको हो । यसको… पुरा पढौ

पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्नेहरु नयाँ जनादेशमा जानुुपर्छ मन्त्री रायमाझी

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले परिवर्तनका मुुद्दा र उपलब्धि गुुम्ने खतरा भएपछि प्रधानमन्त्रीले रहरले नभई बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जानुु परेकोे स्पष्ट गर्नुुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा आज यहाँ आयोजित साक्षात्कारमा उहाँले आगामी चुुनावबाट जसलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बन्न इच्छा लाग्छ, उहाँहरु खुुशी भएर नयाँ जनादेशमा जानुुपर्नेमा किन अप्ठेरो मानिरहनुुभएको छ भनी प्रश्न गर्नुुभयो । मन्त्री रायमाझीले भन्नुुभयो, “तीन वर्षसम्म सरकारमा बस्ने, अनि आफूू हिँडेपछि प्रधानमन्त्रीलाई पनि ढालेर सडकमा पुु¥याउने ? ढुुङ्गामुुढा र… पुरा पढौ

आफ्नो अपराध खुल्ने डरले ओलीले संसद विघटन गरे : नारायणकाजी

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक मात्र नभई, अप्रजातान्त्रिक, अलोकतान्त्रिक, प्रतिगामी, तानाशाही र निरंकुशपनि भएको आरोप लगाएका छन् । नेकपा गण्डकी प्रदेश स्तरिय बृहद कार्यकर्ता भेला, संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानमा संसद विघटन गर्ने अधिकार नै नभएको दाबी गरेका हुन् । आफ्नो अपराध खुल्ने भयो भन्ने भएपछि डराएर ओलीले संसद विघटन गरेको उनको आरोप छ । नेकपा स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज देवेन्द्र पौडेलले संविधान मिच्ने ओली अराजक र… पुरा पढौ