राजनीति

केपीले चलाएको पार्टी होईन, केपी ओली फाउण्डेसन हो : माधव नेपाल

नेकपाका अध्यक्ष माधवकुमार नेपालले ओलीको नेकपालाई पार्टी नभई फाण्डेसन भएको टिप्पणी गरेका छन् । नेकपा गण्डकी प्रदेश स्तरिय बृहद कार्यकर्ता भेला, संघर्ष अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘केपीले अहिले बनाएको केपी ओली फाउण्डेसन हो, पार्टी होईन ।’ उनले उखान तुक्काले देश र पार्टी नबन्ने र नचल्ने बताए । सर्वोच्च अदालत र निर्वाचन आयोग केपी ओलीको सेटिङमा नफस्ने दाबी गरेका छन् । उनले यस्तो बताएका हुन् । अहिले केपी ओलीले सर्वोच्च अदालत, निर्वाचन आयोगलगायतमा मैले सेटिङ गरेको छु, त्यसैले नेकपा, सूर्य… पुरा पढौ

जबज र मदन भण्डारीको लाईन केपी ओलीले छाडेको हो, माधव नेपालले होईन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय पुष्पकमल दाहाल प्रचण्डले संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा नभएकाले संसद पुर्नस्थापना हुने दाबी गरेका छन् । नेकपा गण्डकी प्रदेश स्तरिय बृहद कार्यकर्ता भेला, संघर्ष अभिमुखीकरण कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै उनले भने,‘तपाईंहरु ढुक्क हुनुस्, संसद पुर्नस्थापना हुन्छ त्योपनि सर्वोच्च अदालतकै फैसलाबाट ।’ उनले संविधान विपरित अदालतबाट संसद पुर्नस्थापना नभए जनताको बलबाट संसद पुर्नस्थापना गर्ने चेतावनी दिए । अध्यक्ष प्रचण्डले आधिकारिक नेकपा आफूहरु नै भएको र सूर्य चिह्नपनि आफूहरुले नै पाउनेमा आफूहरु ढुक्क रहेको बताए ।… पुरा पढौ

काँग्रेस सभापति देउवा माघ १ गते पर्वत आउने

पोखरा । शहिद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमा उनको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ । उनको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो । भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । भवन उद्घाटन नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । कार्यक्रममा पार्टीका नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुन जोशीलगायतका नेताहरु सहभागी हुने छन् । कार्यक्रमको तयारी तिव्र पारिएको प्रतिष्ठानका… पुरा पढौ

गजकुमारी गुरुङद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार

पुराना कम्युनिष्ट नेतृ गजकुमारी गुरुङले नेपाल कम्युनिष्ट पार्टी (ओली) पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् । गुरुङले आईतबार एक विज्ञप्ती जारी गर्दै नेकपा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेको जनाएकी हुन् । शुरुमा केन्द्रीय सदस्य पद पाउँदा खुसी लागेपनि प्रधानमन्त्री ओलीले जनमतलाई खिल्ली उडाउँदै नेपाली जनताले लडेर ल्याएको गणतन्त्र र प्राप्त संविधानको रक्षा नगरेको निश्कर्षमा आफू पुगेकाले ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेको उनले बताएकी छन् । साथै उनले प्रधानमन्त्री ओलीले आवेगमा आएर संसद विघटन गरेको र… पुरा पढौ

संसद पुनःस्थापना कुनै हालतमा हुन सक्दैन : प्रम ओली

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताउनुभएको छ । राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उहाँले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघट्न भएको स्पष्ट पार्दै यो राजनीतिक प्रश्न हो भन्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्दै संविधानले तोकेबमोजिमले जाँदा अस्थिरता नहुने बताउनुभयो । साथै उहाँले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेपछि संसद् विघटन गरिएको प्रष्टिकरण… पुरा पढौ

नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उहाँले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गर्नुभयो । उहाँले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने… पुरा पढौ

नेपाली भूमि फिर्ता भएरै छाड्छः प्रम ओली

काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दललाई जनतालाई अपार विश्वास गरी मुलुकमा राजनीतिक स्थिरता दिए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गरिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उहाँले जनादेशाअनुसार सरकार अघि बढिरहे पनि बहुमतलाई खण्डित गर्ने र अनुचित अलोकतान्त्रिक लेनदेन गरेर मुलुकको राजनीतिलाई अस्थिरतातर्फ उन्मुख बनाउन खोजिएको टिप्पणी गर्नुभयो । उहाँले प्रतिनिधिसभा लगातार पाँच वर्ष चल्ने तथा देश, जनता, संविधान र लोकतन्त्रको रक्षामा जाने सोचिएको भए पनि सरकारलाई काम गर्न बाधा उत्पन्न गर्ने… पुरा पढौ

नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन उपाध्यक्ष गौतमको अपिल

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का उपाध्यक्ष वामदेव गौतमले कुनै पनि पक्षमा नलागी नेकपा एकता राष्ट्रिय अभियानमा सङ्गठित हुन नेकपाका सबै नेता अपिल गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको संयोजकका रुपमा आज अपिल जारी गर्दै उहाँले नेकपाका सम्पूर्ण नेता कार्यकर्तालाई आफू आबद्ध रहेकै ठाउँबाट नेकपाको एकता अभियानका नाममा सङ्गठन खडा गर्न आग्रह गरेका हुन् । पार्टी विभाजनमा ढल्केका नेता कार्यकर्तालाई सम्झाउन आग्रह गर्दै उनले कुनै पनि समूहका नेता कार्यकर्तालाई गालीगलौजको शैलीमा विरोध नगर्न पनि अनुरोध गरे।… पुरा पढौ

कांग्रेसद्वारा सबै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलगायतविरुद्ध ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा आज विरोध प्रदर्शन एवं सभा आयोजना गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा, पार्टीका पदाधिकारीलगायत नेताहरुले विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा आयोजित प्रदर्शनमा सम्बोधन गरी प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदम लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकूल भएको धारणा व्यक्त गरेका थिए । कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध आगामी माघ ३ गते ७५३ पालिका र माघ ८ गते ७५३ पालिकाका छ हजार ७४३ वडामा विरोध प्रदर्शन एवं सभाको आयोजना गर्ने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद… पुरा पढौ

निर्वाचनमा ढुक्क भएर होमिन प्रधानमन्त्रीको आह्वान

धनगढी । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभाको निर्वाचनमा ढुक्क भएर होमिन स्थानीय नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् । धनगढीमा आज आयोजित नेकपा सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आउने चुनावमा गलत उम्मेदवारलाई नभई देश विकासमा लाग्नेलाई मत दिन आग्रह गरे । प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर भन्नेहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्दै प्रधानमन्त्रीले भने, “६४ प्रतिशतको प्रतिनिधित्व गरेको प्रधानमन्त्रीले देश बर्बाद हुने महसुस गरी ताजा जनादेशमा जाने निर्णय गरेको हो… पुरा पढौ