राजनीति

मन्त्रिपरिषद् निर्णय : सीमामा लगाइँदै आएको प्रतिबन्ध मंसिर मसान्तसम्म लम्बियो

कात्तिक २७ काठमाण्डौ । सरकारले सीमा नाकामा लगाउँदै आएको प्रतिवन्धलाई मंसिर मसान्तसम्म कायम राख्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण र रोकथामका लागि भन्दै सरकारले गत चैत ११ गतेबाट सीमा नाकामा लगाएको प्रतिवन्ध मंसिर ३० सम्मलाई यथावत राखिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधीमन्त्री पार्वत गुरुङले जानकारी दिए । यस्तै, सरकारले नेपालमा नै रसायनिक मल कारखानाको स्थापना गर्ने निर्णय गरेको छ ।सरकारले त्यसका लागि कारखानाको सम्भाब्यता, लगानीको मोडल र कारखानासंग सम्बन्धित सबै विषयको अध्ययनका लागि अर्थमन्त्री… पुरा पढौ

कांग्रेस केन्द्रिय कार्यसमिति बैठक फेरि स्थगित

कार्तिक २६ काठमाण्डौं ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकोको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भोली बस्ने भनिएको बैठक एक दिन पर सरेको छ । यसअघि बिहीबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक शुक्रबार १ बजे बस्ने गरि स्थगित भएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । पार्टीभित्रको आन्तरिक विवादका कारण डेढ महिनादेखि कांग्रेसको केन्द्रीय कार्यसमिति पटक–पटक स्थगित हुँदै आएको छ । आइतबार विवाद समाधानका लागि पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकले सहमति जुटाए पनि केन्द्रीय… पुरा पढौ

पूर्वराज्यमन्त्री गौचनको निधन

कार्तिक २६ बागलुङ । पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । पूर्व स्वास्थ्य राज्यमन्त्री गौचनको ८५ वर्षको उमेरमा निधन भएको पारीवारिक स्रोतले जानकारी दिएको छ । वि.सं १९९२ मा बागलुङ नगरपालिका–३ नारायणचोकमा जन्मिएका गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा बुधबार निधन भएको हो । वि.सं २०२४ मा बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भएका उनले २०४३ मा स्वास्थ्य राज्यमन्त्री जिम्मेवारी सम्हालेका थिए । यस्तै उनी वि.सं २०४८ को चुनावमा नेपाली काङ्ग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं ३ को सांसदमा निर्वाचित भएका थिए… पुरा पढौ

विवाद भएपनि पार्टी फुट्दैन : प्रधानमन्त्री ओली

कात्तिक २६ सङ्खुवासभा । पार्टीमा विवाद भएपनि पार्टी नफुट्ने प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरेका छन् । आज सङ्खुवासभाको किमाथाङ्का नाका, सीमा सुरक्षा पोस्ट (बीओपी) र बहुचर्चित अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षणका क्रममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । नेकपाका अध्यक्ष समेत रहेका ओलीले पार्टी साना–साना टुक्रा मिलेर बनेकाले तत्काल नफुट्ने दावी गरे । उनले नागरिकको जनमतद्वारा आफू पार्टी अध्यक्ष र प्रधानमन्त्री भएकाले कसैले रहर गर्दैमा प्रधानमन्त्री र सरकार परिवर्तन नहुने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले सडक… पुरा पढौ

सर्वोच्चले दिएन बामदेव विरुद्ध अन्तरिम आदेश , गौतमलाई मन्त्री बन्ने बाटो खुला

कार्तिक २६ काठमाडौ । राष्ट्रिय सभा सदस्यामा नियुक्त गरिएका नेकपाका उपाध्यक्ष वामदेव गौतमको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सरकारले गौतमलाई राष्ट्रिय सभा सदस्यमा गरेको नियुक्ति बदर गर्न माग गर्दै परेको रिटमाथि बुधबार प्रधानन्यायधिससहितको संबैधानिक इजलासले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमविरूद्ध हालेको रिट निवेदनमा प्रधानन्यायाधीश चोलेन्द्र राणा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको संवैधानिक इजलासले अन्तरिम आदेश दिन… पुरा पढौ

राजमो अध्यक्ष केसीलाई कोरोना संक्रमण

कार्तिक २६ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। केसीको परिवारिक स्रोतका अनुसार आज पिसीआर रिपोर्ड पोजेटिभ आएको हो । झण्डै एक महिनादेखि बुटवलमा रहेका केसीमा रुघा, खोकी तथा ज्वरो आउने समस्या देखिएपछि पीसीआर परीक्षण गरिएको थियो । पुरा पढौ

सचेतक सांसद गुरुङ कोरोना संक्रमण मुक्त

नेकपा गण्डकी प्रदेश संसदीय दलकी सचेतक गायत्री गुरुङ (कुसुम) कोरोना संक्रमण मुक्त भएकी छन् । नेकपा गण्डकी प्रदेश सदस्यसमेत रहेकी प्रदेश सांसद गुरुङ बुधबार कोरोना संक्रमण मुक्त भएकी हुन् । सांसद गुरुङलाई कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनले दृढ ईच्छाशक्ति र आत्मवलले कोरोना जित्न सकिने भएकाले नडराउन तर सचेत रहन सम्पूर्णलाई आग्रह गरेका छन् । पुरा पढौ

गण्डकी प्रदेश सरकार जे भन्छ, त्यहि गर्छ : मन्त्री बस्नेत

गण्डकी प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेश सरकार जे भन्छ, त्यहि गर्ने बताएका छन् । माछापुच्छ्रे गाउँपालिका ५ रिभानस्थित रिभान खहरेखोला पुल निर्माणको मंगलबार शिलान्यास गर्दै मन्त्री बस्नेतले यसअघीका सरकारले जस्तो मुखले जे भन्छ त्यो नगर्ने काम वर्तमान सरकारले नगर्ने बताएका हुन् । यसअघीका सरकार जस्तो यो सरकार होईन,‘यो सरकार जे भन्छ, त्यहि गर्छ ।’ हजारौंको बलिदान र क्रान्तिले ल्याएको गणतन्त्र र संघीयता आएको र त्यसैका आधारमा बनेको सरकारले जनताको पीरमर्का र बुझेर काम गर्ने… पुरा पढौ

सरकारले कोरोना परीक्षण र उपचार निःशूल्क गर्ने

कार्तिक २५ काठमाण्डौं । सरकारले सबै नागरिकको कोरोना परिक्षण र उपचार निःशूल्क गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै सरकारी अस्पतालबाट कोभिड संक्रमितको निःशूल्क उपचार र सरकारी प्रयोगशालाबाट निःशूल्क परीक्षण गर्ने निर्णय गरेको हो । यसअघि निश्चित वर्गको मात्रै परीक्षण तथा उपचार निःशूल्क गर्ने सरकारको निर्णयको चौतर्फी आलोचना भएपछि सरकार आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पताल र प्रयोशालाबाट निःशूल्क उपचार र परीक्षण गर्ने निर्णयमा पुगेको हो । यस्तै सरकारले कोरोनाविरूद्ध खोप तयार भएका मुलुकहरूबाट परराष्ट्र मन्त्रालयको… पुरा पढौ

सरकार परिवर्तन हुँदैनः प्रवक्ता गुरुङ

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रष्ट पारेका छन्। उनले भनेका छन्, ‘यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।’ नेपाल निजामती कर्मचारी संगठन कार्यसमिति, संचार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आयोजित ‘बधाई तथा शुभकामना’ कार्यक्रममा नेपाल सरकारका प्रवक्ता गुरुङले वर्तमान सरकारले नै मुलुकमा स्थिरता र विकास दिने जनाए। उनले अगाडि थपे, ‘फरक विचार वा आस्थाकै कारण सरकारको विरोध गर्नु राम्रो होइन, सम्मृद्ध… पुरा पढौ