राजनीति

विप्लव नेतृत्वको नेकपाका ४ कार्यकर्ता र पत्रकार घिमिरे पक्राउ

विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी कास्कीका नेता, कार्यकर्ता तथा पत्रकारलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । नेकपा कास्कीले ७ औं पार्टी पुनर्गठन दिवसको सन्दर्भमा सोमबार पोखरा महानगरपालिका वडा नं. ३३ देउरालीवस्तीस्थित सुकुम्वासी बस्तीमा आयोजना गरेको जनसभा स्थलबाट नेकपाका कार्यकर्ताहरु कुमार परियार, यामप्रसाद भटराई, कालीबहादुर पाण्डे र विशाल श्रेष्ठलाई पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ । प्रहरीले नेकपाका कार्यकर्ता भनेर पत्रकार राजकुमार घिमिरेलाईपनि पक्राउ गरेको छ । घिमिरे सञ्चारकेन्द्र डटकमका पोखरा प्रतिनिधि तथा पोखरापाटी डटकमका सञ्चालक हुन् । घिमिरेलाई यसअघि… पुरा पढौ

१ घर १ पिसीआरको विरोध गर्नेहरु अहिले बेड नपाएर छटपटिनुपरेको छ : खड्का

पूर्व महिला तथा बालिका मन्त्री तथा गण्डकी प्रदेश सांसद कुमार खड्काले नेपाली कांग्रेसले १ घर १ पिसीआरको विरोध गर्नेहरु अहिले बेड नपाएर छटपटिएर बस्नुपरेको टिप्पणी गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा परेका योजनाहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले हिजो १ घर १ पिसीआरको विरोध गर्नेहरु अहिले आफै विरामी हुँदासमेत बेड नपाएर छटपटिएर बस्नुपरेको बताएका हुन् । कांग्रेसले गण्डकी प्रदेशमा कोरोनाको स्थिति बुझ्न १ घर १ पिसीआर गरौं भनेर संकल्प प्रस्ताव ग¥यो तर त्यसलाई मजाक ठानेर… पुरा पढौ

कास्की २ (ख) मा २५ योजना छनौट, कुन कुन योजना छनौट भए ? हेर्नुहोस्

कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) मा निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रम अन्तर्गत २५ वटा योजना छनौट भएका छन् । सो क्षेत्रका प्रत्यक्ष निर्वाचित सांसद विन्दुकुमार थापासहित समानुपातिक सांसदहरु कुमार खड्का, प्रभा कोईराला र मीनाकुमारी गुरुङले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै निर्वाचन पूर्वाधार क्षेत्र विकास कार्यक्रममा परेका योजनाहरु सार्वजनिक गरेका हुन् । पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा उल्लेख भएअनुसार प्रत्यक्ष निर्वाचित सांसद थापा र समानुपातिक सांसद खड्काले १ करोड ४५ लाख ६८ हजारको १८ वटा योजना छनौट गरेका छन् भने… पुरा पढौ

नेकपाका पोलिटव्यूरो सदस्य दर्नाल र सुवर्ण पक्राउ

विप्लव नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य प्रेम दर्नाल (विकल्प)सहित २ जना नेताहरु पक्राउ परेका छन् । प्रहरीले नेकपाका अर्थ विभाग प्रमुखसमेत रहेका पोलिटव्यूरो सदस्य विकल्प र अर्थ विभाग सदस्य सञ्जीव नेपाली (सुवर्णलाई पक्राउ गरेको हो । काठमाडौंको नख्खुमा व्यवसायीहरुसँग छलफल गरिरहेका बेला उनीहरुलाई पक्राउ गरेको विप्लव नेतृत्वको नेकपाले बताएको छ । नेकपाका प्रवक्ता प्रकाण्डले विज्ञप्ती निकाल्दै विकल्प र सुवर्ण पक्राउ परेको पुष्टि गरेका हुन् । प्रकाण्डले निकालेको विज्ञप्तीमा दुई नेतालाई आपराधिक र अपहरण शैलीमा गिरफ्तार गरिएको भनिएको छ । साथै उनीहरुको… पुरा पढौ

‘महामारी नियन्त्रणमा जनप्रतिनिधिको भूमिका महत्वपूर्ण’

कोरोना बारे सचेतना फैलाउन जनप्रतिनिधि घर(घरमा पुगौं स् अध्यक्ष तिमिल्सिनामंसिर ६, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी नियन्त्रणका लागि जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ।काठमाडौंमा शनिबार आयोजित ‘कोभिड(१९ जस्तो महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिका’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले कोरोना नियन्त्रणका लागि स्वास्थ्यकर्मीले मात्र नभई जनप्रतिनिधिले आफ्ना मतदातालाई सचेत गराउनुपर्ने बताउनुभएको हो।कोरोना महामारीको हालसम्म कुनै उपचार नभएकाले यसको नियन्त्रणका लागि सबै नागरिक स्वास्थ्य अनुशासनमा बस्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो। ‘जनताले आफ्नो प्रतिनिधिलाई बढी बिश्वास गर्छन्,’… पुरा पढौ

सरकारले तरुण नेताहरु माथि देखाएको निकृष्ट प्रवृत्तिको नेपाल तरुण दलद्वारा घोर निन्दा

नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले रामेछापको नामाडीमा भएको घटनालाई लिएर गम्भीर ध्यान आकर्षण भएको जनाएका छन् । आज बिहान प्रेस विज्ञप्ती गर्दै अध्यक्ष बस्नेतले रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीको घटना प्रती ध्यान आकर्षण भएको जनाएका हुन् ।  प्रेस विज्ञप्ती उनले ‘प्रस्तुत विषयमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडीको घटनाको वास्तविकतालाई पन्छाएर राजनीतिक पुर्वाग्रह साधेर नेपाल तरुण दल रामेछापका अध्यक्ष काजी बहादुर खड्का “दिनेश” लगाएतका तरुण नेता साथीहरु विरुद्ध नेकपाको भ्रष्ट एवं अधिनाएकवादी ओली… पुरा पढौ

प्रचण्डको प्रस्तावको प्रधानमन्त्री ओलीले जनताको अदालतमा उभिएर जवाफ दिनुपर्छ : नेता महर

मंसिर ५ पोखरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रस्तावको प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अदालतमा उभिएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्। कांग्रेस महासमिति सदस्य एवं नेविसंघका पूर्व अध्यक्षसमेत रहेका नेता महरले पोखरा विमानस्थलमा सञ्चारकर्मीहरूसँग बोल्दै ‘ओली प्रवृत्ति’ राष्ट्र र स्वयं नेकपाकै लागि घातक भएको बताए। ‘नेकपाले बालुवाटार र सिलत निवासलाई पार्टी कार्यालय जस्तै बनाएको छ। राष्ट्रपति पनि नेकपाको कार्यकर्ता जस्तो देखिनु भएको छ। जसले पदिय… पुरा पढौ

देशैभरका मालपोत र नापीमा प्रविधिमैत्री सेवा पुर्‍याउँछौं : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोत कार्यालय वालिङलाई नमुना कार्यालय घोषणा गर्नुभएको छ । मन्त्रालयको देशैभरका मालपोत र नापी कार्यालय प्रविधिमैत्री, सेवाग्राहीमैत्री बनाउने अभियान अन्तर्गत आज (शुक्रबार) मालपोत कार्यालय वालिङलाई नमुना घोषणा गर्नुभएको हो । त्यस क्रममा मालपोत कार्यालयलाई नमुना घोषणा गर्दै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयबाट प्रदान गरिने सेवा प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउँदै लगिएको बताउनुभयो । मालपोत र नापी कार्यालयको बिग्रीएको छबी बदल्नका लागि सफलता प्राप्त हुँदै गएको बताउदै मन्त्री अर्यालले ती कार्यलयहरुबाट प्रवाह… पुरा पढौ

प्रधानमन्त्री ओलीद्वारा छठको शुभकामना व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। आज (शुक्रबार) छठ पर्वका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले शुभकामनामा भनेका छन्, ‘पर्वले तराई मधेस र पहाडका नेपाली समुदायबीच सेतुको रुपमा काम गरेको छ। विविधतायुक्त नेपाली समाजमा यस्ता चावपर्वले अन्तरसम्बन्धलाई अझ बढी मजबूत बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको प्रधानमन्त्री ओलीले बताएका छन्। उनले छठ पर्वको यस उल्लासका बीच कोभिड १९ को महामारीलाई सामना गरिरहेकाले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन्। कोरोना महामारीले जनताको स्वास्थ्य र राष्ट्रको आर्थिक… पुरा पढौ

ओलीले भने : ‘आरोप सहि भए म हट्छु, गलत भए प्रचण्ड हट्नुपर्छ’

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोप गलत ठहरिए प्रचण्ड अध्यक्षबाट हट्नुपर्ने बताएका छन् । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओलीले प्रचण्डको आरोप झूठो भएको जिकिर गर्दै भने,‘आरोप प्रमाणित भए म पदबाट हट्छु, तर आरोप सहि नठहरिए प्रचण्ड हट्नुपर्छ ।’ ओलीले आफूलाई दुबै पदबाट हटाउने तयारी भइरहेको बताए । उनले आफूलाई पदबाट हट् भनिरहँदा आफूले अर्का अध्यक्षलाई पदबाट हट् भन्दा के हुन्छ भनेर प्रश्नसमेत गरेका छन्… पुरा पढौ