राजनीति

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै दशैं मनाउन नेकपा अध्यक्षको अपिल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गर्नुभएको छ । दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उहाँले कोभिड–१९ को विषम परिस्थितिमा सुरक्षित भएर पर्व मनाउन अपिल गर्नुभएको हो । कोरोना भाइरसका कारण प्रभावित जनजीवन आगामी दिनमा सामान्य बन्न सकोस् भन्ने कामना गर्दै अध्यक्ष दाहालले स्वदेश तथा विदेशमा हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली समुदायले मनाउने विभिन्न… पुरा पढौ

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना आदानप्रदान समारोह यस वर्ष नगर्ने भएको छ । कोभिड–१९ को संक्रमणका कारण यही कात्तिक १४ गते कोजाग्रत पूर्णिमाका दिन चियापन तथा शुभकामना समारोह नगरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । विसं २०३३ मा जननायक बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह गरी शुभकामना आदानप्रदान गर्दै आएको छ । रासस पुरा पढौ

प्रम ओली र ‘रअ’बीचको भेटप्रति नेकपा प्रवक्ता श्रेष्ठको टिप्पणी : यस्तो भेटले देशको सार्वभौमिकता र राष्ट्रिय हित नै कमजोर पार्नसक्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँगको भेटले देशको सार्वभौमिकता र राष्ट्रिय हित नै कमजोर पार्न सक्ने आशंका व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसवुकमा आईतबार विहान लामो स्टाटस लेख्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत भइसकेका नेकपा प्रवक्ता श्रेष्ठले भनेका छन्,‘बिदेशी गुप्तचर अधिकारीसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीत प्रधानमन्त्रीको यस्तो भेट किन ? यसप्रकारको कार्यबाट राष्ट्रिय स्वाभिमान, प्रतिष्ठा र कुटनीतिक ओझ गिर्ने मात्र होइन ,अन्ततः राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय… पुरा पढौ

पुराना कम्युनिस्ट नेता मैनालीको निधन

झापाका पुराना कम्युनिस्ट नेता डिल्लीकुमार मैनालीको ७३ वर्षको उमेरमा आज निधन भएको छ । विर्तामोड–८ देउनियाँस्थित आफ्नै घरमा आज बिहान ५ बजे उहाँको निधन भएको हो । उहाँलाई युरिक एसिड, सुगर र पेटसम्बन्धी स्वास्थ्य समस्या थियो । प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको संयुक्त जनआन्दोलनमा पक्राउ परेपछि मैनालीलाई पञ्चायती सरकारले जेल सजाय दिएको थियो । पछि बहुदल आएपछि उहाँलाई सिरहा जेलबाट रिहा गरिएको थियो । उहाँ २०३७ र २०४३ सालमा वामपन्थी समूहबाट गरामनीको जनपक्षीय प्रधानपञ्च निर्वाचित हुनुभएको थियो । उहाँ… पुरा पढौ

नेकपा नेता तथा पूर्व मन्त्री प्रभाकरलाई कोरोना संत्रमण

पूर्व मन्त्री तथा नेकपा नेता जनार्दन शर्मा प्रभाकरलाई कोरोना संक्रमण भएको छ । शर्माले आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका हुन् । उनले आफू होम आइसोलेसनमा रहेको जनाउँदै आफूसँग पछिल्लो समयमा सम्पर्कमा रहेकाहरुलाई सतर्क रहन आग्रह गरेका छन् । साथै कुनै समस्या देखिएमा कोरोना परिक्षण गर्नपनि सुझाएका छन् । पुरा पढौ

आज दशैंको नवौं दिन महानवमी, सिद्धिदात्रीको पूजा र बलि दिएर मनाईदै

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज दुर्गाभवानीको पूजा–आराधना गरी मनाइँदै छ । यस दिन नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि… पुरा पढौ

कोरोना संक्रमित क्वीन्स पार्क होटलका सञ्चालकको मृत्यू

पोखराका एक पर्यटन व्यवसायीको कोरोनाका कारण मृत्यू भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर लेकसाईडमा क्वीन्स पार्क होटल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायीको कारोना लागेर मृत्यू भएको हो । ४६ वर्षिय उनको शुक्रबार राती १० बजे कोरोनाले मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा उपचाररत ती व्यवसायीको उपचारका क्रममा मृत्यू भएको अस्पताल श्रोतले बताएको छ । उनी गत असोज ३० गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा समस्या भएपछि अस्पताल आएकाउनको… पुरा पढौ

दशैंमा पनि ब्यापार खस्किएपछि पोखरेली ब्यबसायी निराश

पोखरा पन्थी गल्लीमा फेन्सीको होलसेल ब्यापार गर्ने जीवन सिग्देलले अघिल्लो वर्षका दशैं नजिकका दिनहरुमा दैनिक ३ लाख भन्दा बढीको ब्यापार गर्थे । प्रत्येक दिन विहान ७ बजेदेखि राती ८ बजेसम्म कपडा किन्नेको भीड हुन्थ्यो । त्यसबेला समान देखाउन र किनेका सामान प्याकिङ गर्न उनलाई भ्याईनभ्याई हुन्थ्यो । त्यहि भएर उनले दशैंको बेलामा थप काम गर्ने कामदार थप्थे । तर उनलाई यस वर्ष अघिल्ला वर्षका दिनहरुमा झैं भ्याईनभ्याई छैन । पसल त अघिल्ला वर्षहरुमा झैं विहानदेखि नै खोल्छन् । तर ग्राहक… पुरा पढौ

नागरिकले स्वःघोषणा गरे कोभिड–१९ बाट संक्रमितको उपचार सरकारले गर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वब्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचार सरकारले ज्ञारेन्टी गर्ने बताएका छन् । नेपालीको महान चाँड बडादशैंको अवसरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको मतबाट निर्वाचित वर्तमान सरकार कोरोनाको पहिचान, परीक्षण र उपचार गर्ने दायित्वबाट पछाडि नहट्ने बताएका हुन् । तर त्यसका लागि नागरिकले म आफ्नो खर्चले उपचार गर्न सक्दिनँ भनेर स्वःघोषणा गर्नुपर्ने उनको भनाई छ । कुनै पनि विपत्तिमा नागरिकको रक्षा गर्नु सरकारको निःशर्त दायित्व हो,‘उनले अगाडि भनेका… पुरा पढौ

मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृतः कँडेल समूहका १४ जनाद्वारा बहिष्कार

नेपाल कम्युनिष्ट पार्टी नेकपा को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहनुभएका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ । प्रदेशसभा सचिवालयस्थित दलको कार्यालयमा आज बसेको बैठकले ध्वनिमतका आधारमा उक्त प्रस्ताव अस्वीकृत गरेको हो ।प्रदेशसभा सदस्य एवं नेकपा कर्णाली प्रदेशका सहइञ्चार्ज यामलाल कँडेल नेतृत्वमा १८ सदस्यले गत असोज २५ गते संसदीय दलमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । उक्त प्रस्तावबाट सात सदस्यले हस्ताक्षर फिर्ता लिएलगत्तै पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले… पुरा पढौ