गण्डकी विश्वविद्यालयबाट यस बर्ष ४४ जना विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयको प्रथम ऐतिहासिक दीक्षान्त समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ४४ जना छात्रछात्रा दीक्षित गरे । समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताए । उनले वर्तमान समयको आवश्यकताअनुसार प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिँदै सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिक जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्ने आवश्यकता औंल्याए । मुख्यमन्त्री पाण्डेले वैज्ञानिक अनुसन्धान र प्रविधिको प्रयोगमार्फत उत्पादन, उद्योग र वितरण प्रणालीमा नवीनता ल्याउनुपर्ने बताए । विश्वविद्यालयका…
पुरा पढौ