समाज

दशैँ महोत्सव सफल बनाउन पर्यटन क्षेत्रको सामूहिक प्रतिबद्धता

नेपालीहरूको महान पर्व दशैँलाई पर्यटनसँग जोड्दै आयोजना गर्न लागिएको ‘दशैँ पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ लाई सफल बनाउन पोखराका पर्यटनसम्बद्ध संघ–संस्थाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) को आयोजनामा हुने महोत्सवका विषयमा मंगलबार पोखरामा आयोजित छलफल कार्यक्रममा सहभागी पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले महोत्सवलाई एउटा संस्थाको मात्र कार्यक्रम नभई समग्र पोखराको पर्यटन क्षेत्रको साझा कार्यक्रमका रूपमा अपनत्व लिएर सफल बनाउनुपर्नेमा प्रतिवद्धता व्यक्त गरेका हुन् । ‘टिका, जमरा र चङ्गा चेट–पोखरामा पर्यटकसँग दशैँ भेट’ भन्ने नारासहित… पुरा पढौ

थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु

अविरल वर्षापछि गत आइतबार घट्टेखोलामा लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मस्र्याङ्दी नदी खोल्न सुरु गरिएको छ । नदी थुनिएर बनेको ताललाई खोल्न थालिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए । “धार परिवर्तन गरेर नदीको पानी आंशिक रूपमा बगिरहेको छ । यहाँ उपलब्ध एक्साभेटरलगायतका सामग्री उपयोग गरी केही मात्रामा काम सुरु भएको छ”, उनले भने, “ठूला चट्टान फुटाउनुपर्ने देखिएको छ । यसका लागि तयारी पनि भइरहेको छ ।” उनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेकाले त्यस क्षेत्रका केही… पुरा पढौ

भ्रममा नपरौं बिहीबारसम्म बर्षा हुँदैन: मौसमविद्

आगामी बिहीबार असोज १५ गतेसम्म देशभर कतै पनि खासै वर्षाको सम्भावना नदेखिएको नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सामाजिक सञ्जालमा आज देखि नै भारी बर्षा हुने अनधिकृत सुचना आएको भन्दै विभागका मौसमविद्ले यो तीन दिन बर्षाको संभावना नरहेको स्पष्ट पारेका छन् । महाशाखाका मौसमविद् डेभिड ढकालले आज जारी गरेको भिडिओ सन्देशअनुसार गत २४ घण्टामा जस्तै आज, भोलि र पर्सि पनि वर्षाको खासै सम्भावना देखिँदैन। यसैले सामाजिक सञ्जालका अनधिकृत सूचनाको भर नपरी यस अवधिमा धान काट्न उनले… पुरा पढौ

कास्कीमा कांग्रेसको क्षेत्रीय सभापतिसहितका पदमा निर्वाचन हुँदै, क्षेत्र नं. १ को क मा नरेन्द्र थापा निर्विरोध

सर्वसम्मतको प्रयास असफल भएपछि कास्कीमा क्षेत्रीय सभापतिसहितका पद तथा महाधिवेशन प्रतिनिधी चयनका लागि अन्तत निर्वाचन नै हुने भएको छ । ३ वटा क्षेत्र रहेको कास्कीमा सर्वसम्मत नेतृत्व चयन सफल नभएपछि निर्वाचनबाटै टुंगो लाग्ने भएको हो ।त्यसका लागि अहिले मतदान प्रक्रिया सुरु भएको छ । कास्कीको क्षेत्र नम्बर १ मा सभापतिका लागि सरोज केसी, ओमप्रकाश गुरुङ र अप्सरा श्रेष्ठ चुनावी मैदानमा छन् ।क्षेत्र नं. १ क को प्रदेश सभा क्षेत्रीय सभापतिमा नरेन्द्र थापा ‘नरेन’ भने सर्वसम्मत भएका छन्। पोखरा महानगरपालिका–२६ का… पुरा पढौ

भोटेकोशी बाढी प्रभावितका लागि कास्कीबाट पौने तीन करोड बढी सहयोग

रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कास्कीबाट रु दुई करोड ८३ लाख ५३ हजार ९७७ सहयोग जुटेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार विभिन्न सङ्घसंस्था, व्यवसायी, सामाजिक संस्था, क्लब, सहकारी, होटल तथा व्यक्तिहरूले राहतस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरेका हुन् । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार हालसम्म जिल्लाका विभिन्न ८१ सङ्घसंस्थाबाट सहयोग गरिएको विवरण प्रशासनमा प्राप्त भएको छ । उनले सहयोगदाताहरूलाई आफूले… पुरा पढौ

“घरपझोङ सम्मेलन: इतिहास लेखियो, कार्यान्वयन लेखिएला?” – डा. सुवास अधिकारी

हिमालयको काखमा अवस्थित मुस्ताङको घरपझोङमा २०८३ भाद्अर ३० र ३१ मा सम्पन्न घरपझोङ जलवायु परिवर्तन सम्मेलनले ४९ बुँदे घोषणापत्र जारी गर्दै स्थानीय सरकारहरूलाई हिमाली जलवायु सरोकारमा एउटै मञ्चमा उभ्याएको छ। सम्मेलनमा सातै प्रदेशका ४२१ स्थानीय तह, ३६ जिल्ला समन्वय समितिका प्रतिनिधिसहित दुई हजारभन्दा बढी सहभागी थिए। घोषणापत्रले उठाएका माग: घोषणापत्रले विकसित राष्ट्रबाट प्राप्त जलवायु वित्तलाई अनुदान वा परोपकार नभई अधिकार र क्षति तथा हानिको क्षतिपूर्तिका रूपमा व्यवहार गर्नुपर्ने माग गरेको छ। स्थानीय जलवायु कोष स्थापना, सबै स्थानीय सरकारका योजना, नीति,… पुरा पढौ

कांग्रेस कास्की २ (ख) को सभापतीमा केसीको उम्मेदवारी

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं। २ ख को सभापति पदका लागि युवा नेता सुबर्ण केसीले उम्मेदवारी दर्ता गराएका छन्। कास्की कांग्रेसमा लामो समयदेखि सक्रिय केसीले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित र जनमुखी बनाउने उद्देश्यसहित सभापति पदमा मनोनयन दर्ता गराएका हुन्।केसीले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई अझ बलियो बनाउनुपर्नेमा जोड दिएका छन्। संगठनभित्र विचार, संवाद र जिम्मेवार प्रतिस्पर्धाको संस्कार विकास गर्दै पार्टीलाई समयअनुकूल अघि बढाउनुपर्ने उनको धारणा छ। सभापतिको जिम्मेवारीलाई आफूले केवल पदका रूपमा नभई संगठनलाई सही दिशामा अघि बढाउने नेतृत्वको… पुरा पढौ

बाल कल्याण संस्थाले २५ औं वर्षगाँठ मनायो, पत्रकार प्रतीक्षासहित तीन पुरस्कृत

पोखरा, असोज १२ पोखराको अब्बल बालगृहको पहिचान बनाएको बाल कल्याण संस्थाले सोमबार रजत जयन्ती विशेष कार्यक्रम गरेको छ । पोखरा–१८ सेदीमा रहेको संस्थाले २५ औं वर्षगाँठको अवसरमा ३ फरक क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरेको छ । संस्थाले गैरसरकारी संस्था महासंघको नेतृत्वमा रहेर बालगृहरुको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै गैसस महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीलाई दोषल्ला ओढाएर सम्मान ग¥यो । त्यस्तै, पत्रकारितामार्फत बालबालिकाको समस्या र बालगृहहरुको प्रवद्र्धनमा भूमिका खेलेको भन्दै कान्तिपुर दैनिकका स्याङ्जा सम्वाददाता प्रतीक्षा काफ्लेलाई पनि पुरस्कृत गरिएको थियो ।… पुरा पढौ

विशेष महाधिवेशनपछि पनि छैन कांग्रेस एक ढिक्का : हिजो देउवा समूहबिरुद्ध एकढिक्का बनेका नेताहरु आज छुट्टाछुट्टै समूह बनाएर मैदानमा

सन्देश श्रेष्ठपोखरा, असोज १२ कास्कीमा कांग्रेसको विशेष महाधिवेशन हुनुअघिसम्म अहिलेको संस्थापन पक्ष देउवाबिरुद्ध मोर्चा कस्थ्यो । देउवा पक्षलाई कमजोर बनाउन तत्कालीन संस्थापन ईतर पक्ष एक ढिक्का भएर लड्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ । हिजो देउवा समूहबिरुद्ध एकढिक्का भएर मोर्चा कस्ने तत्कालीन संस्थापन ईतर पक्ष अहिले भने आफूआफू नै छुट्टाछुट्टै समूह बनाएर आपसमा उत्रिएका छन् । विशेष महाधिवेशनपछि देउवा समूह छुट्टिएसँगै हालको संस्थापन पक्षमा रहेका नेताहरु आफू अनुकुल पात्रलाई चुनाव जिताउन समूह बनाएर आपसमै प्रतिष्पर्धामा उत्रिन थालेका हुन् ।… पुरा पढौ

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि शनिबार रातिदेखि यहाँ विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो । वर्षाका कारण बाढीपहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने ३३ केभिए विद्युत् प्रसारण लाइनको खम्बामा क्षति पुगेकाले उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोमस्थित विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिए । बाढीपहिरोले पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेकाले म्याग्दी दाना… पुरा पढौ