समाज

पोखराको चिप्लेढुंगामा खुल्यो एलभिडीको शाखा

पोखरा, बैशाख २१ पोखराको चिप्लेढुंगामा लाईभ भिन्टेज डेनिम (एलभिडी) ब्राण्डको शाखा खुलेको छ । पोखरा चिप्लेढुंगास्थित पोखरा ट्रेडमलको विपरित साईडमा एलभिडी ब्राण्डको शाखा सञ्चालनमा आएको हो । पोखराका युवा पर्यटन व्यवसायी सुनिलबहादुर भट्टराईले सञ्चालन गरेको सो शाखाको सोमबार पूर्व मिस नेपाल माल्भिका सुब्बाले उद्घाटन गरिन् । सो अवसरमा उनले एलभिडी शाखाको अवलोकन गर्नुका साथै एलभिडी ब्राण्डबारे जानकारी लिएकी थिईन् । एलभिडी ब्राण्डको यो ११ औं शाखा भएको भट्टराईले बताए । काठमाडौंमा १० वटा शाखा रहेको एलभिडीको राजधानी काठमाडौं बाहिर भने… पुरा पढौ

सातै प्रदेशमा कृषि गणना गरिँदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आन्तरिक जनशक्तिको प्रयोग गरेर तीन तहकै सरकारको सहभागितामा पहिलो पटक सातै प्रदेशमा कृषि गणना सञ्चालन गरेको छ । सरकारले आफ्नो स्रोत र साधनको अधिकतम परिचालन गरी कृषि गणनालाई मितव्ययी बनाएको हो । गणकले प्रत्येक किसानको घरदैलोमा पुगेर प्राप्त गरेको सूचनाका आधारमा आधिकारिक तथ्याङ्क सङ्कलन गरेका छन् । तथ्याङ्क प्राप्त गर्न मोबाइल र ट्याबलोइडको प्रयोग गरिएकाले कृषि गणना कार्यक्रम प्रभावकारी बनेको पाइएको छ । मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत रामकृष्ण रेग्मीले गणनाबाट प्राप्त तथ्याङ्कका आधारमा कृषि क्षेत्रको… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासीले शुरु गरे आन्दोलन

सन्देश श्रेष्ठपोखरा, बैशाख २१ पोखरा बसपार्कका सुकुम्बासी आन्दोलित भएका छन् । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गामा अनधिकृत रुपमा बनाइएका घर, टहरा हटाउन ३५ दिने सूचना जारी गरेपछि विरोधमा उत्रिएका पोखरा बसपार्कका सुकुम्बासीले सोमबार प्रदर्शन गरेका हुन् । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्राकुमारी शर्मा र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई ज्ञापन पत्र बुझाउन निस्केका उनीहरुले महानगर घेराउ गर्नुका साथै महानगर र सरकारबिरुद्द नारासमेत लगाए । पोखरा–८ सहिदचोकमा भेला भएका उनीहरुले वैकल्पिक व्यवस्था नगरी सार्वजनिक जग्गामा रहेका सुकुम्बासीका घर, टहरा नभत्काउन आग्रह गर्दै… पुरा पढौ

पोखरामा नाराबाजीसहित सुकुम्वासीको प्रदर्शन

पोखरा महानगरपालिकाले जारी गरेको ३५ दिने सुचना विरुद्ध पोखरामा सोमबार सुकुम्वासीले प्रदर्शन गरेका छन् । भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीको अगुवाईमा पृथ्वीचोकस्थित बसपार्कको जग्गामा बसिरहेका सुकुम्वासीले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।उनीहरुले सडकमा विरोध प्रदर्शन गर्दै ३५ दिने सूचना खारेज गर्न माग गरेका छन् । यही वैशाख ३ गते पोखरा महानगरपालिकाले सूचना जारी गर्दै अतिक्रमित जग्गा र त्यहाँ निर्मित संरचना ३५ दिनभित्र हटाउन ‘अल्टिमेटम’ दिएको थियो । उनीहरूले जिल्ला प्रशासन कार्यालयअगाडि नाराबाजी गर्दै प्रमुख जिल्ला अधिकारी… पुरा पढौ

सुकुम्वासीलाई आन्दोलनको सट्टा सहजीकरण समिति बनाउन पोखराका मेयर आचार्यको सुझाव

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुम्वासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार बनेको बताएका छन् । पोखरामा रहेका सुकुम्वासीहरूले संघर्ष समिति गठन गरेर आन्दोलनको घोषणा गरेपछि मेयर आचार्यले व्यवस्थित बसोबासका लागि आन्दोलन र संघर्षका कार्यक्रम छोडेर सहयोग गर्न आग्रह गरे । उनले आन्दोलनको घोषणा गरेका उनीहरुलाई कसैको स्वार्थका लागि मानव ढालको रूपमा प्रयोग नहुन र अनावश्यक उत्तेजनामा नआउन आग्रह गरेका हुन् ।यहाँ रहेका सुकुम्वासीको समस्या समाधानका लागि जिम्मेवार ढंगले काम गरिरहेको भन्दै उनले संघर्ष समितिको सट्टा सहजीकरण समिति गठन… पुरा पढौ

नेपाल पुलिस क्लवले जित्यो ऐतिहासिक पोखरा महिला गोल्डकपको उपाधि

सन्देश श्रेष्ठपोखरा, बैशाख २० महिला गोल्डकपको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । आर.एस. पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा महिला गोल्डकप प्रतियोगिताको फाइनलमा त्रिभूवन आर्मी क्लवलाई ५–४ गोल अन्तरले पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो । १० खेलाडीमा सिमित आर्मीबिरुद्ध टाईब्रेकरमा पुगेर संघर्षपूर्ण जित निकालेको पुलिसले उपाधिसँगै नगद ५ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । उपबिजेतामै चित्त बुझाएको आर्मीले भने नगद ३ लाखसहित शिल्ड, मेडल र प्रमाण प्राप्त गरेको छ । आईतबारको… पुरा पढौ

पोखरा बसपार्कका सुकुम्बासी : विकल्प नदिएसम्म हट्दैनौं, जबरजस्ती गरे आईलाग्नेमाथि जाईलाग्छौं

सन्देश श्रेष्ठपोखरा, बैशाख २० पोखरा बसपार्कका सुकुम्बासीले वैकल्पिक व्यवस्था गरिदिए अहिले बसिरहेको ठाउँ खाली गर्न तयार रहेको बताएका छन् । पोखरा बसपार्कका सुकुम्बासीहरुले हालै गठन गरेको भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार संघर्ष समिति जिल्ला समिति कास्कीले आईतबार पोखरामा पत्रकार सम्मेलन गरेर सरकारले वैकल्पिक व्यवस्था गरेको खण्डमा सुकुम्बासी बस्ती खाली गर्न आफूहरु तयार रहेको बताए । तर वैकल्पिक व्यवस्था नभएसम्म भने कुनै पनि हालतमा ठाउँ खाली नगर्ने अडान उनीहरुको छ । पोखरा महानगरपालिकाले सो बसपार्क क्षेत्रमा बसेका सुकुम्बासीहरुलाई ठाउँ खाली गर्न… पुरा पढौ

पूर्व प्राथमिक तहका शिक्षकलाई एनप्याव्सनको पुनर्ताजगी तालिम

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल नेसनल प्याब्सन कास्कीले आफ्ना सदस्य विद्यालयमा कार्यरत पूर्व–प्राथमिक तहका शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले पोखरामा एकदिने पुनर्ताजगी कार्यशाला सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रशिक्षकद्वय खिमराज सुबेदी र सविता कोइरालाले सहजीकरण गर्दै कला, शिल्प, खेलकुद तथा प्रविधिको समुचित प्रयोग, बालगीत , कथामार्फत शिक्षण गर्ने विधि, त्रुटि पहिचान तथा सुधारका उपाय, साथै प्रयोगात्मक शिक्षणका विविध पद्धतिबारे सहभागीहरूलाई जानकारी गराएका थिए। प्रशिक्षकहरूले निरन्तर अभ्यासबाट मात्रै शैक्षिक तथा सिर्जनात्मक क्षमता विकास… पुरा पढौ

दोश्रो कुमुदिनी होम्स एसईई कप-२०८३ सुरु

पोखरा, १९ वैशाख । दोश्रो ‘कुमुदिनी होम्स एसईई कप’-२०८३ सुरु भएको छ । प्रतियोगिताको शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गरे । एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद सहभागि गराउन र बढावा दिन तथा भाईचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । विद्यालयले पढाईका साथमा अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको छ । पालिखेले भने, सम्पदा, कला, संस्कार, संस्कृति, पर्यावरण, पर्यटन र नेपाली मौलिक कुराहरुमा विद्यार्थीलाई उत्प्रेरित गर्दै आएका छौं ।… पुरा पढौ

पोखरा महिला गोल्डकपको फाइनलमा त्रिभूवन आर्मी र नेपाल पुलिस : उपाधिका लागि भोलि भिड्ने

सन्देश श्रेष्ठपोखरा, बैशाख १९ पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपाली सेनाको त्रिभूवन आर्मी क्लव र नेपाल प्रहरीको नेपाल पुलिस क्लव प्रतिष्पर्धामा उत्रिने भएका छन् । शनिबार भएको दोस्रो खेलमा त्रिभूवन आर्मी क्लवले संकटा क्लवलाई ४–२ गोलअन्तरले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेको हो । यसअघि पहिलो खेलमा शुक्रबार पुलिसले आयोजक आरएस पोखरा एफसीलाई ८–० ले पन्छाउँदै फाइनल यात्रा तय गरेको थियो । उपाधि भिडन्त आईतबार हुने आयोजकले जनाएको छ । आरएस पोखरा फुटबल क्लवको आयोजनामा पोखरा रंगशालामा… पुरा पढौ