समाज

संघीयताको मर्म र चुनौतीमा पोखरेली विद्यार्थीको बहस

पोखरा, २३ साउन ।किशोर वयका विद्यार्थीले नेपालमा संघीयताका अवसर र चुनौतीबारे मन्थन गरेका छन् । संसदीय पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखराको पश्चिमाञ्चल माध्यमिक विद्यालयमा गरेको का विद्यालयमै आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सहभागी हुँदै उनीहरुले संघीय शासन व्यवस्थाका विविध आयामबारे धारणा राखेका हुन् । प्रतिस्पर्धामा सुजना पौडेल प्रथम भइन् । ११ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उत्कृष्ट स्थान हासिल गरेकी हुन् ।प्रतियोगितामा कुबेर पाण्डे दोस्रो र प्रशंसा शर्मा तेस्रो भए । अनिल यादवले सान्त्वना स्थान प्राप्त गरे । सहभागी कक्षा ११… पुरा पढौ

कानुन र स्रोत साधनको अभावले भने जति काम गर्न सकिएन: जिसस प्रमुख पौडेल

जिल्ला समन्वय समिति कास्कीले आर्थिक बर्ष २०८३,८४ को बार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। समितिले शुक्रबार संचारकर्मी भेटघाट कार्यक्रम आयोजना गरेर आफ्नो उपलब्धी र कार्ययोजना सार्वजनिक गरेको हो। जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले नेपालको संविधानको धारा २२० अनुसार जिससका काम कर्तव्य र अधिकार, जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सो को अनुगमन गर्ने,जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने, प्रदेश कानून बमोजिमका अन्य… पुरा पढौ

पाँच सय बढी रोहिङ्ग्या नेपाल छिरे

खुला सिमाना र प्रविधियुक्त सुरक्षा निगरानीसम्बन्धी व्यवस्था नहुँदा पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी नेपाल प्रवेश गरेको पाइएको छ । विभिन्न समयमा नेपाल–भारत सीमानाका हुँदै ती रोहिङ्ग्या शरणार्थी अवैध रूपमा नेपाल प्रवेश गरेको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । प्रहरीका अनुसार हालसम्म ५२६ जना रोहिङ्ग्या नेपालमा रहेका छन् । जसमा १६२ पुरुष, १४८ महिला र २१६ बालबालिका छन् । उनीहरू काठमाडौँको कपन, लसुनटार र राममन्दिर तथा ललितपुरको सुनाकोठी क्षेत्रमा बसोबास गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब महानिरीक्षक काफ्लेले… पुरा पढौ

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लिले आफ्नो आधिकारिक डिलर फ्ल्यास मोबिलिटी प्रा.लि मार्फत पोखरामा बीवाईडीको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ। पोखरा महानगरपालिका–१०, बुद्धचोकस्थित यो नयाँ सर्भिस सेन्टरसँगै पोखरामा बीवाईडीको थ्रीएस सेल्स, सर्भिस तथा स्पेयर पार्ट्स सुविधा पूर्ण रूपमा सञ्चालनमा आएको जनाईएको छ। सर्भिस सेन्टरको उदघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । बीवाईडीले नेपालभर आफ्नो बिक्रीपछिको सेवा सञ्जाल तीव्र रूपमा विस्तार गरिरहेको अवस्थामा पोखरामा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा आउनु कम्पनीका लागि अर्को… पुरा पढौ

पोखराका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको काठमाण्डौंमा सरुवा

पोखरा महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालको सरुवा भएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार अर्याललाई काजमा काठमाण्डौं पठाईएको हो । काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत रहेका सहसचिव सरोज गुरागाँई उमेर हदका कारण अनिवार्य अवकाशमा गएसँगै बुधबार महानगरबाट बिदा भएका थिए ।अर्यालले गतवर्ष साउनमै पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका थिए । मन्त्रिपरिषद्ले बुधबार नेपाल प्रशासन सेवा तथा नेपाल ईन्जिनियरिङ्ग सेवाका सहसचिवहरूको सरुवा गरेको हो । सोही सरुवा अन्तर्गत अर्याल परेका हुन् । यसैगरी पूर्वाधार विकास मन्त्रालयका कार्यरत नेपाल ईन्जिनियरिङ्ग सेवाका… पुरा पढौ

सदस्य सचिव शर्माले स्वीकारे पदक वितरणमा भएको गल्ती, तर सच्याउन तयार भएनन्

सन्देश श्रेष्ठपोखरा, साउन २१ गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा गल्ती भएको सदस्य सचिव श्रीधर शर्माले स्वीकारेका छन् । गखेपले गत असार ३० गते गरेको पदक वितरणमा चरम लापरवाही र मिलेमतो देखिएपछि विहीबार बोलाइएको पदक सिफारिस समितिको बैठकमा गखेप सदस्य सचिव शर्माले गल्ती स्वीकार्दै माफी मागेका हुन् । गखेपले सिफारिस समितिको निर्णय बिना नै पदक वितरण गरेको, सदस्य सचिव शर्माले सेटिङमा पदक वितरण गरेको, पदक सिफारिस समिति समितिमा बसेकै व्यक्तिलाई नै पदक दिइएको, गखेपका वर्तमान एक सल्लाहकारलाई आफू बोर्ड सदस्य… पुरा पढौ

पत्रकारद्वय सारु र जिटी कञ्चन पत्रकारिता पुरस्कारबाट सम्मानित

कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट कास्कीका पत्रकार खेम सारु मगर र स्याङ्जाका पत्रकार गोपाल बहादुर जिटी सम्मानित भएका छन् । फोनिज गण्डकीले आयोजना गरेको पुरस्कार अर्पण समारोहमा पत्रकारद्वय सारु तथा जिटीलाई कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, पुरस्कारदाता बिमलमान गुभाजूलगायतले नगद २५÷२५ हजार रुपैयाँसहित सम्मानपत्रले सम्मान गरेका हुन् । स्व.वेदमान गुभाजू तथा आमा स्व.नेत्रकुमारी गुभाजूको स्मृतिमा समाजसेवी तथा व्यवसायी बिमलमान गुमाजूद्वारा स्थापित यो पुरस्कार फोनिजको २७ औँ स्थापना दिवसका अवसरमा फोनिज गण्डकीले बिहीबार अर्पण गरेको हो ।कार्यक्रमका कास्कीका प्रमुख जिल्ला… पुरा पढौ

पदयात्राका क्रममा सम्पर्कविहीन भएका पोखराका तीन युवाको उद्धार

मर्दी हिमाल पदयात्रामा सम्पर्कविहीन भएका तीन जना युवाको सकुशल उद्धार गरिएको छ । ३ दिनअघि पोखराबाट मर्दी हिमालको पदयात्रामा गएका पोखरा १४ का करण लामा, अजित जिसी र युकेश गुरुङलाई बिहिबार बिहान उद्धार गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोलीले मोदी खोला किनारबाट उद्धार गरेको हो ।पहिला करण केसीलाई उद्धार गरेको टोलीले त्यसपछि अजित जिसी र युकेश गुरुङलाई पनि उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । उनीहरुलाई मोदी खोलाको अप्ठ्यारो… पुरा पढौ

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक,श्रेणीविहीन कर्मचारीको २९ हजार, मुख्य सचिवको ९० हजार बढी

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३,८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो । निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य… पुरा पढौ

गण्डकी खेलकुद परिषदको पदक वितरणमा चरम लापरवाही र मिलेमतो

पोखरा, साउन २० गण्डकी खेलकुद परिषद (गखेप)को पदक वितरणमा चरम लापरवाही भएको पाइएको छ । गण्डकी खेलकुद परिषदले गत असार ३० गते वितरण गरेको खेलकुद पदकमा चरम लापरवाहीसँगै मिलेमतोमा पदक वितरण गरेको पाइएको हो । पदक वितरणमा चलखेल र मिलेमतो भएको पाइएपछि खेलाडी तथा खेल सम्बद्ध संघसंस्थाका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् । यतिसम्मकी पदक वितरणका लागि बनाइएको समितिका सदस्यहरु नै असन्तुष्टि व्यक्त गर्दै हिंडिरहेका छन् । गखेपले खेलकुद पदक वितरण २०८१÷८२ मा खेलकुद पत्रकारितातर्फ केशव पाठक, खेलाडीतर्फ भलिबलकी अरुणा साही,… पुरा पढौ