समाज

पोखराको ५ नम्वर वडामा भदौंको तेस्रो साता श्रीमद्भागवत महापुराण हुने

पोखरा महानगरपालिका वडा नं. ५ मा आगामी भदौंको तेस्रो साता श्रीमद्भागवत महापुराण हुने भएको छ । स्थानीय शिवालय मन्दिर प्राङ्गणमा भदौं १७ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने महापुराणमा पण्डित दीपकप्रसाद पौडेलले कथा वाचन गर्नुहुने आयोजकले जनाएको छ ।कार्यक्रमलाई व्यवस्थित रूपमा सम्पन्न गर्न शनिबार वडा स्तरीय बृहत् आम भेला सम्पन्न भएको छ ।भेलामा सहभागीले महापुराणलाई सफल बनाउन हरेक तह र तप्काबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रचार–प्रसार उपसमिति संयोजक लक्ष्मण बरालले जानकारी दिए । भेलामा वडा अध्यक्ष विष्णुप्रसाद बरालले कार्यक्रम सफल बनाउन… पुरा पढौ

ग्यासको चरम अभावपछि, उद्योग मन्त्री नै कम्पनी र डिपोको अनुगमनमा

देशका विभिन्न स्थानमा खाना पकाउने ग्यासको बिक्री वितरणमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारले उद्योग तथा डिपोको अनुमगनमलाई तीव्र बनाएको छ । साविकभन्दा बढी परिमाणमा ग्यास आयात भइरहेको नेपाल आयल निगमको दाबीबीच सहजै ग्यास नपाएको भन्ने सर्वसाधारणको गुनासो शीघ्र सम्बोधन गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले आज काठमाडौँमा रहेका ग्यास उद्योग र डिपोको अनुगमन गरेकी छन् । मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिईन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय… पुरा पढौ

बागलुङको ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङको ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै गएको छ । एक वर्षमा ३७ हजार पर्यटक ढोरपाटन पुगेका छन् । तीमध्ये अधिकांश आन्तरिक पर्यटक रहेका ढोरपाटन सिकार आरक्ष कार्यालय, बागलुङले जनाएको छ ।नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या एक वर्षमा १३ हजारले बढेको कार्यालयका रेञ्जर सागर सुवेदीले जानकारी दिए । ढोरपाटनमा पर्यटकीय पूर्वाधार निर्माण, प्रचारप्रसार तथा व्यवस्थित होटल तथा घरबासको विकासले पर्यटकको सङ्ख्या बर्सेनि वृद्धि भइरहेको उनले बताए । रेञ्जर सुवेदीका अनुसार पर्यटकको सङ्ख्यामा वृद्धि… पुरा पढौ

सुस्तामा रोकिएन बाँध कटान, स्थानीय चिन्तित

पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीमाथि निर्माण गरिएको बाँध कटान हुन थालेपछि स्थानीय चिन्तित बनेका छन् । सुस्ता गाउँपालिका ५ मा नारायाणी नदीको पानी बस्तीमा पस्नबाट रोक्ने उद्देश्यले बाँध निर्माण गरिएको थियो । नदीमा पानीको उच्च बहावले बाँध कटान सुरु गरेपछि स्थानीयले सुस्ता जोगाउन अस्थायी बाँध निर्माण गरिरहेका छन् । ‘सुस्ता बचाउ अभियान’का प्रवक्ता रवीन्द्र जैसवालले बस्तीलाई कटान र डुबानबाट बचाउन स्थानीयको सक्रियतामा बाँध निर्माण गरिएको जनाउँदै गएरातिदेखि नदीमा पानीको बहाव उच्च हुँदा कटान सुरु भएको बताए । सुस्ताका नागरिकले हप्ता… पुरा पढौ

विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन

पोखरा १९ तल्लाकोटस्थित विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा आनन्दराज अधिकारी चयन भएका छन् । विद्यालयमा शुक्रबार सम्पन्न अभिभावक भेलाले अधिकारीको अध्यक्षतामा ७ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरेको हो । समितिको सदस्यमा हेम बहादुर तामाङ, तारा बास्तोला,गिता अधिकारी बास्तोला ,शिक्षक प्रतिनिधी अर्जुन अधिकारी , वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक श्रीराम आचार्य चयन भएका हुन् । त्यस्तै भेलाले शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । संघको अध्यक्षमा मान बहादुर के सी,सदस्यहरुमा राजेन्द्र बास्तोला,नारायण प्रसाद बास्तोला,तेजमाया आचार्य,बबिता ढुङ्गाना… पुरा पढौ

अनुदानको व्यवस्थाले रुपा गाउँपालिकामा व्यावसायिक पशुपालन गर्ने किसानको संख्या बढ्दो

कास्कीको रुपा गाउँपालिकाले गाईभैँसी किन्न किसानलाई अनुदान दिएपछि पालिकामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा गाउँपालिकाले गरिबी निवारणका लागि दूध उत्पादन परियोजना सुरु गरेर किसानलाई गत आर्थिक वर्षमा गाई खरिद गर्न नगद अनुदान दिएको हो । यसबाट पालिकामा दूध उत्पादन वद्धि भएको छ भने किसानको आम्दानीसमेत बढेको छ । पालिकामा पशुपालनको लहर चल्दा स्थानीय सरकारको साथले किसान उत्साहित बनेका छन् । रुपा ७ ठूलीबेँसीका किसान शङ्करलाल श्रेष्ठको गोठमा अहिले तीन वटा जर्सी गाई छन् ।… पुरा पढौ

गण्डकी खेलकुद पदक वितरणमा भएको चरम लापरवाही र मिलेमतोको छानबिन गर्न खेलकुद पत्रकार मञ्च गण्डकीको आग्रह

पोखरा, साउन २२ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गण्डकी प्रदेश खेलकुद परिषद् (गखेप) ले आर्थिक वर्ष २०८१/८२ का लागि गरेको पदक वितरण प्रक्रियामा देखिएको चरम लापरवाही र मिलेमतोको छानबिन गर्न माग गरेको छ। मञ्चका अध्यक्ष मानबहादुर घर्ती (एमबी आस्था) र महासचिव परशुराम शर्माद्वारा जारी विज्ञप्तिमा पदक वितरणमा भएको अनियमितताको छानबिन गर्न माग गरिएको हो।। साथै पदक वितरणमा संलग्न सम्बन्धित समिति तथा जिम्मेवार पदाधिकारीलाई नैतिक जिम्मेवारी वहन गर्दै आफ्नो गल्ती सच्याउनसमेत मञ्चले आग्रह गरेको छ। छानबिनमा दोषी देखिएका व्यक्तिमाथि कानुन… पुरा पढौ

पोखरा–१३ बिजयपुर, पोखरी गाँउमा मा आज क्यान्सर सचेतना एवं निःशुल्क स्वास्थ्य शिविर हुने

पोखरा । पोखरा–१३, आर्वा विजयपुर पोखरीगाउँस्थित विजय आधारभूत विद्यालयमा आज क्यान्सर सचेतना एवं निःशुल्क स्वास्थ्य शिविर हुँदैछ। दिदी बहिनी एकता फाउन्डेसन नेपालको आयोजनामा तथा मौजा विजयपुर समाज, यूकेको सहयोग र चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा–८को सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो। आज २३ साउन २०८३, शनिबार आयोजना हुने शिविरमा स्थानीयवासीलाई क्यान्सरसम्बन्धी सचेतना प्रदान गर्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने आयोजकले जनाएको छ। शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन तथा क्यान्सरको जोखिम, लक्षण, रोकथाम र समयमै… पुरा पढौ

शिशुवामा निःशुल्क स्वास्थ्य शिविर, १५० बढी लाभान्वित

पोखरा, २२ साउन — स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लायन्स क्लब अफ पोखरा नेचुरल टाउनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५० भन्दा बढी नागरिक लाभान्वित भएका छन्।पोखरा महानगरपालिका–३० शिशुवामा शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर डाइनेष्टिसको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा बाथ, नसासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न रोगको परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।कार्यक्रम संयोजक एवं लायन्स क्लबका पूर्वअध्यक्ष सुन्दर शर्मा पौडेलले ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर… पुरा पढौ

‘पेन्सन पट्टा’को टिजर सार्वजनिक

पोखरा । प्रेम, त्याग, संघर्ष र आत्मसम्मानको भावनात्मक कथामा आधारित नेपाली चलचित्र ८८‘पेन्सन पट्टा’८८को बहुप्रतीक्षित टिजर सार्वजनिक गरिएको छ। आगामी भदौ २६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रले टिजरमार्फत पारिवारिक सम्बन्ध, सामाजिक यथार्थ र गुरुङ समुदायको जीवनशैलीलाई मार्मिक रूपमा प्रस्तुत गर्ने संकेत दिएको छ। सार्वजनिक टिजरमा दयाहाङ राई, स्वर्गीय सुनिल थापा, गौमाया गुरुङ, पशुपति राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, पंचसुब्बा गुरुङ (दिल), माया गुरुङ, विश्वास गुरुङ, प्रतिक्षा गुरुङ, पुस्कर गुरुङ, राज थापा, डीबी गुरुङ, अनुसा राई, मनोज गुरुङ,… पुरा पढौ