समाज

विन्ध्येश्वरी माध्यमिक विद्यालयमा पोशाक वितरण

पोखरा १९ तल्लाकोटस्थित विन्ध्येश्वरी माध्यमिक विद्यालयका विद्यार्थीलाई स्काउट पोशाक वितरण गरिएको छ । जीनव ज्योती शान्ति सहारा केन्द्र नामक सामाजिक संस्थाले विद्यालयमा गठित स्काउटका विद्यार्थीलाई पोशाक वितरण गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रमका बिच वडा सदस्य दुर्गादेवी बस्नेत,केन्द्रका प्रमुख अन्जान तमाङ र उपप्रमुख लक्ष्मी तमाङले स्काउटमा आवद्ध २४ जना विद्यार्थीलाई पोशाक वितरण गरे । कार्यक्रममा प्रमुख अतिथि वडा सदस्य बस्नेतले स्काउट जस्तो पवित्र संस्थामा आवद्ध हुनु नै सेवाको भावना भएको बताईन् । उनले समाजलाई थप सहयोगी बनाउन नवगठित स्काउट… पुरा पढौ

बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न कास्की प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ । कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उनको भनाइ छ । पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको उनले बताए । “प्रशासनका तर्फबाट समन्वय भइरहेको छ, बजार अनुगमन पनि गरिरहेका छौँ, आजभोलिसम्ममा तीनवटा… पुरा पढौ

गण्डकी, कोशी र बागमतीमा आज भारी वर्षाको अनुमान

पोखरा, साउन १९। देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज गण्डकी, कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली क्षेत्रका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने पहाडी भूभागका धेरै… पुरा पढौ

श्रीकृष्ण प्रणामी मन्दिरमा एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन सुरु

पोखरा ।पोखरा–८, रत्नचोकस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा आध्यात्मिक चेतना विस्तार गर्ने उद्देश्यले एक महिने श्रीमद्बीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन अनुष्ठान प्रारम्भ भएको छ । आगामी भदौ १९ गतेसम्म सञ्चालन हुने उक्त धार्मिक कार्यक्रमको पोखरा महानगरपालिका वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले एक विशेष समारोहका बीच उद्घाटन गरे । उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडाध्यक्ष बरालले यस मन्दिरले वार्षिक रूपमा आयोजना गर्दै आएको श्रीमद्बीतक चर्चाले समाजमा आध्यात्मिक जागरण ल्याउनुका साथै आत्मिक शान्तिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । रत्नचोकस्थित… पुरा पढौ

मानव सेवा आश्रमको महायज्ञबाट ३ करोड बढी संकलन

पोखरा, साउन १८ मानव सेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८२ बाट ३ करोड बढी बचत गर्न सफल भएको छ । पोखरा–२५ हेमजास्थित मानव सेवा आश्रमको भवन निर्माणार्थ गत बैशाखमा आयोजित महायज्ञमा ३ करोड ४ लाख ५९ हजार १ सय ८४ रुपैयाँ बचत गर्न सफल भएको आयोजकले सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महायज्ञबाट कुल ३ करोड ८१ लाख ७१ ह्जार ७ सय ७१ रुपैयाँ संकलन भएको थियो । जसमध्य ७७ लाख १२ हजार… पुरा पढौ

हिमालय क्लवको अर्धबार्षिक कार्यक्रम सार्वजनिक

पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लवले अर्धबार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । बाटुलेचौरमा स्थापना भई सामाजिक क्षेत्रमा क्रियाशिल क्लवले भाद्र देखि पुस महिनासम्म संचालन गर्ने कार्यक्रम र जिम्मेवारी तोकेको छ । उसले भाद्र २५ गते आयोजना गर्ने हरितालिका तीज शुभकामना आदानप्रदान, एकल महिला सहयोग, पवित्र प्रेमनारायण स्मृति शैक्षिक पुरस्कार वितरण तथा मानविय सेवा अक्षयकोष सहयोग वितरण कार्यक्रमका लागि लक्ष्मी पौडेललाई संयोजक तोकेको छ । असोज ३ गते पुष्पराज अधिकारीको संयोजकत्वमा हिमालय योग साधना केन्द्रका योग साधकहरूका लागि १ दिने धार्मिक… पुरा पढौ

पर्यटकको सुरक्षाका लागि टानसँग समन्वय भईरहेको छ: पर्यटन बोर्डका कार्यकारी सदस्य पोखरेल

नेपाल पर्यटन बोर्डका नवनियुक्त कार्यकारी सदस्य सन्तोष पोखरेलले प्रबद्र्धन र संरक्षणका कामलाई प्राथमिकतामा राखेर बोर्ड अघि बढ्दै गरेको बताएका छन् । होटल संघ पोखरा नेपालले उनको स्वागतका लागि सोमबार आयोजना गरेको कार्यक्रममा पोखरेलले पूर्वाधार विकासको पक्षलाई भन्दा प्रबद्र्धनमा नै बोर्डको ध्यान रहेको प्रष्ट पारे । यसका लागि पर्यटकलाई आबश्यक पर्ने सबै जानकारी समेट्ने गरी क्युआर कोड विकास गर्ने तयारीमा बोर्ड रहेको जानकारी पनि उनले दिए । बोर्डको प्रादेशिक कार्यालय पोखरामा हुनु सुखद पक्ष भएको बताउँदै, उनले यसबाट व्यवसायीले फाइदा लिन… पुरा पढौ

पहिरोले बेनी जोमसोम सडक अवरुद्ध

कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने सडक पहिरोले अवरुद्ध भएको छ । रघुगङ्गा गाउँपालिका २ बैसेरीमा आज दिउँसो सडकमाथि पहिरो खस्दा सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए । “पहिरो पन्छाउने क्रममा थप पहिरो खस्दा एक्साभेटर पनि पुरिएको छ । अहिले सडक पूर्ण रूपमा अवरूद्ध छ”, उनले भने, “पहिरो हटाउन सुरु गरिएको छ, ठूलो पहिरो गएकाले यातायात नियमित सञ्चालन गर्न केही समय लाग्ने देखिन्छ ।” उक्त सडकखण्डमा आइतबारदेखि रातिको समयमा सवारी… पुरा पढौ

मध्यपहाडी लोकमार्गबाट खसेको कार सुनकोशीमा बेपत्ता

सिन्धुली जिल्लाको फिक्कल–२ नवलपुरघाट नजिक मध्यपहाडी लोकमार्गबाट प्रदेश ३ ०१–२४ च ९५७३ नम्बरको कार सुनकोशी नदीमा खसेको छ । आज बिहान करिब ११ः३० बजे सडकमा रोकी राखेको उक्त कारलाई काठमाडौँबाट ओलढुङ्गाको सिस्नेरीतर्फ गइरहेको बा ०८–००१ ख ०१४४ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा करिब ५० मिटर तल नदीमा खसेर बेपत्ता भएको छ । उक्त कारमा त्यस क्षेत्रका ठेकेदार दिलबहादुर तामाङ र स्थानीय गणेश थापा रहेको सूचना प्राप्त भएको घटनास्थल पुग्नुभएका स्थानीय गोलञ्जोर–२ का वडाध्यक्ष सोमप्रसाद बरालले जानकारी दिए । उक्त कारमा… पुरा पढौ

लयमा फर्कदैं तराई मधेस, कर्फ्यु र निषेधाज्ञा हटेपछि चहलपहल बढ्दै

अशान्त मधेस प्रदेश तथा पुर्वी तराईमा क्रमशः चहलपहल बढ्दै गएको छ । सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु भएपछि बिहीबारदेखि मधेस प्रदेश तनावग्रस्त बनेको थियो । गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सम्झौता भएपश्चात् मधेस प्रदेशमा लयमा फर्किन थालेको हो । धनुषा, सिरहा र सप्तरीका केही क्षेत्रमा स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु तथा निषेधाज्ञा हटेको छ । उक्त स्थलमा यातायातका साधन सञ्चालन हुनाका साथै बजार सञ्चालनमा आएको छ । स्थानीय विनोद साहले यातायात सेवा सञ्चालनमा आएको र जनजीवन… पुरा पढौ