खेलकुद

आइटिएफ जे ३० टेनिस टुर पोखरा ः कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि, शिवालीले रचिन इतिहास

कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा युल हो जुङले श्रीलंकाका गानुका फर्नान्डोलाई रोमाञ्चक टाइब्रेकमा ६–२, ६–७(७) ले पराजित गर्दै उपाधि जिते । गल्र्स सिंगल्सतर्फ नेपालकी शिवाली गुरुङले ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि हात पारिन् । डबल्सतर्फ पनि युल र शिवाली दुबै विजेता… पुरा पढौ

एनपिएलः विराटनगर क्वालिफायरमा प्रवेश

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गरेको छ । जीतका लागि पाएको १४८ रनको लक्ष्य विराटनगरले ११ दशमलव पाँच ओभरमा चार विकेट गुमाएर भेट्टायो । जसमा साम हिजलेट र फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । साम ५१ र फाफ ५० रनमा आउट भए । सुदूरपश्चिमका अविनाश बोहराले दुई र हर्मित सिंहले एक विकेट हात पारे ।यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ… पुरा पढौ

ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाेखराका पत्रकार पाठक

पोखरा, १८ मंसिर । नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् । पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार  श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक निर्विरोध निर्वाचित भए । यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको… पुरा पढौ

एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता–२०८२ को सम्पूर्ण तयारी पुरा भएको छ । बाल प्रतिभा पहिचान मंसिर २४ देखि २६ गते सम्म पोखरा प्रदर्शनी केन्द्र र खेलकुद प्रतियोगिता मंसिर २० देखि २३ गते सम्म पोखरा रङ्गशालामा हुनेछ । कार्यक्रमको औपचारिक उद्घाटन भने मंसिर २४ गते हुनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि गठित विभिन्न उपसमितिले तयारी पुरा गरेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार प्रतियोगितामा एन… पुरा पढौ

मदरल्याण्ड माविमा तीन दिने वार्षिक खेलकुद कार्यक्रम सुरु

पोखरा महानगरपालिका–७ मासवारस्थित मदरल्याण्ड माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । तीनदिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाउने छन । व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउने गरि विद्यालयमा खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । विद्यार्थीले व्यक्तिगत तथा समूहगत रुपमा प्रतिश्पर्धामा सहभागिता जनाएको पनि उनले बताए । आचार्यले खेल क्षेत्रमा नयाँ प्रतिभा पहिचान गर्नका लागि पनि यस्ता गतिविधि आवश्यक रहेको बताए । खेलाडीमा लुकेको… पुरा पढौ

प्रतिभा माविमा वार्षिक खेलकुद गतिविधि सुरु

पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा विहीबारदेखि वार्षिक खेलकुद कार्यक्रम सुरु भएको छ । विद्यार्थीमा खेल उत्साह बढाउने र नयाँ खेलाडी पहिचान गर्नका लागि आयोजित कार्यक्रममा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीका लागि विभिन्न खेल गतिविधि संचालन गरिनेछ । तीनदिनसम्म चल्ने वार्षिक खेलकुद कार्यक्रमको पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले उद्घाटन गरेका थिए । खेलकुद कार्यक्रमका संयोजक राकेश जोशीका अनुसार वार्षिक खेल गतिविधि अन्र्तगत बास्केटबल, भलिवल, फुटसल, क्रिकेट, ब्याडमिन्टन, चेस, टेवलटेनिस र एथलेटिक्सका खेल खेलाईनेछ । विभिन्न कक्षाका छात्र तथा छात्राहरुले… पुरा पढौ

आइटिएफ जे ३० टेनिस पोखरा ः तेस्रो दिनका खेलहरु सम्पन्न

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा सर्किट–१ राउण्ड अफ–१६ अन्तर्गतका खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा जारी प्रतियोगितामा ब्वाइज सिंगल्स÷डबल्स तथा गल्स सिंगल्स÷डबल्सतर्फ राउण्ड अफ १६ का खेलहरु सम्पन्न भएको टुर्नामेन्ट डाइरेक्टर अजय विष्टले जनाएका छन् । पोखरा रंगशालास्थित टेनिस सेन्टरमा जारी प्रतियोगिताको ब्वाइज सिंगल्सतर्फ भारतका फÞजÞल अली मीर र नेपालका आयुष्मान हजुर घलेको खेल रोचक रह्यो । तेस्रो सेटमा रिटायर्ड हुदा खेल छोड्न बाध्य भए । पहिलो र दोस्रो सेट १–१ ले आफ्नो पक्षमा पारेका… पुरा पढौ

पोखरा लनर्स एकेडेमीको १९ औं वार्षिक खेलकुद प्रतियोगिता

पोखरा लनर्स एकेडेमीको १९ औँ वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारीले बेलुन उडाएर खेल सप्ताह सुरु भएको घोषणा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा भएको उद्घाटन सभामा प्रमुख अतिथि भण्डारीले विद्यार्थीको चौतर्फी विकासको लागि खेल अपरिहार्य हुने बताए । सहभागी विद्यार्थीलाई आकर्षक खेल खेल्न आग्रह गर्दै पुरस्कार जित्नु भन्दापनि अनुशासन सिक्नु ठूलो उपलब्धी हुने बताए । शिक्षक कृष्ण लम्सालले सञ्चालन गरेको सभामा गण्डकी विश्वविद्यालय उपप्राध्यापक आशिष आचार्य,… पुरा पढौ

एनपिएलः चितवनद्वारा जनकपुरलाई १७७ रनको लक्ष्य

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोजले साबिक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा चितवनले टस जितेर ब्याटिङ पहिला ब्याटिङ गरेकामा निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १७६ रन बनायो । जसमा ओपनरद्वय डेविड मलान र अर्जुन साउँदले अर्धशतक हिर्काए । मलानले ८० र अर्जुनले ५२ रनको योगदान गरे । यी दुवै ब्याटरबीच ११२ रनको शतकीय साझेदारीसमेत भयो । जनकपुरका अनिल शाह, रूपेश सिंह,… पुरा पढौ

पोखरा आइटिएफ जे३० टेनिस टुरमा पहिलो चरणका खेल सुरू

अन्तर्राष्ट्रिय टेनिस महासंघद्वारा स्विकृत प्राप्त ‘आइटिएफ जे३० टेनिस टुर पोखरा’को आठौं संस्करणअन्तर्गत पहिलो सर्किट सोमबारबाट सुरू भएको छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस सेन्टरमा सुरू भएको प्रतियोगिताको एक कार्यक्रमका बीच नेपाल पयर्टन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणीराज लामिछानेले गरे । सो अवसरका उनले आइटिएएफ जे३० टेनिस प्रतियोगिताले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै प्रशंसा गरेका छन् । पोखरा पर्यटनको राजधानी मात्र नभई खेलकुदको समेत ‘हव’ भएको बताउँदै उनले भने–‘यो प्रतियोगिताले पोखरालाई खेलकुदको हवको रुपमा… पुरा पढौ