पोखरा–२७, तालचोकमा रहेको डायमण्ड सेकेन्डरी स्कूलले वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ। कक्षा नर्सरीदेखि यु.के.जीसम्मका विद्यार्थी र अभिभावकले सहभागिता जनाएको कार्यक्रममा अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’ (नर्सरी), छात्राका लागि ‘झोला प्याक अप गर्ने दौड’, छात्रहरूका लागि ‘ब्यालेन्स दौड’, साथै ‘आफ्नो बच्चा चिन्नुहोस् दौड’ र ‘मिठाई दौड’ (यु.के.जी) तथा ‘दाम दौड’ जस्ता आकर्षक खेलहरू सञ्चालन भएका थिए। खेलमा विजयी विद्यार्थी एवं अभिभावकलाई विद्यालयले पुरस्कार वितरण गरेको शिक्षक राजन परियारले जानकारी दिए । यसअघि कार्यक्रममा विद्यालयका प्रधानाध्यापक यम…
पुरा पढौ